मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस १४ औँ महाधिवेशनको प्रक्रियामा अघि बढि रहेको छ । हालसम्म १३ वटा हिमाली जिल्लाहरुमा जिल्ला अधिवेशन सम्पन्न भईसकेका छन् भने विभिन्न जिल्लाहरुमा पालिकातह सम्म अधिवेशन सम्पन्न भईसकेका छन् । केन्दि«य निर्वाचन समितिले बाँकी रहेका तहको निर्वाचन सम्पन्न गर्नका लागि कार्यतालिका प्रकाशित गरिसकेको छ । प्रारम्भिक तहमा सम्पन्न भएका अधिवेशनबाट सदैव उठ्ठै आएको कांग्रेसभित्रको रुपान्तरणीय पक्षहरुको उजागर भईरहेको छ । संघीय संरचना अनुरुपको सांगठनिक संरचना, नितिगत बहस, आर्थिक–सामाजिक, राजनितिक रुपान्तरणका आधारपत्र र पार्टीका विभिन्न पदमा युवाको घोषणा र भिजनरी युवा नेतृत्वको खोजलेकाँग्रेसलाई पुनर्ताजकीकरण गर्ने अनुमान गरिदै छ ।
सदैव उठ्ठै आएको पुस्तान्तरणको कुरालाई अहिले सार्थकता पाउँदै आएको छ यद्यपी पहिलो तहका नेताहरुको अझै पद आाकांक्षी कायम रहेकै कारण तत्काल नै पुस्तान्तरण असम्भव देखिएको छ । पार्टी केन्द्रीय नेतृत्व (पार्टी सभापतिदेखि केन्द्रीय सदस्य) मा पनि ६० वर्षसम्म कै बर्चस्व भए तापनि १४ औँ महाधिवेशनको क्रियाशील सदस्ययता वितरणको विवरण अनुसारको केन्द्रीय डेटा सिस्टममा इन्ट्री भएको ९ लाख बढि क्रियाशील सदस्यतमध्ये १८ वर्ष देखि ४० वर्ष उमेर समुहका ३३ प्रतिशत युवाको उपस्थितिलाई मध्यनजर गरी हेर्दा निकै उत्साहजनक रहेको छ । सम्मानजनक रुपमा नेतृत्वको दावी गरीरहेका क्षमतावान युवापुस्ता अघि बढिरहेको हेर्दा पक्कै पनि पार्टीमा नयाँ युगको सुरुवातहुने संकेत प्रदान गरेको छ । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा देखिएको युवा आकर्षण र परिवर्तनको सुरुवातले अन्य पार्टीलाई पनि समयानुकुल परिवर्तित मार्गमा रुपान्तरित हुन प्रतिष्पर्धात्मक चुनौती प्रस्तुत गर्न सक्दछ ।
लोकतान्त्रिक शासन पद्धतीमा पार्टी बलियो भयो भने मात्र सदन र सरकार बलियो हुन्छ । पार्टीलाई गुटबन्दीरहित र स्वच्छ प्रतिष्पर्धात्मक बनाउनका लागि पनि नेपाली कांग्रेसको १४ औँ महाधिवेशन कोशेढुंगा सावित हुनेमा आमकार्यकर्ता विश्वस्त रहेका छन् । कांग्रेस भित्रको गुटबन्दी र अन्तरविरोध कायम रहे रुपान्तरित मार्गमा रहेको कांग्रेस सहि गन्तव्यमा पुग्न असम्भव रहन्छ । तसर्थ, सम्पूर्ण नेपाली राजनीतिक दललाई लोकतान्त्रिक पद्धतीमा ल्याउन र सही राजनीतिक संस्कारको विकास गर्नका निम्ति पनि १४ औँ महाधिवेशनले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ ।
समावेशी कांग्रेस
सदैव नेपाली कांग्रेसलाई परम्परागत र यथास्थितिवादी पार्टीका रुपमा चित्रण गर्ने प्रयास गर्दै आएका छन् । यसको ठिक विपरित क्रियाशील सदस्यतामा उल्लेख्य रुपमा उपस्थित भएको खस आर्य, दलित, मुस्लिम, महिलाआदि समुदायको उपस्थितिलाई हेर्दा कांग्रेस थप समावेशी हुँदै गएको पाईन्छ । त्यसैगरी कांग्रेसको नियमावली अनुसार क्षेत्रीय प्रतिनिधि चयन प्रक्रियामा समेत महिला, दलित, अल्पसंख्यक, अपांगता भएका व्यक्तिहरुलाई अनिवार्य समावेश गर्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको छ । जसले गर्दा कांग्रेसलाई थप समावेशी मार्गमा लगेर लोकतान्त्रिक पार्टीको परिचय प्रदान गर्न थप मद्दत पुगेको छ । लोकतान्त्रिक पार्र्टीलाई समावेशी बनाउँदै यथास्थितिबाट रुपान्तरण गर्ने अभिभारा युवापुस्ताको काँधमा रहन्छ तसर्थ पनि कांग्रेसप्रतिको युवा आकर्षणले गर्दा पनि दीर्घकालिन रुपमा कांग्रेसलाई थप मजबुट बनाउन टेवा पुग्दछ ।
युवापुस्ताको आकर्षण
भर्खरै सम्पन्न पालिकास्तरीय निर्वाचनबाट वडा तह र क्षेत्रीय प्रतिनिधिमा युवापुस्ताको उल्लेख्य सहभागिता भएको देखिन्छ । हिमाली जिल्लामा सम्पन्न जिल्ला अधिवेशनसम्मको प्रारम्भिक नतिजा नियाल्दा समेत प्रदेश र संघीय तहमा पनि बढि भन्दा बढि युवापुस्ताको सहभागिता देखिएको छ । कांग्रेसको १४ औँ महाधिवेशनबाट क्रियाशिल सदस्यताको संख्या ९ लाख हाराहारीमा पुगेको छ । जसमा १६ देखि ४० वर्ष उमेर समुहका ४० प्रतिशतभन्दा बढि क्षेत्रीय प्रतिनिधि र वडाहरुमा निर्वाचित भएका छन् । अहिलेका युवा पुस्ताले ९ लाख क्रियाशिलहरुको भावना अनुसारको पार्टी हाक्न सक्षम नेतृत्वको आकांक्षामा रहेका छन् । नवपुस्ताको आकर्षण र सहभागितालाई पार्र्टी नेतृत्वले सहि दिशानिर्देश गर्न सक्षम हुनुपर्दछ त्यसको लागि सहि प्रशिक्षण र संस्कारयुक्त राजनीतिक वातावरण सिर्जना गर्न पार्टीले भिजनरी कार्यनिति ल्याउनु अपरिहार्य रहेको छ । यद्धपी, युवापुस्ता समेत गुटगत राजनीति र पार्टीको अस्वभाविक सिन्डिकेट तोड्न तयार रहनु पर्दछ । विद्यार्थी एवं विभिन्न भातृ संघ संस्थाबाट राजनीतिक यात्राको सुरुवात गरेका सयौं युवा आज वडा, पालिका र जिल्लातह सम्म आफ्नो पहँुच पु¥याउन सफल रहेका छन् यसले गर्दा आगामी महाधिवेशनमा युवाको हस्तक्षेपकारी भूमिका रहन्छ भन्ने स्पष्ट रहेको देखिन्छ ।
आगामी कार्यदिशा
राधेश्याम जोन्छेँ जस्ता शहिदहरुको बलिदान र लाखौँ उर्जावान क्रियाशील साथीहरुको योगदानले आज नेपाली कांग्रेस यहाँसम्म आइपुगेको छ । आज यिनै शहिदहरुको त्यागले नै गणतन्त्रको जन्म भएको छ र आज गणतन्त्रलाई संस्थागत गराउनका लागि पनि नेपाली कांग्रेसको भूमिका अग्रणी रहेको छ । आज गणतन्त्रलाई संस्थागत ढंगमा लानका लागि पनि १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने आवश्यक रहेको छ । संघीयता पछिको स्थानीय शासकीय स्वरुपअन्तर्गतको स्थानीय तह, प्रदेश तह र संघीय तहको अधिवेशन सम्पन्न हुँदै छ यसले पनि संघीयतालाई मजबुट बनाउन टेवा पुर्याउँदछ । गणतन्त्रको हिमायती पार्टी भएकाले पनि यसको रक्षा नेपाली कांग्रेसले मात्र गर्न सक्दछ । यथास्थितिवादी, पुरातनवादीको रुपमा नेपाली कांग्रेसलाई अर्थाउने प्रयास गरिन्छ तर अबको महाधिवेशनको प्रारम्भिक चरणले ती भ्रमलाई चिर्न मद्धत पुर्याएको छ । आगामी दिनमा जसरी युवा पुस्ता नेपाली कांग्रेसप्रति आर्कषित भएका छन् यीनलाई पार्टीले सहि ढंगले प्रचालित गर्नुपर्ने अभिभारा रहेको छ । यसको लागि पार्टीले सहि रुपले प्रशिक्षित, परिचालन र संगठित भएर अगाडि बढाउनु पर्ने आवश्यक छ । जनमतले पाँच वर्षका लागि स्थायी सरकार बनाउनका लागि दिएको म्यानडेट आज कम्युनिष्ट पार्टीले तिन वर्ष नपुग्दै जनताको सपनामाथि तुषारापात गरेको छ र त्यो अधुरो सपना पुरा गर्ने जिम्मेवारी पनि नेपाली कांग्रेसको काँधमा रहेको छ । त्यसैले आज एकातर्फ तोकिएको समयमा नेपाली कांगे्रसले आफ्नो महाधिवेशन सम्पन्न गरी रुपान्तरणीय पक्षलाई संस्थागत गर्नुपर्ने जिम्मेवारी रहेको छ भने अर्कातर्फ कम्युनिष्ट सरकारले जनतामाथि थोपारेको नैराश्यतालाई विकास र स्थायित्व प्र्रदान गरी ती नैरश्यतालाई आशातित मार्गमा लैजानु महत्वपुर्ण कर्तव्य रहेको छ । यसर्थ नेपाली कांग्रेसको भूमिका आगामी दिनमा अझ सशक्त र सबल हुँदै जानु आवश्यक छ जसले संघीयता, लोकतन्त्र र सबैखाले परिवर्तनहरुको नेतृत्व गर्न सफल हुनेछ ।
(लेखक रजनी जोन्छेँ बागमती प्रदेशसभा सदस्य एवं शहिद राधेश्याम जोन्छेँ स्मृति प्रतिष्ठान सूर्यविनायक-५ भक्तपुरकी अध्यक्ष हुन् ।)
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







