Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विचार

सन् २०१८ मा नेपाली प्रेस स्वतन्त्रताको अवस्था 

Press-1546260793.jpg

Google Photo

सन् २०१८ पनि नेपाल प्रेस जगतका लागि चुनौतिपूर्ण वर्ष रहेको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भएका छन्  । सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएका थिए । तुलनात्मक रुपमा यो बर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमि आएको भएतापनि कानुनी रुपमा यो बर्ष चुनौतिपूर्ण बन्यो । 
यसै वर्ष भदौ १ गतेदेखि लागू गरिएको मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानले गर्दा यो वर्ष नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण बनेको हो । महासंघले मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान सच्चाउनका लागि विभिन्न दबाबमूलक अभियान नै सञ्चालन गरेको थियो ।
सन् २०१८ मा १५ जना पत्रकारमाथि आक्रमण भएको छ भने १३ जना पत्रकारलाई धम्की दिइएको छ । महासंघको अनुगन इकाइमा अभिलेख भएअनुसार समाचारको विषयलाई लिएर पत्रकारमाथि आक्रमण र धम्की दिने काम भएको थियो । यस्तै यो अवधिमा १२ जना पत्रकारलाई समाचार संकलनका क्रममा वा समाचार छापेको निहुँमा दुव्र्यवहार गरियो भने पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध पु¥याइएका ६ वटा घटना रहेका छन्  ।
पत्रकारको संस्था तथा पत्रपत्रिका कब्जा गरिएका ४ वटा घटना अभिलेख भएका छन् भने नीतिगत बन्देजको एउटा घटना रहेको छ । त्यसैगरि एक जना पत्रकार वेपत्ता भएका छन् । नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का २०७५ भाद्र १० गते करिव १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा सम्पर्कविहीन भएका हुन ।
त्यसैगरी यो अवधिमा ६ जना पत्रकार पक्राउ परेका छन् । अनुगमन इकाका अनुसार पक्राउ परेकामध्ये राजु बस्नेत, एन्जीला सापकोटा, गोपाल चन्द्र लगायतका पत्रकारलाई प्रहरीले समाचार लेखेकै आधारमा पक्राउ गरी आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई विद्यृतीय कारोबार ऐन, २०६३ अन्र्तगत मुद्दा चलाएको थियो । प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा चित्त नबुझे उजुरी गर्ने संस्था प्रेस काउन्सिल रहेको छ । 
राष्ट्रपतिको कार्यालयमा हुने कार्यक्रम, विभिन्न भिइआइपिको आगमनका क्रममा तथा संसदिय समितिहरुको बैठकमा पत्रकारलाई समाचार संकलनमा बञ्चित गरिने काम भएको छ भने  जनप्रतिनिधिहरुबाट पनि पत्रकारलाई दुव्र्यवहार, धम्की र आक्रमण समेत भएको अभिलेख छ ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी यी सबैखाले घटनाको कडा भत्र्सना गर्दै संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन सरकारसंग माग गर्दछ । 

सन् २०१८ मा प्रेस स्वतन्त्रता हननका घटनाहरु निम्न रहेका छन् । 
क्र.स                        घटना प्रकृति                     घटना संख्या 
१                         पत्रकार आक्रमण                         १५
२                                 धम्की                                १३
३                               दुव्र्यवहार                             १२
४                           पत्रकार पक्राउ                            ६
५                 समाचार संकलनमा अवरोध                   ६
६                        नितिगत बन्देज                           १
७          सञ्चार संस्था तथा पत्रपत्रिका कब्जा              ४
८                        पत्रकार वेपत्ता                             १
कुल घटना    ५८
स्रोत : नेपाल पत्रकार महासंघ , सञ्चार अनुगमन ईकाइ 

रेमबहादुर विश्वकर्मा 
सचिव तथा प्रेस स्वतन्त्रता अनुगमन समिति


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
१५ दिनमै पारिश्रमिक दिने कार्य शुरु
Artha-mantralaya-finance-1777512357.jpg

१७ बैशाख, हेटौंडा । सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य शुरु गरेको छ । बुधबारदेखि १५ दिनमै...

कांग्रेस रामेछाप सभापति कान्छाराम निलम्बित
purna-b-tamang-1777512052.jpg

१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई अनुशासन...

देशभर साधारणता बादल लाग्ने
Screenshot_20250526_06180-1777511491.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको...

उच्च अदालतको न्यायाधीशमा थपलिया नियुक्त
jitendra-thapaliya-1777424526.jpg

१६ बैशाख, हेटौंडा । उच्च अदालतको न्यायाधीशमा जितेन्द्र बाबु थपलिया नियुक्त भएका छन् । न्याय परिषदका प्रवक्ता...

बाम एकताको लागि आह्वान
nekapa-1-1777424349.png

१६ बैशाख, हेटौंडा । नेपाली कम्युनिष्ट पार्टीले बाम एकताको लागि आह्वान गरेको छ। पार्टी मुख्यालय पेरिसडाँडामा...

रोल्पाका मगरको शिक्षाका लागि शिवमको सहयोग
Screenshot_20260429_06373-1777423977.jpg

१६ बैशाख, हेटौंडा । शिवम् सिमेन्ट्स लिमिटेडले रोल्पाका १२ वर्षीय बालक सन्देश बुढा मगरको शिक्षाका लागि...

बिपी राजमार्गमा सवारी आवागमन बन्द
1761822539-5KssF-1777423200.jpg

१६ बैशाख, हेटौंडा । वर्षाका कारण बिपी राजमार्गमा सवारी आवागमन बन्द गरिएको छ । काभ्रे जिल्लाका विभिन्न स्थानमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1777422895.jpg

१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...

सुनको मूल्य घट्यो
gold-silver-600X300-(1)-1777363227.png

१५ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन तोलामा तीन हजार रुपैयाँ घटेको हो । आज छापावाल...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg