Email :- prastakhabar@gmail.com
विचार

मकवानपुरमा पर्यटन विकासका सम्भावना र चुनौती

HTD1-1490875533-1492079782.jpg

दृश्यहरु जताततै छन् । जिन्दगीका हरेक आरोह अवरोहमा दृश्यहरु देखिन्छन् । कति ठाउँमा पुग्दा यस्तो लाग्छ कि यहाँ के नै पो छ र तर हेर्नको लागि आँखाको मात्रै होइन मनको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । कति कुरालाई आँखाले देखिदैन तर शान्त भएर केहीबेर सोचेर अध्ययन गर्ने हो भने हरेक कुरामा केही न केही लुकेको हुन्छ । पानीमा पनि छायाँ देखिन्छ, हरेक छहराहरु गुनगुनाउँछन्, खोलाको आफ्नै ध्वनि छ । चराका चिरबीरहरुले हरेक बिहान आमाहरु उठेर घरको काम सकाउँछन् । फूलहरु फूलछन्, झर्छन् फेरि फुल्छन् । कसैको लागि फूल मन्दिरमा श्रद्धाले चढाइन्छ कोहीले शोभाले बोटमै सजाउँछन् । भएका कुराहरु त्यति मतलब हुदैन नभएको कुराको अभाव बेस्कन खड्कन्छ । सम्भावनाको ढोका खोल्नकै लागि सायद लेखेका होलान महाकवि देवकोटाले मकवानपुरे माटोमा सुस्ताउँदै
कुन मन्दिरमा जान्छौ यात्री
        कुन मन्दिरमा जाने हो
        कुन सामग्री पूजा गर्ने
        साथ कसोरी लाने हो ...
यो यात्री कविता नसुन्ने नेपाली विरलै होलान् । महाकवि लक्ष्मीप्रसाद देबकोटालाई यात्री कविता फुरेको ठाउँ हो मकवानपुर जिल्ला । चर्चित कविता यात्रीको रचना गर्भ झण्डै सात दशकअघिको समय हो । चित्लाङमा रहेको एउटा ढुंगेधारामा बसेर महाकविले यात्री कविता रचना गरेर मकवानपुरको माटोलाई विश्वमा चिनाएका छन् । चन्द्रागिरिबाट मकवानपुर झर्दा पहिलो धाराको रुपमा रहेको गुर्जुधारामा बसेर सुस्ताउँदै महाकवि लक्ष्मीप्रसाद देबकोटाले १९९८ मा कविता लेखे । चन्द्रगिरिको फेदी चित्लाङ–२ मा रहेको धारामा बसिरहेका देबकोटाले पशुपति दर्शनका लागि अर्को व्यक्तिको काँधका बोकिएर आएका भारतीय तीर्थयात्रीलाई देखेर यो कविता लेखेका हुन्  । देबकोटाले धारामा पानी पिएर थकाइ मारेर बसेको भनिएको ढुंगा अझै छ । यहीबाट सुरु हुन्छ मकवानपुरको पर्यटकिय गन्तव्य । चित्लाङ मल्ल काल र राणाकालपछि लगभग २०१२ सालसम्म निकै भीडभाड रहने गरेको थियो तर २०१३ सालमा त्रिभुवन राजपथ सवारी मार्ग निर्माण भएपछि भने त्यहाँको आवातजावत घट्यो ।  २०३४ सालमा कुलेखानी कुल्छाङ मार्ग खुलेपछि भने यतिबेला चित्लाङको मुहार फेरिएको छ । अहिले टौखेल नारायणहिटी चन्द्रागिरी थानकोट कच्ची सडक खुलेको छ र बीचमा पर्ने चन्द्रागिरि केवलकारले गर्दा पर्यटकको  गन्तव्यमा पर्न थालेको छ । चित्लाङ देशको पहिलो ‘पर्यटन गाउँ’ घोषणा भइसकेको क्षेत्र हो । जहाँ पर्यटकको लागि भनेर धेरै होमेस्टे पनि निर्माण गरिएको छ । 
मकवानपुरमा ऐतिहासिक, धार्मिक र पर्यटकिय क्षेत्रको अपार भण्डार रहेको छ । यसको प्रचारप्रसारमा ध्यान पुग्न नसक्दा ओझेलमा परिरहेको तितो यर्थाथ स्विर्कानुको विकल्प छैन । मकवानपुर ठेकीको लागि प्रसिद्ध प्राचिन ठाउँ जिल्ला हो । परापूर्व कालमा राजाको आदिम सहर, पूराना माटो र ढुङ्गाले बनेका घरहरुको जिल्ला पनि हो । नाकमा बुलाकी झुण्डाएर हरेक प्रहर मुस्कुराइरहने बुढाबुढी देख्दा लाग्छ यिनीहरु यही साँधुरो गल्ली र यही सहर जस्तै सुन्दर छन् । बाहुन, क्षेत्री, मगर राई लिम्बु र विशेष गरी तामाङ समुदायको बाहुल्यता रहेको जिल्ला हो मकवानपुर । एक उपमहानगरपालिका, एक नगरपालिकार र ३५ गाविस गाविस रहेको छ । जिल्लामा मकै, कोदो, फापर र धान विशेष नगदेवाली हुन पछिल्लो समय तरकारी र पशुपालनमा बढेको छ । सवारीसाधन कम र पैदल ज्यादा हिँड्नु पर्ने ठाउँहरु धेरै भएको जिल्ला । घुमाउरो बाटाहरु आत्मियताले भरिएको मान्छे र विस्तारै विकासको क्रममा फैलन थालेको एउटा नयाँ सुन्दर शान्त जिल्ला हो । जिल्लाका हरेक स्थान पर्यटकिय सम्भवना बोकेका छन् ।  
यतिले मात्रै मकवानपुरको परिचय पूर्ण हुँदैन । पाल्पाका राजा मुकुन्दसेन प्रथमले आफ्नो राष्ट्र विस्तार क्रममा पूर्वमा दूधकोशीसम्मको भूभाग आफ्नो राज्यमा गाभे पश्चात श्रीवस्ती प्रवेशको पूर्वतिर भावर प्रदेशको काखमा एउटा रमणीय सहरको निर्माण गराएका थिए । सो सहरलाई मुकुन्दपुर नामाकरण पश्चात बोलीको अपभंशबाट ‘माकन्दपुर’ ‘मेकामपुर’ हुँदै मकावनपुर नामाकरण गरिएको हो । मकावनपुर जिल्लाको इतिहास लिच्छवीकालबाट सुरु भएको टिस्टुङ फेलापरेको बसन्देव अभिलेख पाइएको छ । यस्तै अशुंवर्माका तीन अभिलेखहरु र उदयदेवको एक शिलापत्रले ऐतिहासिक प्रमाणहरुको आधारमा यस जिल्लाको ऐतिहासिक पृष्ठभूमिहरु खोज्ने हो भने हामी मुकुन्दसेन प्रथमको शासनकालसम्म पुग्न सक्छौं । मुकुन्दसेनले त्यस बखत राप्ती नदी हुँदै पूर्व हर्नामाडीदेखि उत्तर महाभारत पर्वतीय क्षेत्रमा मानव बस्ती बसालेका थिए । यही क्षेत्रपछि मकवानपुर नामले प्रसिद्ध भएको किम्बदन्ती रहेको छ । यस्तै चिसापानीगढीभन्दा उत्तर र चन्द्रागिरि डाडाभन्दा दक्षिणको भाग जुन अहिले मकवानपुरको सीमाभित्र पर्छ नेपालका सेनहरु प्रवेश गर्नुभन्दा कम्तीमा पनि १५०० वर्ष अघिदेखि काठमाडौं उपत्यका शासकहरुको अधिनमा रहेको देखिन्छ । 
नारायणी अञ्चलका पाँच विकासक्षेत्र मध्ये मकवानपुर पनि एक हो । यस जिल्लाको उत्तरीसिमा धादिङ र काठमाडौँसम्म जोडिएको छ भने दक्षिणतर्फ बारा, पर्सा रौतहड जिल्ला पर्दछ । यसैगरी काठमाडौँ ललितपुर काभ्रे र सिन्धुली यसको पूर्वि सिमानामा पर्दछ पश्चिममा चितवन जिल्ला रहेको छ भने भुवनोटको आधारमा समुन्द्री सतहबाट १६६ मिटरदखि २५८४ मिटरसम्मको उचाइमा रहेको छ । जिल्लाको सबैभन्दा होचो भूभाग राइ गाउँको हातिढुङ्गा हो भने सबैभन्दा अग्लो भूभाग सीमभञ्याङ्ग हो । 
मकवानपुर देशको मध्यभागमा रहेको एउटा पर्यटकीय गन्तव्यका रुपमा प्रचुर सम्भावना बोकेको जिल्ला हो । यहाँको भौगोलिक विविधता र उचाइको भिन्नताले गर्दा वनस्पती नालिबाली चराचुरुङ्गी आदि कुरामा अनेकता पाइन्छ। दर्जनौं ऐतिहासिक सम्पदा र रमणीय भौगोलिक अवस्था बोकेको मकवानपुरमा वर्षेनि आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुने गर्दछ । तर, जिल्लाले जति पर्यटकीय सम्भावना बोकेको छ, त्यसको तुलनामा भने आन्तरिक तथा बाह्य पर्यटक आगमनले उपलब्धि हासिल गर्न सकेको भने छैन । आफूसँग भएका जैविक विविधता, साँस्कृतिक तथा ऐतिहासिक सम्पदा नै पर्यटकको गन्तब्यस्थल बनाउन सकिने आधार हो ।  यी आधार मकवानपुरमा प्रशस्त छन् । यसको विकास, संरक्षण र प्रवद्र्धनमा सबैखाले निकाय मौन रहेको देखिएको पाइन्छ  ।
मकवानपुरमा दर्जनौ यस्ता पर्यटकीय सम्पदा छन्, जुन नेपालमा अन्य स्थानमा पाइँदैन । नेपालको पहिलो हात्तीसार भीमफेदीमा छ । जून चन्द्रशम्सेरले स्थापना गरेको हात्तीसारमा बेलायती महारानीले प्रयोग गर्ने हौदा (हात्तीमाथि राखेर बस्ने) अझै पनि सुरक्षित साथ राखिएको छ । छुट्टै सँस्कृति बोकेर बसेको राज्यको स्वरुप लिने गोपालवंशीको गाउँ मकावनपुरगढी जहाँ गोरखाका राजा पृथ्वीनारायण शाहाले वि.सं १९१८ मा मकवानपुरमा विजय हासिल गरे अनि त्यहाँको राजपरिवारलाई नुवाकोट पु¥याइ नजरबन्दमा राखे त्यही नै उनीहरुको अन्त्य भइ मकवानपुर पूर्वरुपमा नेपाल एकीकरण अभियानभित्र समेटिन पुग्यो । 
सहिद स्मारकमा यतिबेला ठूलै विकास भएपनि आन्तरिक पर्यटकहरु जाडो मौसममा पिकनिक मनाउन घुम्न आउने गरेको भएपनि गर्मि मौसम प्रायः सुनसान रहने गरेको छ । स्मारकमा बाल उद्यान, भ्यु टावर,स्वीमिङ पुल, र दुलर्भ वन्यजन्तुहरु हेर्न पाइन्छ जुनसुकै चाडपर्वमा भीड लाग्ने स्मारकमा बाह्य पर्यटक भित्र्याउन सकेमा सुनमा सुगन्ध हुने थियो । त्यतिमात्रै होइन स्मारक भन्दा केही पर पुण्यक्षेत्र सुन्दर शान्त रहेको छ । हेटँैंडा उपमहानगरपालिकाले स्थापना गरेको र बम्ह्रकुमारी राजयोग सेवा केन्द्रले सञ्चालन गरेको पुष्पलाल स्मृति पोखरी पार्क पनि यतिबेला पर्यटनको लागि नयाँ गन्तव्य बनेको छ । बिहानै योग गर्न मिल्ने, पानीको फोहोरा, बच्चाका लागि खेल्न ठाउँ, पारिवारिक जमघट हुनसक्ने र आन्तरिक पर्यटकहरुलाई भित्र्याउन मिल्ने बनेको छ । भैरवडाडाँमा रहेको मनमोहन भ्यूटावर पनि आकर्षक रहेको छ । 
दनुवारको राजधानी भनेर चिनिने १ हजार वर्ष पहिलेको मानववस्ती फापरबारी–१, झुरझुरे, गोल्मेदरवार मकावनपुरको फापरवारीमा पर्छ । झुरझुरे भन्ने ठाउँमा पहिले पहिले राजाहरुले आफ्नो राज्यभित्र भएका सानासाना राजाहरुलाई सुरक्षा तथा हतियार सुरक्षित राखि युद्ध गर्न नपाउने र प्रशासन चलाउन पाउने शर्तमा स्थानीय गाउँलेले राजाहरुलाई कर बुझाउने गरेको पाइएको छ । पर्यटकीय गन्तव्यको लागि यो स्थान पनि अग्र पंक्तिमा आउँछ । काँकडामा रहेको चरीभञ्ज्याङ (चराको शिकार गर्न उपयुक्त स्थान) मा अलौकिक दृष्य देख्न पाइन्छ । 
नेपालको लामो र मानवनिर्मित पहिलो जलाशय इन्द्रसरोवर, त्रिभुवन राजपथ कुन्छालबाट १८ किमि हेटौंडाबाट भैसे भीमफेदी हुँदै ४१ किमि सवारी साधनबाट पुगिन्छ । त्यहाँको जलाशयबाट देखिने दृश्यहरुले मनै लोभ्याउँछ । जलाशय पुरिदै गएको छ त्यसैलाई बेलैमा संरक्षण र सम्बद्धन गर्नु जरुरीे छ । प्राचीन राहदानी अड्डा चिसापनी गढी सेनवंशीय गढीमध्ये चिसापानी गढी महत्वपूर्ण मानिन्छ । त्यस स्थानमा महत्वपूर्ण सामानहरु राखिएको थिए तर द्वन्द्वकालमा यसका सामानहरु हराएका छन् र त्यहाँ रहेको बटुक भैरवको मुर्तिलाई हेर्नु हुँदैन भन्नी बस्त्रले छोपेर राखेको छ । त्यहाँ काली तोप भैरवको मुर्ति अझै पनि सुरक्षित रहेको छ ।  
बेतिनीको तामाङ÷घिसिङको राज्य रहेको थियो । जसको संवद्र्धन र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परिरहेको छ ।  नेपालको पहिलो बनविज्ञान अध्ययन संस्थान तथा यहाँ रहेको संग्रहालय दक्षिण एसियाको पहिलो भएपनि उपयोग विहीन अवस्थामा छ । उचित संरक्षण हुन नसक्दा संग्राहलय जिर्ण बन्र्दै गएको छ । 
त्यतिमात्रै हैन हेटौँडाको पूर्वि भागमा रहेको गुम्बाडाँडाँमा यतिबेला प्रचुर पर्यटकीय सम्भावना बोकेको गन्तव्य बन्दैछ ।  विभिन्न देश विदेशका कलाकारहरुले आएर बनाएका ढुँगामा खोपेका आकृतिहरुले मनै लोभ्याउ छ । विभिन्न पर्व तथा उत्सवहरुमा पिकनीक मनाउन, घुम्नको लागि गुम्बाडाँडामा भीड लाग्छ । आग्रामा रहेको सप्तकन्या गुफा पर्यटकीय दृष्टीले ज्यादै उपयुक्त स्थान रहेको छ । करिब ४०० मिटर क्षेत्रमा विस्तारित उक्त गुफामा चमेरोहरु पनि बस्ने गर्दछन् । त्यही गुफाको भित्र दुईवटा कुण्डहरु पनि रहेका छन् । पूर्वतर्फ कञ्चन निलो पानीको कुण्ड छ भने पश्चिम तर्फ पोटासिमय युक्त पहेलो पानी भएको कुण्ड देख्न सकिन्छ ।  
हेटौंडा–५, कमलडाँडामा रहेको लक्ष्मीनारायण मन्दिरमा बनाइएको पहिलो सिस महल (सिसाले बनाइएको ) पनि नेपालको पहिलो महल हो । सिस महललाई करिव २ लाखको लगानीमा ३ वर्ष अघि मकवानपुरमा निर्माण गरिएको थियो । एसियाकै पहिलो सुरुङ चुरियामाईको सुरुङ जहाँ राजा र राणाहरु सवारी साधन ल्याउँन त्यही सुरुङ मार्गको प्रयोग गर्ने गरेका थिए । जुन अहिले अस्थित्व मेटिने अवस्थामा पुगेको छ । रमणीय स्थान सीमभञ्ज्यादेखि देउरालीसम्मको सुनगाभा पदयात्रा, लालीगुराँसको झुप्पाले मोहनी लगाउने दृश्यहरु, पानोरम होटल, चित्लाङमा दुर्लभ चरा काँडे भ्याकुर, किम्बदन्ती अनुसार सप्तऋषि नुहाउने सातधारा, अशोककालीन चैत्य, राणाकालीन स्तुपलगायत स्थानीय वनस्पति अर्किड पर्यटकको आर्कषणको केन्द्रविन्दु हुन ।
ऐतिहासिक पर्यटकीय तथा दर्शनीय स्थलहरु मकवानपुरमा प्रशस्तै भए पनि संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेका छन् । अधिराज्यका ७५ जिल्लाहरुमध्ये जैविक र भौगोलिक विविधताको दृष्टिकोणले अति नै महत्वपूर्ण मानिएको मकवानपुरमा ऐतिहासिक चिसापानी गढी, मकवानपुरगढी, भीमफेदी, दामन, सिमभञ्ज्याङ्ग, चित्लाङ, चेपाङ र वनकरिया बस्ती जस्ता पर्यटकीय विशेषताहरुले भरिपूर्ण छ । मकवानपुरका महत्वपूर्ण धार्मिक स्थलहरुमा ऋषेश्वर, बज्रबाराही, अशोक चैत्य, वनस्खण्डी,चित्लाङ, त्रिखण्डीधाम, त्रिवेणीधाम जसलाई १०८ धारा मनकामना, भूटनदेवी, राजदेवी मन्दिर भुवनेश्वर, पाथीभरा मन्दिरहरु रहेका छन् । ग्रामीण पर्यटनका लागि मकवानपुरको भौगोलिक बनावट, भाषा, संस्कृति, कला साहित्य, प्राकृतिक सम्पदा, ऐतिहासिक तथा पुरातात्विक महत्वका स्थल र इतिहासकालीन पूर्वाधारहरु आकर्षणका केन्द्र विन्दुहरु हुन् ।
मकवानपुर जिल्लालाई यदि साहित्यिक केन्द्र बनाएर पनि मकवानपुरलाई पर्यटकीय नगरी बनाउन सकिने छ । आर्दश टोल विकास संस्था र स्थानिय साहित्यकारको सक्रियतामा निर्माण गरिएको विष्णुकुमारी वाइवा अर्थात् पारिजातको प्रतिमा हेटौँडाको बसपार्कमा अवस्थित छ । महाकवि देवकोटाको प्रतिमा हेटौँडा ११ त्रिभुवन उच्चमा रहेको छ । त्यसैगरी हास्यव्यङ्ग्यकार भैरव अर्यालको प्रतिमा पुष्पलाल स्मृति पुस्तकालको प्राङ्गणमा २०६५ सालमा स्थापना गरिएको छ । आदिकवि भानुभक्त आचार्यको प्रतिमा गढी गाविसमा रहेको भानु माविको प्राङ्गणमा स्थापना गरिएको छ । रातो र चन्द्र सूर्यका लेखक युगकवि गोपालप्रसाद रिमालको प्रतिमा हेटौंडाको पर्यटकीय स्थल बनस्खण्डीमा स्थापना गरिएको छ । सुुुुुन्दर शान्त नगरी मकवानपुरमा यस्ता स्रष्टाहरुको प्रतिमा बन्नु नै मकवानपुरको लागि गौरवको कुरा हो । हरेक प्रतिमा भएको ठाउँमा पार्कहरु बनाउँदै जाने, पुस्तकालय निर्माण गर्ने र सम्बन्धीत व्यक्तिको बारेमा जानकारी हुने खालका पुस्तकहरु राख्ने हो भने पक्कै मकावनपुर साहित्यिक क्षेत्र बन्ने कुरामा दुईमत नहोला । 
मकवानपुरमा पर्यटन पूर्वाधारहरु प्रशस्तै रहे पनि सरकार, स्थानीय निकाय र सामाजिक संघसंस्थाले त्यसतर्पm ध्यान नदिंदा ओझेलमा परेका छन् । पर्यटकीय विकासका लागि प्रशस्तै सम्भावना बोकेर बसे पनि प्रयोगमा आउन सकेको छैन । मकवानपुरगढी, चिसापानी दामनमा रहेको वागवानी अनुसन्धान फारम, गढी, झुरझुरे (दनुवार राजाको दरबार भएको ठाउँ), पुकन्थली (चेपाङ राजाको दरबार रहेको ठाउँ), बेतिनी (तामाङ राजाको दरबार भएको ठाउँ) रहेका छन् । यसरी तामाङ, दनुवार, चेपाङ र गोपाली जातिका परम्परागत संस्कृति, चाडपर्व जिल्लाका अमूल्य सम्पत्ति हुन् । जैविक विविधताले भरिपूर्ण मकवानपुर प्रकृति र प्रकृतिप्रेमीहरुका लागि जैविक विविधतायुक्त अनुसन्धान केन्द्र वा खुल्ला विश्वविद्यालयको रुपमा छ । नेपालमा पाइने ३ सय ५० प्रजातिका सुनगाभामध्ये १ सय ७५ प्रजातिका मकवानपुरको सिमभञ्ज्याङ क्षेत्रमा पाइन्छ । मध्यमाञ्चलको सबैभन्दा अग्लो स्थान मकवानपुरको सिमभञ्ज्याङ, दामनबाट नेपालका आठवटा प्रमुख हिमशिखर र भारतीय भूमिको दृष्यावलोकन गर्न सकिन्छ । 
हिमवर्षाको अद्भूत दृष्य दुर्लभ वनस्पतिको कारण यस क्षेत्रलाई जिविसले सन् २००२ अन्तर्राष्ट्रिय पर्वतीय वर्र्षको उपलक्ष्यमा सरकारद्वारा पर्वतीय वनस्पति उद्यान घोषणा गरिएको थियो । जिल्ला विकास समिति मकवानपुरले आफ्नै लगानीमा पर्यटकीय महत्वको यस क्षेत्रलाई मैत्री बगैंचा नामाकरण गरी विविध पूर्वाधारको विकास गरिरहेको छ । अधिराज्यका औद्योगिक क्षेत्रमध्येमा चर्चित हेटौंडा औद्योगिक क्षेत्रभित्र र आसपासमा स्थापित साना ठूला उद्योग, कलकारखानाहरु, बहुराष्ट्रिय कम्पनी आदिका कारण यस जिल्लाले औद्योगिक जिल्लाको मान्यता पाउनुपर्ने माग मकवानपुर उद्योग वाणिज्य संघले वर्षौंदेखि उठाउँदै आएपनि अहिलेसम्म मान्यता पाएको छैन । 
यसैगरी हेटौंडा नगरको मध्यभागमा रहेको मत्स्य विकास केन्द्र, नेपालकै सबैभन्दा ठूलो मत्स्य केन्द्र हो । संरक्षणको अभावमा मत्स्य केन्द्र जीर्ण हुँदै गइरहेको छ । नेपालकै पहिलो दृष्यावलोकन टावरको कीर्तिमान राखेको दामन भ्यू टावरले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई सेवा पु¥याउँदै आएको छ । विनाशकारी भुकम्पले भत्काएको भ्यु टावरलाई त्यही शैलीमा पुन निर्माण गरी आन्तरिक पर्यटक भित्राएर भ्यु टावरबाट पनि मनग्य आम्दानी गर्न सकिने छ । त्यतिमात्रै हैन  दामन लेखनका लागि अति उपयुक्त ठाउँ हो । त्यहाँ विभिन्न समयमा साहित्यिक गोष्ठी गर्न सक्ने हो भने अझैँ हरेकका सिर्जनाहरुमा त्यहाँको जीवनशैलीलाई उर्तान सकिने प्रचुर सम्भावना रहेको छ । भारतीय नाकाबाट नजिक भएको मकवानपुरलाई त्यहाँको गर्मिलाई छल्नको लागि विभिन्न प्याकेज ल्याएर मकवानपुरमा भित्राउन सकिने हो भने पक्कै पनि मकावनपुर पर्यटकीय गन्तव्यको गतिलो उदाहरण बन्छ ।
मकवानपुर प्राकृतिम मनोरमले भरिपूर्ण जिल्ला हो । यहाको फरकफरक वारवरणलाई पनि हामीले पर्यटक भित्र्याउने माध्यम बनाउन सक्छौं । दामन, पालुङ, मार्खुसहित उत्तरी क्षेत्रको हावापानी र सदरमुकाम हेटौंडाको हावापानीमा फरक छ । गर्मीयाममा छिमेकी जिल्ला भारतका पर्यटकलाई उत्तरी क्षेत्र भित्र्याएर मनग्य आम्दानी गर्न सक्छौं । भारत र नेपालका अन्य भुभागमा प्रचण्ड गर्मी भएको समयमा दामन, पालुङ, बज्रबाराही, मार्खु कुलेखानीलगायतका क्षेत्रमा चिसो हुने गर्दछ । यसको प्रचारप्रसार छिमेकी भारतसँग सिमा जोडिएका क्षेत्रमा मात्र गर्ने हो पनि मकवानपुर भारतीय पर्यटकको गन्तव्य बन्ने प्रशस्त सम्भावना जिवितै छ । अन्य देशमा कृत्रिम पर्यटकिय क्षेत्र निर्मण गरेर पर्यटक भित्र्याउने काम भइरहेको छ । तर हाम्रो मकवानपुर प्रकृतिले नै पर्यटकिय क्षेत्रको रुपमा उपहार दिएको छ । यसको सदुपयोग गर्नबाट हामी चुकिरहेका छौं । यो जिल्लाको साझा समस्या हो । यसमा सबै क्षेत्रको ध्यान पुग्नु आवश्यक छ । काठमाडौंको धुवाधुलो र भिडभड, व्यस्त जीवनबाट प्रकृतिमा रमाउन चाहानेलाई पनि उत्तरी क्षेत्र राम्रो गन्तव्य हो । पछिल्लो समय मकवानपुर चलचित्र सुटिङका लागि पनि रोजाइमा परिरहेको छ । यसले पनि हाम्रो प्रचारप्रसारमा सहयोग पुगिरहेको छ । तर यो नै प्रर्याप्त भने होइन् ।
यहाँ फलेका फलफूल, विशेगागरी एभोकार्डो, किबीलाई आन्तरिक तथा बाह्र बजारमा लगेर बेच्न सकियो भने पनि मनग्य आम्दानी गर्न सकिन्छ । मकवानपुर आर्थिक केन्द्र पनि हो । भौगोलिक हिसाबले देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्र मकवानपुरमै छ । जहाँ ८५ वटा उद्योग सञ्चालनमा छन् । एक दर्जनभन्दा बढी उद्योग निर्माणाधिन अवस्थामा रहेका छन् । अर्को औद्योगिक क्षेत्र स्थापनाका लागि प्रक्रिया सुरु भइसकेको छ । मकवानपुरले औद्योगिक जिल्लाको रुपमा पहिचान बनाइरहेको छ । लामो समयदेखि मकवानपुलाई औद्योगिक जिल्ला घोषणाको माग गरिएको पनि हुन सकेको छैन ।
हामीले इतिहास र वर्तमानलाई सम्हालेर राख्न नसकेको स्थिति जिवितै छ भने बनाइएका राम्रा ठाउँहरुको पनि प्रर्याप्त प्रचारप्रसार गर्न नसक्नुले पछि परिरहेका छौं । जतिपनि गतिबिधिहरु गरिन्छ ती सबै सहरकेन्द्रित हुनुले पनि विकास सुस्त त छ नै पर्यटनहरुलाई लोभ्याउन समेत सकिएको छैन । जिल्ला विकास समितिले पर्यटकिय, ऐतिहासिक र धार्मिक क्षेत्रका लागि विनियोजन गरेको बजेट पनि प्रर्याप्त छैन । पर्यटकिय स्थलको निर्माण, विकास र प्रचारप्रसारका लागि जिविस÷हेटौंडाउपमहानगरपालिकाले बजेट विनियोजन गर्दा राजनीतिक दबाबका कारण कनिका छरेजस्तो गरी विनियोजन हुने गरेको छ । जसले गर्दा प्रतिफल पाउन सकेको छैन । एकवर्ष एउटा क्षेत्रमा बजेट विनियोजन गरेर काम गर्नु हो भने विकास र प्रचारप्रसारमा सहयोग पुग्ने थियो । 
जिल्लावासीले पनि आफ्नो क्षेत्रको विकास र पहिचानका लागि खट्नु आवश्यक छ । आफनो क्षेत्रमा भएका ऐतिहासिक, प्राकृति र धार्मिक क्षेत्रको विकासका लागि लागनु पर्दछ । हामी सरकार र गैरसरकारमुखी हुँदापनि सम्भावनाहरु मरेर गइरहेका छन् । आफ्नो स्थानका पर्यटकिय क्षेत्र बन्ने सम्भावना बोकेका ऐतिहासिक, प्राकृति र धार्मिक क्षेत्रको आफैले प्रचार र सम्र्वद्ध गरेर सुरुआत गर्नुपर्दछ । 
हिम्मतका साथ एक थुकि सुकी सय थुकि नदी भने जस्तै जिल्लामा रहेका राजनीतिक दल, सरकारी तथा गैहसरकारी संघसंस्था, पत्रकार, साहित्यकार र जिल्लावासीको पहले मकवानपुरमा भएका पर्यटकीय गन्तव्यमा एकदिन पक्कै पनि पर्यटकहरुको ओइरो लाग्ने छ र यहाँको विकास तीव्र गतिमा हुनेछ । गरे नहुने कुरा केही छैन तर पनि यसमा सबैको साथ सहयोगको उत्तिकै आवश्यक रहेको हुन्छ ।

लेखक मकवानपुरकी साहित्यकार हुन् ।

HTD2-1490875533-1492079782.jpg

समाचार मन परे लाईक गर्नुहोस्




received_1386893828433493-1623037624.gif
Health-Adv2-1529145952-1581696162.jpg
हेटौंडामा कवि तीर्थ श्रेष्ठको एकल कविता वाचनको आयोजना
tirtha-sth-1024x768-1656808717.jpg

१९ असार, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिवार वरिष्ठ कवि तीर्थ श्रेष्ठ एकल कविता साँझ कार्यक्रम...

पूर्वस्वास्थ्य राज्यमन्त्री वलीले आवेगमा गल्ति गरेको निस्कर्ष 
bimala-oli-mantri-1656767252.jpg

१८ असार, हेटौंडा । लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले पदीय मर्यादा विपरीत...

शनिवार नेपालमा कोरोनाका ४४ जना नयाँ संक्रमित थपिए
thumb-1654174742-1656766974.jpg

१८ असार, हेटौंडा । देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

कांग्रेस मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने
nepali-congress-makawanpu-1656765954.jpg

१८ असार, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिहरुलाई सम्मान गर्ने...

कम क्षतिमै निजगढ विमानस्थल बनाउँछौः प्रधानमन्त्री देउवा
FWpHVd4akAAt97_-1656755655.jpg

१८ असार, हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा...

निउरो टिप्न गएका हेमराजको गोली लागेर मृत्यु
779811-firing-082418-MK-1656755224.jpg

१८ असार, बर्दिया । बर्दियामा निउरो टिप्न गएका एक जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–३ स्थित सीमावर्ती...

संयुक्त राष्ट्रसंघ मुख्यालयमा प्रधान सेनापति शर्मा
Army-chief-in-usa-1656754330.jpg

१८ असार, काठमाडौं । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमण दलका...

आँचलले हेटौंडामा विभिन्न क्षेत्रका दश जना व्यक्तित्वलाई सम्मान गर्ने
11111-2048x1229-1656753821.jpg

१८ असार, हेटौंडा । मकवानपुरका नारी साहित्यकारहरुको एकमात्र साहित्यिक संस्था आँचल साहित्य कला पुञ्जले एकसाथ दश...

जी.पी. कोईराला विश्व विद्यालयको स्थापना आवस्यकः मन्त्री बडू
poJkKoCD7BiZdt5CTu11daOuL-1656750957.jpg

१८ असार, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद कोईराला विश्व...

थप समाचार