१० मंसिर,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा रहेको बकैया गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गरिएको छ। गाउँपालिकाको प्रशासनिक भवनको बुधबार एक समारोहका बिच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरको हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले दोस्रो जनआनदोलनबाट प्राप्त लोकतन्त्रले नागरिकलाई सही प्रतिनिधि चयन गर्न स्वतन्त्रता प्रदान गरेको छ । उनले लोकतन्त्र, संघीयता र समावेशी गणतन्त्रले देशका भूगोल, समुदाय र वर्गलाई न्याय दिलाउने संरचना निर्माण गरेको उल्लेख गर्दै वर्तमान व्यवस्थाप्रति असन्तुष्ट भएकाहरू अझै सक्रिय रहे पनि यस्तो सोच टिकाउ नहुने बताएका छन् ।
गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समितिका प्रमुख ललित घलान, विभिन्न राजनीतिक दलका प्रतिनिधि, १२ वटै वडाका जनप्रतिनिधि,कार्यपालिका सदस्य तथा समाजसेवी तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो। गाउँपालिका वडा नम्बर ३ हात्तीसुंडेमा निमार्ण सम्पन्न चार तले भव्य प्रशासनिक भवन संघीय सरकारको ६० प्रतिशत र पालिकाको ४० प्रतिशत साझेदारीमा बनेको हो । नवनिर्मित भवनमा अध्यक्ष–उपाध्यक्ष कार्यकक्षसहित २८ कोठा, २ सभा हल, सेवाग्राही कक्ष, भान्सा कोठा, स्टोर र शौचालय रहेको छ । २०७९ जेठ ३१ गते सम्झौता भई २०८१ असार १५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि समय थपेर गत भदौ ३१ गते मात्र निर्माण सम्पन्न भएको हो। प्रारम्भिक सम्झौताअनुसार भवन निर्माण लागत ७ करोड ८२ लाख ५० हजार ७७० रुपैयाँ तय गरिएको थियो भने काम थपिएसँगै कुल लागत ७ करोड ९५ लाख ६७ हजार ९१७ रुपैयाँ पुगेको थियो ।
२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...
२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...
२६ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले...
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...
१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...











-1782436668.jpg)






