Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राक्सिराङ गाउँपालिका

अफिसर्स क्लब राक्सिराङ्गमा,चेपाङलाई न्यानो कपडा सहयोग

Asman-1546876635.JPG

चेपाङलाई न्यानो कपडा सहयोग गर्दै मकवानपुरका प्रजिअ तामाङ्

२३ पुस,हेटौँडा। जिल्लाको विकट राक्सिराङ्ग गाउँपालिकाको दामराङमा रहेका २ सय २ चेपाङ समुदायलाई न्यानो कपडा वितरण गरिएको छ । अफिसर्स क्लब मकवानपुरको अगुवाईमा आइतबार एक कार्यक्रमको आयोजना गरी ब्ल्याङ्केट वितरण गरिएको हो ।

 अफिसर्स क्लब मकवानपुरका अध्यक्ष नेपाल भुषण वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्य सन्तबहादुर प्रजा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, सशस्त्र प्रहरी गण हेटौँडाका प्रहरी नावय उपरीक्षक अमर खत्री, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, नेपाल चेपाङ संघका अध्यक्ष खेम चेपाङ, राक्सिराङ गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कुलबहादुर चेपाङले संयुक्त  रुपमा ब्ल्याङ्केट वितरण गरेका थिए ।  
कार्यक्रममा बोल्दै प्रदेश नम्बर ३ प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले चेपाङ समुदायका बारेमा रहेको भ्रम चिर्नु आवश्यक भएको भन्दै चेपाङ समुदाय अझै पछाडि परेकोले राज्यले विशेष कार्यक्रम दिएर उनीहरुको समस्याको संवोधन गर्नुपर्ने बताए । 
मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सिमान्तकृत समुदायलाई जाडोमा  न्यानो कपडा वितरण गर्न पाउँदा आफु हर्षत भएको बताए ।त्यसैगरी अफिसर्स क्लब मकवानपुरका अध्यक्ष बैद्यले अफिसर्स क्लब, उद्योग संघ मकवानपुर, युनिक कन्ष्ट्रक्शन कम्पनीलगायतको सहयोगमा २०२ परिवारलाई दुईलाख दुईहजार मूल्यको ब्ल्याङ्केट वितरण गरिएको जानकारी दिए  ।
जाडोमा न्यानो कपडा पाएपछि घण्टौ पैदल हिडेर न्यानो कपडा लिन आएका विपन्न चेपाङ तथा तामाङहरुले खुशी ब्यक्त गरेका थिए ।  

Asman1-1546876635.JPG

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुदुरपश्चिमका नवनियुक्त मुख्यमन्त्री सोडारीद्वारा पदभार ग्रहण
sodari-sudurpaschim-1713490662.jpg

७ बैशाख, हेटौंडा । सुदुरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घ सोडारीले...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपालले यूएईसंग खेल्दै
20240417_073705-1713489940.jpg

७ बैशाख, हेटौंडा । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले शुक्रबार...

बागमतीको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713489354.jpg

७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत...

मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

थप समाचार