सुनिल शिवाकोटी
२० मंसिर, हेटौँडा । हेटौँडाको मूख्य बजार क्षेत्रमा कायम गरिएको नो पार्किङ होर्डिङ बोर्डमा मात्र सिमित भएको देखिएको छ । हेटौंडा उपमहानगरपालिकाले भदौको पहिलो सातादेखि हेटौंडाको मुख्य बजार क्षेत्रलाई नो पार्किङ कायम गरेकोमा अहिले अधिकांश क्षेत्रमा सवारी साधन पार्किङ भईरहेको छ ।
नो पार्किङ जोन अहिले पार्किङ जोनमा परिणत भएको सर्वसाधारणको भनाई छ । हेटौँडा–४ को सिमाचोक देखि पारिजातपथ जोडने मोड, कान्तिलोकपथमा जताजतै सवारी पार्किङ गरेको पाईन्छ । ‘व्यवस्थापनको काम नगर प्रहरी हो तर नगरको व्यवस्थापनका लागि खटिने गरेको नगर प्रहरी मुखर्दशक रहेको बरु कहिलेकाँही ट्राफिकले यसो कडाई गर्छन , नत्र सडकमै पार्किङ गर्दा पनि आँखा चिम्लिएका छन् नगर प्रहरी आउदैनन’–कान्तिलोकपथका एक व्यवसायीले भने । यी क्षेत्रमा बिहानै देखि मोटरसाइकल र हलुका सवारी र मालबाहक ट्रक यत्रतत्र पार्किङ गरेको राखिएको अवस्थामा पाईन्छ । उपमाहानगरपालिकाको यस अभियानलाई त्यस क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी र सवारी चालकहरुले ठाडै उलल्गन गरेको पाईन्छ । त्यस क्षेत्रमा रहेको सडकदेखि सडक पेटीसम्म मोटर साइकल पार्किङ गर्दा आवतजावतमा समस्या परेको किनमेलका लागि बजार आएका श्रवण थापाले बताए ।
प्रदेश नम्बर ३ को राजधानी हेटौँडा बजारको ट्राफिक अस्तव्यस्त हुँदा पनि यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायले वेवास्ता गरेको थापाको भनाई छ । केही समय अघिसम्म ट्रफिक प्रहरीले नो पार्किङ क्षेत्रमा पार्किङ गरिएका सवारी साधनलाई कारवाही गर्ने गरेको भएता दशै, तिहारपछि वेवास्ता भएको छ । उपमहानगरपालिकाले ठूलै कसरतका साथ शुरु गरेको नो पार्किङ अभियानबाट उपमहानगर आफैं पछि हटेको त हैन भन्ने आशंका सर्वसाधारण गरेका छन् । ‘नो पार्किङ हटेकै हो त मेयर साव ?’ भन्दै उनीहरुले प्रश्न गरेका छन् ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















