Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

फाष्ट ट्रयाकको काममा बकैयाका स्थानीयबाट अवरोध

Fast-Track-1545922351.jpg

File Photo

१२ पुस, हेटौँडा । काठमाडौं तराई जोड्ने द्रुतमार्ग अन्तरगत मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ५ स्थित जारी काममा स्थानीयले अवरोध गरेका छन् । उक्त खण्डबाट झरेको माटोले बस्ति प्रभावित हुने भएकोले स्थानीयले विहीबारबाट काम नै रोकेका हुन् । 
यस अघि पनि काममा अवरोध गरेपछि व्यवस्थित गर्ने प्रतिवद्धता जनाएकाले काम सुचारु भएको थियो । यो पटक भने अनिश्चितकालका लागि बन्द गरिएको स्थानीय अर्जुन खड्काले जानकारी दिए । बकैया वडा नम्बर ५को तीनतले, मसाने, भडौरा र बुदुने क्षेत्रको ठूलो वस्ति उक्त कामबाट प्रभावित भइरहेको छ । ‘बस्तिभन्दा माथी बाटोको काम भइरहेको छ,’ स्थानीय केदार अर्यालले भने, ‘त्यहाँबाट खसालिएको माटोले बस्तिलाई ठूलो प्रभाव परिरहेको छ । एक त धुलोको असर धेरै नै छ अर्को वर्षायाममा ठूलो क्षति हुने सम्भावना छ ।’ यसका लागि ठेकेदार र सेनासँग पटकपटक कुरा भए पनि सुनुवाई नभएपछि काममा अवरोध गर्न परेको उनले बताए । 
विहीबार स्थानीयले फास्टट्«याकमा काम गरिरहेको ५२ वटा सवारी उपकरणहरुको चावि लिएर सेनालाई जिम्मा लगाएका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म काम सुरु हुन नदिने स्थानीयले बताएका छन् । फास्टट्«याकको माटोको कारण खोल्साहरु सुकेको र खोलामा पनि पानीको सतह निकै घटेको छ । बर्षायाममा यसबाट निकै ठूलो क्षति हुन सक्ने स्थानीयको भनाई छ ।
स्थानीयले सेनासँगै ठेकेदार र गाउँपालिकासँग पनि आफूहरुको समस्या बताएको भन्दै सुनावाई नभएको गुनासो गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार