२५ पुस, हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ बरभञ्ज्याङमा ३ दिने ‘स्वस्ती शान्ति महायज्ञ पुजा तथा (छेवाङ) दिर्घायु अभिषेक कार्यक्रम बुधबारबाट सुरु भएको छ ।
बरभञ्ज्याङमा अवस्थित टासी देछेन छ्योईलिङ गुम्बा प्राङ्गणमा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता सांसद ईन्द्रबहादुर बानियाँले छेवाङको उद्घाटन गरेका हुन् । छेवाङ पुजा उद्घाटनकै अवसरमा गुम्बाको नयाँ भवनको शिलान्यास गरिनुका साथै बरभञ्ज्याङदेखि ऐतिहासिक मकवानपुरगढी दरबारसम्म पुग्ने बाटोमा त्रिरत्न मुर्ति र शिवगणेश मुर्तिको समेत शिलान्यास गरिएको प्रचारप्रसार संयोजक राज स्याङ्तानले जानकारी दिए ।
प्रमुख अतिथि, विशेष अतिथि र लामा गुरुहरुबाट गुम्बासहित ४ भिन्न–भिन्न स्थानमा गुरु त्रिरत्न मुर्ति (रिम्पोर्छे, आर्य अवता लोकेश्वर्य, अमिता बुद्ध) र शिव गणेशको मुर्तिको पनि शिलान्यास गरिएको हो । बरभञ्ज्याङदेखि मकवानपुरगढी दरबारसम्म पुग्ने बाटो आसपासका क्षेत्रलाई पर्यटकीय स्थल बनाउने उदेश्यसहित मुर्तिको शिलान्यास गरिएको मुल समारोह समिति संयोजक पाल्साङ बज्र लामा तामाङले जानकारी दिए । आउँदो १० वर्षभित्रमा ती मुर्तिहरु स्थापना गरिसक्ने लक्ष्य राखिएको छ । कार्यक्रममा बोल्दै उनले मूर्ति स्थापना र सडक निर्माणमा आफुले पहल गर्ने बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सांसद बानियाँले प्रतिमाहरु स्थापना तथा सो बाटोको स्तरिकरणको लागि आगामी वर्ष बजेटको समेत विनियोजन गर्न आफु तयार रहेको बताए ।
कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडाअध्यक्ष बखान सिंह पाख्रिनले उक्त क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउनका लागि आफु सक्दो लागिपर्ने बताए । मकवानपुरगढी सहितको क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने वडाको योजना रहेको बताउँदै उनले सबै स्थानियलाई एकजुट भएर अघि बढ्न समेत आग्रह गरे ।
पुस २७ गतेसम्म चल्ने छेवाङ पुजामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछे सहितका गुरुहरुले श्वस्ति शान्ति पुजा र छेवाङ अभिषेक गर्ने कार्यक्रम रहेको छ । पुस २६ गते बिहीबार महायज्ञ र अन्तरभाव (भार्दो) सम्बन्धी विषयमा धर्मगुरुहरुबाट प्रवचन हुनेछ भने प्रदेश नम्बर ३ का उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यता रहनेछ । त्यस्तै २७ गते अन्तिम दिन मकवानपुरगढी गाउँपालिका अध्यक्ष बिदुर हुमागाईको प्रमुख आतिथ्यतामा परम पुजनीय धर्म गुरु क्याब्जे डुपबोन लामा श्येराव तेन्दर रिम्पोछेद्वारा छेवाङ दिर्घायु अभिषेक कार्यक्रम हुने बताइएको छ ।
संयोजक पाल्साङ बज्र लामा तामाङको अध्यक्षता तथा सांसद बानियाँको प्रमुख आतिथ्यतामा भएको समुद्घाटन कार्यक्रममा वडाअध्यक्ष पाख्रिनसहित अर्जुन दाहाल, शेरमान तामाङ, शिवप्रसाद न्यौपाने, टोल विकास संयोजक हर्षबहादुर स्याङ्तान, शिवप्रसाद पुडासैनी, सुदारजित गोले, मीना लामा, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, रेडियो ताम्सालिङका दिलबहादुर लामा, युवा अभियान्ता सुवाश लामा लगायतको आतिथ्यता रहेको थियो ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...


















