१९ मंसिर, हेटौंडा । पाटन उच्च अदाल हेटौँडा इजलासले धरान–चतरा सडक आयोजनालाई काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । अदालतका न्यायाधिश शिवराज अधिकारी र गोपाल भट्टराईको संयुक्त इजलासले बुधबार यस्तो आदेश जारी गरेको हो ।
धरान–चतरा सडक अन्तरगत हेटौँडा–६ चौघडादेखि रंगशालासम्मका स्थानीयले जग्गाको मुआव्जा माग गर्दै अदालतमा रिट दायर गरेका थिए । रिटको सुनुवाई गर्दै बुधबार रिटको अन्तिम टुंगो नलागेसम्म काम अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ । आदेशमा ‘नेपालको संविधान २०७२ को धारा २५ को उपधारा २ र ३ एवं सर्वोच्च अदालतको पूर्ण इजलासको २०७३ को डव्ल्यु एफ ००३ मा प्रतिपादित नजिर सिद्धान्त समेतको परिपेक्षमा निवेदकहरुको नाममा दर्ता स्रेस्ता कायम भएको निर्धारित सडक सिमा कायम गरिएका जग्गामा यो निवेदन पत्रको अन्तिम टुंगो नलागेकसम्म सडक निर्माण कार्यमा यथास्थिति राख्नु’ भनिएको छ ।
विपक्षीहरुको तर्फबाट हेटौँडा उपमहानगरपालिकाका अधिवक्ता मुकुन्द अधिकारी र सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता हरिबहादुर पौडेलले बहस गरेका थिए । सडक आयोजना प्रभावितहरुले धरान–चतरा सडक योजन हेटौँडा, योजना प्रमुख, हेटौँडा उपमहानगरपालिका, हेटौँडा ६ नम्बर वडा कार्यालय, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, मालपोत कार्यालय मकवानपुर, नापि कार्यालय मकवानपुर, कालिका कन्स्ट्रक्शनसहित ११ निकायलाई विपक्षी बनाई पाटन उच्च अदालत हेटौँडा इजलासमा रित दायर गरेका थिए ।
धरान–चतरा–गाईघाट–कटारी–सिुन्धुली–हेटौँडा सडक आयोजनाले सडकको १५–१५ मिटरभित्र पर्ने घर टहराको क्षतिपूर्तिका लागि वडा कार्यालयलाई विवरण तयार गर्न सूचना पठाएपछि स्थानीयले असहमति जनाएका छन् । भौतिक संरचनाको मात्रै क्षतिपूर्ति उपलव्ध गराउने सडक आयोजनाको भनाई प्रति आफुहरुको असहमति रहेको स्थानीयको भनाई छ । सडक विस्तारका क्रममा धेरैको जग्गा पूर्ण रुपमा सडकमा पर्ने भएकाले मुआव्जा विना सडक विस्तार हुन नसक्ने उनीहरुको भनाई छ ।
सडक विस्तारका क्रममा हेटौँडा–६ को चौघडादेखि रंगशालासम्मका करिब ३ सय घरधनी प्रभावित हुने भएका छन् ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















