११ मंसिर, हेटौंडा । सडक विस्तार कार्यका लागि हेटौंडाको मुख्य बजार क्षेत्रमा मंसिर २० गतेदेखि सवारीसाधनको आवागमनमा पूर्ण रोक लगाइने भएको छ । सडक छेउका संरचना भत्काएर विस्तार कार्य अघि बढाउन यो व्यवस्था गरिएको हो।
वैकल्पिक मार्ग तयारी अन्तिम चरणमा सडक विस्तारका कारण हुने असुविधा न्यूनीकरण गर्न बाइपास मार्ग तयार पार्ने काम तीव्र गतिमा अघि बढेको छ । यसका लागि प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी र डिभिजन सडक कार्यालयका प्राविधिकहरूले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास मार्गको निरीक्षण गरेका छन् । बाइपास मार्गमा आवश्यक मर्मत कार्य गरेर वैकल्पिक यातायात व्यवस्था सुचारु गरिनेछ जनाइएको छ।
मुख्य बजारमा सवारी आवागमन बन्द भएपछि हेटौंडाबाट काठमाडौं र भैंसेतर्फ जाने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गराइने व्यवस्था मिलाइएको छ। यी सवारी चौकीटोल हुँदै राप्ती नदी उकास क्षेत्र, राप्ती पुल, त्रिवेणीधाम भएर रातोमाटेतर्फ जाने गर्नेछन्।
समयमै संरचना नहटाए डोजर चलाइने चेतावनी
डिभिजन सडक कार्यालयले मंसिर ५ मा जारी गरेको १५ दिने सूचनाको अवधि मंसिर १९ मा सकिँदैछ। कार्यालयका प्रमुख गुरुप्रसाद अधिकारीले संरचना नहटाएमा मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तारको काम सुरु गरिने बताए।
हाल वडा नम्बर १५ रातोमाटेबाट मार्किङ कार्य सुरु भइसकेको छ।
सडक विस्तार कार्यलाई व्यवस्थित ढंगले सञ्चालन गर्न विभिन्न निकायका प्रतिनिधि सम्मिलित टास्क फोर्स गठन गरिएको छ। हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण र दूरसञ्चार प्राधिकरणका प्रतिनिधि यसमा छन्।
प्रमुख जिल्ला अधिकारी अधिकारीले सडक विस्तारको क्रममा विद्युत्, खानेपानी र टेलिफोन सेवामा अवरोध नआओस् भनेर सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए।स्थानीयवासीलाई सडक विस्तार कार्यमा सहयोग गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















