Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

ठिंगनका ३१ जना नेपाली कांग्रेस प्रवेश

Thingan-1541252721.jpg

१७ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस बकैया गाउँपालिका ठिंगनमा भएको कार्यक्रममा ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बकैया गाउँपालिका १२ को आयोजनामा ठिंगनमा भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ३१ जनाले नेपाली कांग्रेसको सदस्यता लिएका हुन् । उनीहरुलाई नेपाली कांग्रेस प्रदेश नम्बर ३ संसदीय दलका नेता एवं जिल्ला सभापति ईन्द्रबहादुर बानियाँले सदस्यता प्रदान गरेका थिए ।
यस्तै, शनिबार नै ठिंगनमा क्रियाशिल सदस्यता वितरण एवं शुभदिपावली तथा छठ पर्वको अबसरमा चियापान कार्यक्रम गरिएको छ । बकैया गाउपालिका १२ का वडा संयोजक चिनबहादुर रुम्बाको सभाध्यक्षता एवं बानियाँको प्रमूख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले काँग्रेसले आफूले गरेको काम र योगदानको बारेमा जनतालाई बुझाउन नसक्दा हार बेहोर्नुपरेको बताउँदै दुई तिहाईको सरकार हुँदापनि नेकपाले गफ मात्रै गर्ने र जनताको काम र विकाश निर्माणमा सिन्को पनि भाच्न नसकेको बताए । उनले कांग्रेस हार्दा होस् या जित्दा जहिल्यै जनताको सुखदुःखमा साथ दिने गरेकोले निराश नहुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।
क्रियाशिल सदस्यता वितरण कार्यक्रममा जिल्ला सदस्य एवं शिक्षा विभाग प्रमूख कृष्णप्रसाद दाहाल, ४ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, प्रदेशसभा सदस्य उम्मेदवार धर्म लामिछाने, हेटौडा उपमहानगर सभापति आनन्दराम पराजुली, बकैया गाउपालिका संयोजक भूमिनन्द गौतम, क्षेत्रीय नेता मिठाराम दाहाल, क्षेत्रीय सदस्य सञ्जय डिम्डुङ, ११ नम्बर वडा अध्यक्ष गोपाल न्यासुरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा वकैया ११ को नेपाली कांग्रेसको वडा संयोजकमा सुवास स्याङ्तान र सहसंयोजकमा विजय नेसुरलाई चयन गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार