Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

बेसारले निको हुन्छ क्यान्सर

Besar-1515230128.jpg

ब्रिटिस मेडिकल जर्नलका अनुसार माइलोमा नामक ‘उपचारै नहुने’ रक्त क्यान्सर भएकी जागिरबाट निवृत्त बेलायती महिला डाइनेके फर्गसनले केमोथेरापीले काम नगरेपछि तरकारीमा प्रयोग हुने बेसारको ‘कुर्कुमिन’ प्रयोग गरिन् । कुर्कुमिन बेसारमा पाइने चम्किलो र पहेंलो रसायन हो । आफूलाई लागेको माइलोमा रोगसँग लड्न ६७ वर्षीया उनले पाँच वर्षसम्म प्रत्येक दिन बेसारको नियमित सेवन गरिन् । अहिले क्यान्सर ठीक भएको छ । अरू थुप्रै मसलाले पनि हाम्रो जीवनलाई स्वस्थ र तन्दुरुस्त राख्न मद्दत गर्छन् । जडीबुटी र मसलालाई औषधीय रूपमा शताब्दीयौंदेखि प्रयोग गर्ने गरिएको छ । केही मसलाका फाइदाबारे जानौं :

क्यान्सरविरुद्ध बेसार

बेसारमा भएका तत्वमध्ये ‘कुर्कुमिन’ मा एन्टिअक्सिडेन्ट र एन्टिइन्फ्ल्यामेटरी गुण हुन्छ । भिटामिन बेच्ने हेल्थस्पान नामक कम्पनीका पोषण प्रमुख रब हब्सन भन्छन्, ‘बेसारमा भएका यस्ता तत्वले अति ‘मुक्त कण’ बाट हुने शरीरको क्षति जोगाउँछ ।’ त्यस्ता कण वातावरणीय र जीवनशैलीका परिणाम हुन् । रब थप्छन्, ‘अचेल सानो स्तरको इन्फ्लेमेसन (कुनै दुर्घटना वा संक्रमणका कारण दुख्ने, सुनिने, शरीर रातो हुने, पोल्ने अवस्था) ले प्राय: सबै खालका मुटुरोग, क्यान्सर, मेटाबोलिक सिन्ड्रोम र अल्जाइमरजस्ता पश्चिमा दीर्घरोघमा प्रमुख भूमिका खेल्छ भन्ने विश्वास गरिन्छ ।

उनी भन्छन्, ‘बेसारजस्ता मसलाले कसरी यस्ता रोगको विकास हुनबाट बचाउन सक्छ भनेर अध्ययन जारी छ । प्रयोगशालामा भएका क्यान्सर कोषका थुप्रै अध्ययनले देखाएका छन्- कुर्कुमिनमा क्यान्सरविरोधी प्रभाव छ । यसले क्यान्सरका कोष मार्ने र अरू बढ्नबाट जोगाउने देखिन्छ ।’

सुझाव : सखर र कागतीको सर्वतमा बेसार हालेर पिउने गर्नुहोस् । बिहान-बेलुका चिया पिउँदा चियामा बेसार हालेर पिउने गर्नुहोस्।


स्वस्थ मुटुका लागि लसुन

सर्वत्र फैलिने तिखो बास्ना र स्वाद भएको, प्याज र लिक नामक अर्को मसलाको निकट परिवारमा पर्ने यो मसलाको प्रयोग विश्वभर अनेक परिकारमा गरिन्छ । क्वेस्ट नुत्रा फर्माका पोषणविद् आलिक्स उड्स भन्छन्, ‘लसुनले उच्च रक्तचाप र कोलेस्टेरोललाई कम गर्न र स्वस्थ रक्तसञ्चार कायम राख्न मद्दत गर्ने अध्ययनले सुझाएको छ । त्यसकारण मेडिटेरियन क्षेत्रमा बस्ने मान्छेहरूको मुटुको स्वास्थ्य राम्रो छ ।’ त्यस क्षेत्रमा अत्यन्त धेरै लसुन प्रयोग गरिन्छ । उनी भन्छन्, ‘यसमा धेरै मात्रामा जीवाणुनाशक तत्व छन् । त्यसो हुँदा हाम्रो शरीरलाई संक्रमणबाट बचाउँदै यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई बलियो प्रभाव पनि पार्न सक्छ ।’ सुझाव : परम्परागत रूपमा खाइने चामल वा अन्य पिठोबाट निर्मित ‘खोले’ या सुपमा लसुनलाई काटेर वा टुक्र्याएर हाल्दा त्यसले बेग्लै स्वाद दिन्छ ।

पेट फुल्दा र महिनावारी दुखाइमा सौंफ

रबका अनुसार यो गुलियो र रक्सी झैं गन्ध आउने दानालाई परम्परागत रूपमा पाचकका रूपमा र पेट फुल्दा औषधिकै रूपमा प्रयोग गरिन्छ । कतिपयले ‘सुप’ समेत भन्ने गरेको यो दानामा इन्फ्लेमेसन कम गर्ने र अड्केका कुरा निकाल्ने तत्व हुन्छ । ‘आयुर्वेद र फार्मेसीको अन्तर्राष्ट्रिय जर्नल’ मा प्रकाशित एक अध्ययनअनुसार सौंफबाट निकालिएको धुलो या झोल प्रयोग गर्ने महिलाले महिनावारीको दुखाइबाट धेरै राहत महसुस गरे ।

आफूलाई लागेको माइलोमा रोगसँग लड्न ६७ वर्षीया उनले पाँच वर्षसम्म प्रत्येक दिन बेसारको नियमित सेवन गरिन् । अहिले उनको क्यान्सर ठीक भएको छ ।

सुझाव : मीठो चिया बनाउन तातोपानीमा एक चम्चा सौंफको गेडा हाल्नुहोस् र उमाल्नुहोस् । त्यसमा सखर या चिनी हालेर केहीबेर सेलाउन दिनुहोस् । खाना खाएपछि सौंफ खाने प्रचलन त परम्परागत रूपमा दक्षिण एसियामा प्रचलित छँदैछ ।

मन प्रफुल्ल राख्न केसर

संसारकै महँगो मसलाका रूपमा चिनिने केसर ‘केसर फूल’ लाई सुकाएपछि बन्छ । इरानमा शताब्दीयौंदेखि यसलाई ‘मुड ठीक राख्न’ को लागि चियामा हालेर पिउने गरिएको इतिहास छ । तेहरान युनिभर्सिटी अफ मेडिकल साइन्सेजको एक अध्ययनले केसरले महिनावारी हुनुपूर्वका अनेक लक्षण र अवसाद (डिप्रेसन) बाट छुट्काराका लागि यसको प्रयोग गर्न सकिने उल्लेख छ । अध्ययनअनुसार दैनिक केसरको क्याप्सुल खाने ७५ प्रतिशत महिलाले महिनावारी हुनुपूर्वका अनेक लक्षण आधा घटेको बताएका थिए।

सुझाव : एक चिम्टी केसर भात पकाउने पानी या गोलभेंडाको अचारमा हाल्नुहोस् । यसले स्वाद त दिन्छ नै, आकर्षक रङ पनि दिन्छ । अन्य परिकार र पेयमा पनि यसलाई हालेर उपभोग गर्न सकिन्छ ।

वाकवाकी र टाउको दुख्दा अदुवा

रबका अनुसार अदुवामा हुने गरेको जिन्जेरोल्स भन्ने तत्वका कारण इन्फ्लेमेसनविरुद्ध यो प्रभावकारी हुन्छ । यसको अर्थ कुनै दुर्घटना वा संक्रमणका कारण शरीरको कुनै भाग दुख्ने, सुनिने, रातो हुने र पोल्ने अवस्थामा अदुवाले धेरै काम गर्छ । रब थप्छन्, ‘परम्परागत रूपमा यसलाई वाकवाकीमा प्रयोग गर्ने गरिएको छ । त्यसका साथै प्रसूतिजन्य बिरामीमा, क्यान्सरको केमोथेरापीको गलत असर हटाउन र समुद्रको गलत प्रभाव हटाउन पनि यसको प्रयोग हुने गरेको छ ।’ ‘रक्तसञ्चारलाई धेरै हदसम्म बढाउन यसले मद्दत गर्छ,’ एलिक्स भन्छन्, ‘तपाईंलाई चिसो वा रुघा लागेको छ भने यसको प्रयोगले तपाईंको शरीरको तापक्रम बढाएर संक्रमणसँग लड्न सहयोग गर्छ । यसमा प्रत्यक्ष भाइरसविरोधी तत्व पनि हुन सक्छ ।’

‘यसमा दुखाइ कम गर्ने तत्व भएकाले घाँटीभित्रको दुखाइमा महत्वपूर्ण काम गर्छ’, ‘द सुपरफुड डाइट’ किताबका लेखक गुरपरित बेन्स बताउँछन् । अध्ययनअनुसार एक चम्चा अदुवा आठ भाग लगाउँदा हुने एक भागले पेनकिलरले जत्तिकै माइग्रेनलाई सञ्चो गराउँछ ।

सुझाव : जुनसुकै भुटेका खाना वा परिकारमा अदुवा कुटेर या धुलो बनाएर हाल्नुहोस् । चियामा दैनिक अदुवा हालेर पिउँदा हुन्छ । हामीले दाल र तरकारी पकाउँदा प्राय: अदुवा हाल्ने गरेकै छौं । ६. चिनी नियन्त्रण गर्न दाल्चिनी

‘नेचरल अल्टरनेटिभ टु सुगर’ नामक किताबकी लेखक तथा पोषणविद् डा. मारिलिन ग्ल्यानबिल भन्छिन्, ‘अध्ययनहरूले दाल्चिनी प्रयोगले खाना खाएपछि शरीरमा हुने चिनीको बढोत्तरी घटाएर रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्न सक्ने देखाएको छ ।

सुझाव : दाल्चिनीलाई कफी-चियामा हालेर खान त सकिन्छ नै, दाल्चिनी चपाएर हिँड्दा मुख ताजा रहन्छ । सर्वत, जुस र सेकमा दाल्चिनीको धुलो हालेर खाँदा फूर्ति बढाउँछ । दाल्चिनी त्यत्तिकै चपाउँदा पनि हुन्छ ।

 तौल घटाउन जिरा

‘तौल घटाउन चाहने व्यक्तिहरूले आफ्नो खानामा जिरा हाल्छन्’, ग्ल्यानबिल भन्छिन्, ‘अध्ययनले देखाएको छ, तीन महिनासम्म दहीमा एक चम्चा जिरा हालेर खाने हो भने डेढ किलोसम्म तौल घटाउँछ । तर त्यति मात्रै होइन, दहीमा जिरा नहालीकन खानेको तुलनामा प्रत्येक दिन जिरा हालेर खानेले तीन गुणासम्म शारीरिक तौल घटाए ।’ उसो त पाचन र श्वासप्रश्वासमा पनि जिरा प्रयोगले फाइदा गर्छ ।

सुझाव : जिरा त्यसै चपाउँदा पनि हुन्छ । जुस, सर्वत, तरकारी र अचारमा जिरा प्रयोग गर्दा स्वाद उस्तै बढ्छ ।

अनिद्राको अस्त्र जाइफल

गुरपरित भन्छन्, ‘निद्रा र आराम सिर्जना गर्ने पर्याप्त गुण भएको जाइफललाई आयुर्वेद उपचारमा पहिल्यैदेखि नै अनिद्रा हटाउन प्रयोग गर्ने गरिएको छ ।’ यसलाई दुखाइ कम गर्न मात्रै नभएर दिमागको क्षमता बढाउनसमेत प्रयोग गरिने चलन छ ।

सुझाव : जाइफलको धुलोलाई विभिन्न फलफूलमा हालेर खान सकिन्छ । यसको धुलोलाई जुस र सेकहरूमा हालेर पनि खान सकिन्छ । त्यसका साथै तरकारीमा हाल्दा पनि हुन्छ । रोटीमा यसको धुलो छर्केर खाँदा हुन्छ । रात्रिकालीन भोजनमा यसको प्रयोग बढी उचित हुन्छ ।

 कालो जिराले बिसेक पार्छ एलर्जी

कडा र तीखो स्वाद भएको यो मसला कतिपय तरकारीमा प्रयोग गरिन्छ । जर्मनीको हम्बल्ट युनिभर्सिटीले १५२ जना रुघाखोकीको ज्वरो, ब्रोंकाइल दम र एटोपिक एक्जोमा जस्ता एलर्जी भएका बिरामीमाझ चारवटा अध्ययन गरेको थियो । सबै बिरामीको उपचार कालो जिराबाट निकालिएको तेलबाट गरिएको थियो । उनीहरू सबैले रोगमा महत्वपूर्ण सुधार पाए ।

सुझाव : कालो जिरा हल्का भुटेर तारेको आलु या अन्य तरकारीमा हालेर खानुहोस् ।

(‘मिररडटकोडटयूके’ बाट अनूवादित)

साभार : अन्नपूर्ण पोष्ट


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

देउवा आज स्वदेश फर्किँदै
deuba-1-1786585289.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन् ।  देउवा...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786584919.jpg

२८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै...

मूख्यमन्त्री बानियाँले गरे सरकारबारे ब्रिफिङ, पार्टी एकतामा जोड
Indra-Baniya-(3)-1786539267.jpg

२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1786523331.png

२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786498003.jpg

२७ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन...

प्रतिनिधिसभाको बैठक स्थगित
Screenshot_20260628_16320-1786497356.jpg

२७ साउन, हेटौंडा । प्रतिनिधि सभाको बैठक भदौ १ गतेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक भदौ...

थप समाचार