Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विचार

म समानुपातिकको पहिलो नम्बर छोडेर आएकी हुँ, जनतासँगै रहन्छु : डीना

ddddd-1668670499.jpg

नेपाली कांग्रेसकी केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ । मंसिर ४ गते हुन लागेको आमनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यतर्फ प्रत्यक्ष उम्मेदवार बन्ने महिलाहरुमध्येको एक हुन् । ‘डीना’ मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाकी उम्मेदवार बनेकी छन् । उनको नाम मकवानपुरको लागिमात्रै होइन, नेपालकै राजनीतिमा एउटा स्थापित नाम हो । विद्यार्थी आन्दोलन होस् या महिला आन्दोलन, हरेक समयमा सशक्तरुपमा आफ्नो आवाज बुलन्द पार्ने गरेकी मकवानपुरे नेता डीना पहिलो जीतको खोजिमा यतिबेला चुनावी मैदानमा होमिएकी छन् ।
कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित उनले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन गरेकी छन् । स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसकी पूर्वसभापति उनले विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् । डीना यसअघि तीनपटक पराजित भइसकेकी छन् । 
पार्टीले समानुपातिकतर्फको पहिलो नम्बरमा राखेको आफ्नो नाम काटेर जनताबाट प्रत्यक्षरूपमा अनुमोदित हुन आएको उनी बताउँछिन् । सहजै समानुपातिकबाट सांसद् हुने निश्चित भएपनि जनताको बीचमा काम गरेर जनताबाट निर्वाचत हुन आएकोले आफ्नो जीत निश्चित रहेको उनी बताउँछिन् । नेपालको संविधान निर्माण र संविधानमा महिलाहरुको समावेशी सहभागिताको लागि महत्वपूर्ण भूमिका खेलेको कारण पनि आफूलाई जनताले मत दिएर अनुमोदित गर्ने उनी बताउँछिन् । प्रस्तुत छ, आसन्न प्रतिनिधिसभा निर्वाचनको सम्बन्धमा केन्द्रित रहेर महालक्ष्मी उपाध्याय ‘डीना’सँग प्रष्टखबरका लागी सुनिल शिवाकोटीले गरेको कुराकानीः
 

निर्वाचन संघारमा छ । कस्तो छ तयारी? 
निर्वाचनको तयारी भनेर त्यस्तो धेरै छुट्टै मैले केहि पनि गरेको छैन । म सधैं मकवानपुरका जनताहरुसँग उहाँहरुकै घरदैलोमा थिएँ । अहिले पनि म जनतासँगै छु । २०७४ सालमा हारेदेखि नै २०७९ सालको निर्वाचनका लागि तयारीमा जुटिराखेकी छु । म निरन्तर जनताको माझमा काम गर्दै आएकी छु । अव हामी चुनाव प्रचार प्रसारको अन्तिम चरणमा छौं । मौन अवधि सुरु हुनुभन्दा अगाडीसम्म अझै मतदातालाई भेट्ने र गुनासो सुन्ने काम चलिरहेको छ ।

तपाईँ समानुपातिकको नाम काटेर प्रत्यक्षतर्फको उम्मेदवार बन्नु भएको छ । सजिलै सांसद् हुनसक्ने बाटो छाडेर चुनावी मैदानमा किन आउनु भयो ?
आसन्न निर्वाचनमा पार्टीले मलाई पदाधिकारी पनि भएकोले समानुपातिकतर्फ मेरो नाम अगाडि नै राखेको थियो । मैले चाहेको भए समानुपातिकबाट सांसद् बन्ने निश्चित नै थियो । तर, म जनतासँग काम गरेकी मान्छे । जनताबाट प्रत्यक्ष रूपमा अनुमोदित भएर जान्छु भनेर आएकी हुँ । जनताबाटै अनुमोदित भएर जनताकै लागि काम गर्न म चुनावी मैदानमा होमिएकी हुँ । त्यसैले जनताले माया गरेर जिताउनु हुन्छ भन्नेमा म ढुक्क छु ।
महिला भएकै कारण पछि पर्नुपर्ने अवस्था छ कि छैन, तपाईको अनुभवमा ?
अहिले विगतको जस्तो अवस्था छैन । अहिले विस्तारै परिवर्तन हुने क्रममा छ । मानसिक रूपमा मानिस परिवर्तन भएको मैले महसुस गरेकी छु । गत आम निर्वाचन र स्थानीय तहको निर्वाचन हेर्दा पनि त्यो देख्न सकिन्छ । विगतको निर्वाचनमा गठबन्धनसँग मैले पाएको मतलाई हेर्ने हो भने मैले चुनाव जितेको नै हो । त्यसैले महिलालाई भोट नहाल्ने भन्ने मनस्थिति मतदाताको छैन । तर तपाईँले भन्नु भएको जस्तो नेतृत्वमा महिलालाई हेर्ने र नेपालको संविधानले दिएको अधिकार कार्यान्वयन गर्नमा हिच्किचाहट भएको चाहिँ नेतृत्व तहमा मैले महशुस गरेकी छु । त्यसैकारण मैले आफ्नो पार्टीको नेतृत्व र विभिन्न राजनीतिक पार्टीका राष्ट्रिय तहमा बसेका पदाधिकारी, केन्द्रीय सदस्य र साथीहरूसँग धेरै छलफल गरेर यसलाई कसरी परिवर्तन गर्न सकिन्छ भनेर बहस गरिरहेका छौँ । संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने सन्दर्भमा हामी सचेत छौँ । अहिलेको मूल ‘एजेण्डा’ भनेको संविधानले दिएको समानुपातिक सहभागिताको सुनिश्चितता हो । यसैको लागि पनि मैले आफ्नो ठाउँमा प्रत्यक्षरूपमा निर्वाचनमा भाग लिने निर्णय गरेकी हुँ ।
चुनाव प्रचार प्रसारका क्रममा धेरै ठाउँमा पुग्नुभयो, तपाइँको क्षेत्रका मतदाताका माग र गुनासा के छन् ? के पाउँनुभयो ?
मैले मतदाताले हामीबाट ठुला ठुला कुराको अपेक्षा गरेको पाइन् । उहाँहरुको माग सबै सामन्य छन् । व्यवस्थित शहरीकरण, सडकको पहुँच, खानेपानीको राम्रो प्रवन्ध, गुणस्तरीय शिक्षा, स्वास्थ्यमा सबैको पहुँच, देशमै रोजगारी, कृषकका लागी समयमै मल, उत्पादित कृषि उपचको उचित मूल्य र बजारीकरण यस्तै यस्तै मागहरु छन् मतदाताका । उनीहरुके गुनासाहरु पनि यीनै कुराहरुसँग जोडिका छन् । विशेषगरि विगतमा निर्वाचित भएर गएका उम्मेदवार गाउँ फर्केन्न, हाम्रो मागकोे सुनुवाई भएन् । भन्ने गुनासा पनि सुनिन्छ । मेरो निर्वाचन क्षेत्र जिल्लाको पूर्वि भागमा लालपुर्जाको ठुलो समस्या छ । बर्षौदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा त्यहाका जनता समस्यामा छन् । जतिसक्दो चाँडो लालपुर्जा पाइयोस भन्ने उनीहरुको माग छ ।
मतदाताको कुरा सुनेपछि के गर्नुपर्छ जस्तो लाग्यो ? उनीहरुको मागलाई सम्बोधन गर्न मतदातासमक्ष के कस्ता बाचा गर्नुभयो त?
म कुरामा हैन, काममा विश्वास गर्छु । मलाई बाचा गर्न आउँदैन । मैले समानुपातिकबाट सांसद बन्ने अवसर त्यागेर आएको हँु । मलाई समानुपातिकको एक नम्बरमा बस्न भन्नुभएको थियो । तर म मानिन, मैले संविधान लेख्ने क्रममा महिला, जनजाती, दलित, पिछडिएका समुदायका एजेण्डाहरु स्थापित गर्ने काम गरेको छु । सैदान्तिक रुपमा मैले खेल्नुपर्ने भूमिका मैले यसअघि पाएको अवसरमा निभएको छु । अव म प्रत्यक्ष जनताको माझमा बसेर काम गर्न चाहान्छु । त्यसैले म जनताको माझमा आएको हुँ । मैले मतदाताका कुराहरु सुनेको मात्र छैन मनन् पनि गरेको छु । मैले अघिपनि भने उहाँहरुको माग ठुला छैनन् । सबै सामान्य छन् । सबैकुराहरु एकैपटक पुरा गर्न नसकिएला तर गर्न सकिन्छ । म गर्छु भनेर आएको मान्छे । पछि हट्दिन र अवसर दिनुभयो भने म गुनासो गर्ने अवसर पनि दिन्न । मैले मत माग्ने क्रममा पनि भनेको छु म महिना दुई महिनामा गाउँघरमा आफै आउँछु मलाई खोज्दै हिड्नु पर्दैन । 
आफु जित्नेमा कति विस्वस्त हुनुहुन्छ? यहाँको जित्ने आधार के के हुन् ? आफ्नो क्षेत्रका लागी के कस्तो एजेण्डाहरु छन् तपाईसँग?
म चुनाव जित्छु । मलाई मेरा मतदताहरुप्रति विश्वास छ । उहाँहरुले मलाई जिताउनुहुन्छ । म लामो समयदेखि राजनितिको मूलधारमा बसेर काम गरेको छु । विशेष गरि महिलाका मुद्धालाई विगतदेखिनै उठाउँदै आएको छु । मैले आवसर पाउँदा आम सर्वसाधरणको पक्षमा काम गर्दै आएको हँु । यसअघि संविधान सभा सदस्य हुँदा मैले गरेका कामका बारेमा तपाईलाई भने । म चुप लागेर बस्नै नसक्ने मान्छु हुँ । केहि न केहि गरि रहनुपर्छ भन्ने लाग्छ । समय अवसरलाई सदुपयोग गर्नुपर्छ खेर फाल्नुहुन्न भन्ने मेरो मन्यता छ । 
मेरो एजेण्डाको कुरा गर्नुहुन्छ भने, मसँग पूरा गर्नै नसक्ने एजेण्डा, झुटा आश्वासन र नाराहरु छैनन् । म मकवानपुरमै जन्मिएर यहीँ हुर्किदै यही क्षेत्रलाई भूगोल बनाएर राजनीतिमा सक्रिय रहेको छु । मलाई यहाँको समस्या, सम्भावना र चुनौती सबै थाहा छ । हामी प्रदेशको राजधानिमा बस्छौ तर साच्चै हेटौंडालाई नजिकबाट नियाल्दा यहाँ हामीले राजधानीमा हुनुपर्ने जस्तो कुनै पूर्वाधार पाउँदैनौ । प्रदेशको राजधानीको दीर्घकालीन विकास र वास्तविक राजधानी कस्तो हुनुपर्छ भन्ने योजना म सँग छ । जसरी हामीले सिंहदरबारको अधिकार गाउँघरमा भनिरहेका छौँ, त्यहाँका जनता लाभान्वित भए कि भएनन् भन्ने कुरा सोचेर उनीहरूको आर्थिक, सामाजिक परिवर्तन हुनेगरि मैले कार्ययोजना बनाएको छु । महिला, आदिवासी जनजातिहरुको समस्या समाधान र पूर्वाधार विकास मेरो मुख्य एजेण्डा हुन् । युवालाई स्वदेशमै रोजगारी, कृषकका समस्या समाधान, हेटौंडाको औधोगिक क्षेत्रमा रहेका उद्योगधन्धाहरुको उचित व्यवस्थापन, सडक सञ्जालले सबै ठाउँलाई जोड्ने, यस क्षेत्रका सबै मानिसलाई सहज स्वास्थ्यको पहुँच, सर्वसुलभ निशुल्क शिक्षा मेरो ग्यारन्टी हो । 
अन्त्यमा केहि भन्न चाहनुहुन्छ ?
मेरो प्रतिस्पर्धीहरु जस्तो मलाई एकपटक निर्वाचित गर्दिनुस् वा मेरो अन्तिम पटक हो मलाई बचाइदिनु भनेर म भन्दिन । म जनताको सुखदुःखमा साथै रहने भनेर प्रत्यक्ष निर्वाचनमा आएकी छु । म विजयी हुनेमा ढुक्क छु । यदी सोचेको भन्दा फरक नतीजा आएपनि त्यसलाई सहर्ष स्विकार गर्दै मकवानपुर जिल्लावासीको माझमा बसेर काम गर्छु । राजनिति र जनसेवा निरन्तर गर्ने बिषय हो त्यसकारण म यो क्षेत्रबाट बाहिर जान्न । तर यो पटक म सहजै पाएको सांसद् पद छोडेर प्रत्यक्ष निर्वाचन जित्दै जिल्लाबासीको हकहितमा केही गर्ने योजनासहित चुनावी मैदानमा आएको छु । र म सधै मकवानपुरे जनताको साथ मै रहिरहन्छु । धन्यवाद । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार