Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

विचार

सन् २०१८ मा नेपाली प्रेस स्वतन्त्रताको अवस्था 

Press-1546260793.jpg

Google Photo

सन् २०१८ पनि नेपाल प्रेस जगतका लागि चुनौतिपूर्ण वर्ष रहेको छ । नेपाल पत्रकार महासंघको सञ्चार अनुगमन ईकाइका अनुसार यो वर्ष ५८ वटा प्रेस स्वतन्त्रता हनन्का घटनाहरु भएका छन्  । सन् २०१७ मा प्रेस स्वतन्त्रता हननका ७३ वटा घटनाहरु अभिलेख भएका थिए । तुलनात्मक रुपमा यो बर्ष प्रेस स्वतन्त्रता हननका घटनाहरुमा कमि आएको भएतापनि कानुनी रुपमा यो बर्ष चुनौतिपूर्ण बन्यो । 
यसै वर्ष भदौ १ गतेदेखि लागू गरिएको मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी केही प्रावधानले गर्दा यो वर्ष नेपाली प्रेस जगतका लागि चुनौतीपूर्ण बनेको हो । महासंघले मुलुकी फौजदारी र देवानी संहितामा भएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी प्रावधान सच्चाउनका लागि विभिन्न दबाबमूलक अभियान नै सञ्चालन गरेको थियो ।
सन् २०१८ मा १५ जना पत्रकारमाथि आक्रमण भएको छ भने १३ जना पत्रकारलाई धम्की दिइएको छ । महासंघको अनुगन इकाइमा अभिलेख भएअनुसार समाचारको विषयलाई लिएर पत्रकारमाथि आक्रमण र धम्की दिने काम भएको थियो । यस्तै यो अवधिमा १२ जना पत्रकारलाई समाचार संकलनका क्रममा वा समाचार छापेको निहुँमा दुव्र्यवहार गरियो भने पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध पु¥याइएका ६ वटा घटना रहेका छन्  ।
पत्रकारको संस्था तथा पत्रपत्रिका कब्जा गरिएका ४ वटा घटना अभिलेख भएका छन् भने नीतिगत बन्देजको एउटा घटना रहेको छ । त्यसैगरि एक जना पत्रकार वेपत्ता भएका छन् । नेपाल पत्रकार महासंघ डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बुढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का २०७५ भाद्र १० गते करिव १४ हजार फिट उचाइमा रहेको बाजुरास्थित बुढीनन्दा तिर्थस्थलबाट फर्किने क्रममा सम्पर्कविहीन भएका हुन ।
त्यसैगरी यो अवधिमा ६ जना पत्रकार पक्राउ परेका छन् । अनुगमन इकाका अनुसार पक्राउ परेकामध्ये राजु बस्नेत, एन्जीला सापकोटा, गोपाल चन्द्र लगायतका पत्रकारलाई प्रहरीले समाचार लेखेकै आधारमा पक्राउ गरी आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई विद्यृतीय कारोबार ऐन, २०६३ अन्र्तगत मुद्दा चलाएको थियो । प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा चित्त नबुझे उजुरी गर्ने संस्था प्रेस काउन्सिल रहेको छ । 
राष्ट्रपतिको कार्यालयमा हुने कार्यक्रम, विभिन्न भिइआइपिको आगमनका क्रममा तथा संसदिय समितिहरुको बैठकमा पत्रकारलाई समाचार संकलनमा बञ्चित गरिने काम भएको छ भने  जनप्रतिनिधिहरुबाट पनि पत्रकारलाई दुव्र्यवहार, धम्की र आक्रमण समेत भएको अभिलेख छ ।
नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी यी सबैखाले घटनाको कडा भत्र्सना गर्दै संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति दिलाउन सरकारसंग माग गर्दछ । 

सन् २०१८ मा प्रेस स्वतन्त्रता हननका घटनाहरु निम्न रहेका छन् । 
क्र.स                        घटना प्रकृति                     घटना संख्या 
१                         पत्रकार आक्रमण                         १५
२                                 धम्की                                १३
३                               दुव्र्यवहार                             १२
४                           पत्रकार पक्राउ                            ६
५                 समाचार संकलनमा अवरोध                   ६
६                        नितिगत बन्देज                           १
७          सञ्चार संस्था तथा पत्रपत्रिका कब्जा              ४
८                        पत्रकार वेपत्ता                             १
कुल घटना    ५८
स्रोत : नेपाल पत्रकार महासंघ , सञ्चार अनुगमन ईकाइ 

रेमबहादुर विश्वकर्मा 
सचिव तथा प्रेस स्वतन्त्रता अनुगमन समिति


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
बामदेव गौतमको अभियान एकीकृत समाजवादीबीच एकता हुने
madhav-bamdev-1752217175.jpg

२७ असार, हेटौंडा ।  बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1752216525.png

२७ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । ८ दिनपछि तोकिएको मूल्य अनुसार सुनको मूल्य घटेको हो...

मकवानपुरको इन्द्रसरोवरमा सुख्खा पहिरो खस्दा एक व्यक्ति गम्भीर घाइते
20200720_073325-165572170-1752205264.jpg

२७ असार, हेटौंडा। मकवानपुरमा सुख्खा खस्दा एकजना गम्भीर घाइते भएका छन्।  शुक्रबार बिहान मकवानपुरको...

राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै
1704418546_national-sava-1752200122.jpg

२७ असार, हेटौंडा । राष्ट्रियसभा बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्न लागेको हो । बैठकमा सांसदहरू...

मेघगर्जनसहित वर्षाको सम्भावना
rain_PiLaQvymrm-1752199611.jpg

२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

मकवानपुरको थाहानगरमा सडेगलेको शव भेटियो
For-representation-only-1752153356.jpg

२६ असार, हेटौंडा। मकवानपुरकाे थाहा नगरपालिकामा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ। थाहानगर  ४ ...

माओवादी केन्द्रीय पदाधिकारी बैठक बस्दै
Moist-1752131877.jpg

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...

रसुवामा भएको क्षतिको विवरण संकलन गर्न समिति
Baadi-Rasuwa-1752131247.png

२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...

आज गुरु पूर्णिमा पर्व मनाइँदै
1593877813-1752111748.jpg

२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...

थप समाचार