Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विचार

रुवाण्डाको बिकास मोडलबाट केही सिकौं

Rwanda-1550297535.jpg

डा. विष्णु राज उप्रेती
द्वन्द्वोत्तर रुवाण्डाको आर्थिक, सामाजिक बिकास र राजनीतिक प्रकृया अध्ययनको सिलसिलामा चौथो पटक जनवरीमा त्यहाँका बिभिन्न प्रान्त र जिल्ला भ्रमण गर्ने अवसर मिल्यो। रुवाण्डामा सन् १९९४ को अप्रिल देखि जुलाई बीचको सय दिनमा लगभग ८० लाख जनसंख्या मध्य ८ लाख जति मारिएको थियो। यो घटना ‘रुवाण्डा आम नरसंहार’ का नामले बिश्वभर चर्चित छ। नरसंहारमा मारिने मध्य ७२ प्रतिशत अल्पसंख्यक टुसी जातिका थिए भने मार्ने बहुसंख्यक हुतु जातिका। ६ अप्रिल १९९४ मा बुरुण्डीको राष्ट्रपति सहित रुवाण्डाका हुतु राष्ट्रपति जुभेनाल हावायरमाना चढेको बिमानमा अपरिचत ब्यक्तिले गोली हानी खसाल्दा उनीहरु मारिए। अनि हुतु अतिबादीहरुले तुसी बिद्रोहीहरुले बिमान खसालेको भनि तुसी समुदायका सबैलाई खोजी खोजी हत्या गर्न थाले। त्यतिबेला रुवाण्डामा ८५ प्रतिशत हुतु, १४ प्रतिशत तुसी र १ प्रतिशत तावा जाती थिए । रुवाण्डा द्वन्द्वको पृष्ठभूमि सन् १८८९ मा जर्मनले त्यहींको राजालाई उपयोग गरी आफ्नो उपनिबेश संचालन गर्न थालेदेखि शुरु हुन्छ। उपनिबेशबादीहरु अल्पसंख्यक तुसी जाति ९जो सामाजिक रुपमा टाठा–बाठा थिए० लाई मनपराउँथे र उनीहरुले हुतु बिरुद्ध तुसी प्रयोग गरी शासन गरीरहे। तर पहिलो बिश्वयुद्ध पछि रुवाण्डा जर्मनबाट बेल्जियमको नियन्त्रणमा गयो। त्यसपछि उसले प्रत्यक्ष औपनिबेशिक शासन चलाउन थाल्यो। बेल्जियमले पनि तुसीलाई नजिक र हुतु प्रति बिभेदको रणनीति कायमै राख्यो। अझ सन् १९३५ मा हुतु, तुसी र तावा जातीमा बिभाजन गर्ने गरी परिचय पत्र बाँडेपछि जातिय बिभाजन जटिल बन्दै गयो। 
दोश्रो बिश्व युद्धको अन्त्यपछि बहुसंख्यक हुतु जातिका टाठा–बाठाले संगठित भई औपनिबेशिक शासकहरुको र उनीहरुबाट संरक्षित तुसीहरुको बिरोध गर्न थाले। सन् १९५७ मा ‘वाहुतु घोषणा पत्र’ लेखि अल्पसंख्यक तुसीबाट शक्ति आफ्नो हातमा लिन संघर्ष गर्न थाले। तुसीले यसको बिरोध गर्न थालेपछि दुई जाति बीच तनाब शुरु भयो। बिस्तारै हुतुले बिरोध चर्काउदै लगे पछि सन् १९६२ मा बेल्जियम उपनिबेश अन्त्य गर्न बाध्य भयो र रुवाण्डा स्वतन्त्र भयो। हुतुको शासन स्थापना भएपछि तुसी प्रति आक्रामक भएको कारण तुसीहरु बुरुण्डी, युगाण्डा, तान्जानिया र कङ्गोमा निर्वासित भए। त्यसपछि उनीहरु बिदेशमै ९खासगरी युगाण्डामा० संगठित भई रुवाण्डान पेट्रियोटिक फ्रन्ट नामक संगठन खडा गरी सशस्त्र संघर्ष गर्न थाले तर तुरुन्त उनीहरु सफल हुन सकेनन्। परिणाम रुवाण्डा भित्र हुतुले तुसी जातीलाई थप दबाउन थाले। त्यसैले तीन लाख भन्दा बढि तुसी निर्वासनमा गई संगठित भएर लगातार हुतु बिरुद्ध संघर्ष गर्दै रहे। 
यता बहुसंख्यक हुतुको शासनमा शक्ति संघर्ष चर्कदै गई सन् १९७३ को कु मार्फत जुभेनाल हावायरमाना राष्ट्रपति बनी ६ अप्रिल १९९४ मा हवाई आक्रमणमा मारिने समयसम्म उनले रुवाण्डामा शासन गरे। स्वदेशमै रहेका तुसीहरु माथि हुतु शासकले घृणाले कक्रोच ९साङ्गले० भन्दै दबाए। ६ अप्रिलमा दुबै राष्ट्रपति चढेको प्लेनमा कसले गोली हान्यो एकिन त हुन सकेन तर राष्ट्रपतिका बिशेष सुरक्षादस्ता ९जो त्यहाँका उच्च बर्गका र तुसी असहिश्णु थिए० ले तुसी लडाकुले आक्रमण गरेको आरोप लगाई रुवाण्डामा रहेका बिपक्षी तुसी नेताहरु, आम तुसी जनता र हुतु र तुसी मिलेर बस्नु पर्छ  भन्ने मध्यमार्गी हुतु समेतको आम नरसंहार शुरु गरे। उनीहरुले देशैभर तुसी र मध्यमार्गी हुतु माथि खोजीखोजी आक्रमण गर्न राज्यका सुरक्षादस्ता, हुतु राजनीतिज्ञ र हिंश्रक युवा परिचालन गरेका थिए। 
नरसंहारका लागि राज्यका सुरक्षादस्ता, अनौपचारिक मिलिसिया र उग्र युवा गरी तीन लाख ब्यक्ति परिचालन गरी रेडियोबाट आक्रमण गर्ने निर्देशन दिई संहार गरे। दश जना युएन सिपाही मारिएको निहुँमा युएनले शान्ति सेना फिर्ता गरेपछि राज्यशक्ति नै लागि तुसी नागरिकको कत्लेआम गर्‍यो। 
यसै अवस्थामा युगाण्डामा रहेर सशस्त्र संघर्ष गरिरहेको रुवाण्डान पेट्रियोटिक फ्रन्टले ९आरपिएफ० रुवाण्डा कब्जा ग¥यो। आरपिएफले राज्य कब्जा गरेपछि बीस लाख हुतु ९बढि चाहिं आम नरसंहारमा प्रत्यक्ष संलग्नहरु थिए० देश छोडी खास गरी कंगो भागे। यता बिद्रोही आरपिएफले पास्टयूर विजिमुंगु राष्ट्रपति र पाउल कागामे उपराष्ट्रपति बनाई हुतु सहितको अन्तरिम सरकार खडा गर्‍यो। तर राष्ट्रपतिले जातिय तटस्थता कायम गर्न नसकेको भन्दै सन् २००० अप्रिलमा पाउल कागामे राष्ट्रपति बने।
पाउल कागामेको उदय 
पहिलो चोटी सन् २००० मा अन्तरिम र सन् २००३, सन् २०१० र सन् २०१७ मा निर्वाचित भई हालसम्म चौथो पटक राष्ट्रपति पदमा कार्यरत कागामे केही पश्चिमा शक्तिको दृष्टिमा डिक्टेटर तर आम रुवाण्डालीको दृष्टिमा राष्ट्र निर्माणमा प्रतिबद्ध, निस्कलंक र जनताको हित गर्ने कडा शासकका रुपमा चिनिंदा रहेछन्। पहिलो चोटी निर्वाचित राष्ट्रपति बनेपछि उनले सन् २०२० सम्ममा ‘ज्ञानमा आधारित मध्यम आय भएको देश’ बनाउने दृष्टिकोण सहित ‘भिजन २०२०’ ल्याए जसमा निम्न ६ वटा लक्ष्य निर्धारण गरिएको थियो। पहिलो सुशासन, दोस्रो प्रभावकारी राज्य, तेस्रो शिक्षा, स्वास्थ्य र सुचना– प्रबिधि केन्द्रित सीपमूलक जनशक्ति बिकास, चौंथो प्रभावकारी उदियमान निजि क्षेत्र, पाँचौं विश्वस्तरिय भौतिक संरचना र अन्तिम आधुनिक कृषि तथा पशु बिकास ।

यि उद्देश्य तय गर्न उनले राष्ट्रिय परामर्श, स्वदेशी तथा बिदेशी बिज्ञको सुझाब तथा आफ्नो अठोटबाट राष्ट्रिय प्राथमिकता निर्धारण गरे। राज्यको लगानीका साथै अन्तर्राष्ट्रिय बिकास साझेदार, गैह्र सरकारी संस्था, निजि क्षेत्रको लगानी सबै ६ वटै क्षेत्रमा केन्द्रित गरी कडाईका साथ कार्यान्वयन गरे। 
राष्ट्रपतिले सन् २००६ मै रुवाण्डा बिकास बोर्ड गठन गरेपछि बिदेशी लगानी भित्राउन सजिलो भयो र भिजन २०२० को लक्ष्य हासिल गर्न सहज भयो। सरकारले नीतिगत र कानूनी सुधार मार्फत लगानी मैत्री वातावरण बनाएपछि बैदेशिक प्रत्यक्ष लगानी ह्वात्तै बढ्यो र माउरिसस, अमेरिका, केन्या, चीन लगायतका लगानीकर्ताले नबिकरणीय ऊर्जा, भौतिक पूर्वाधार, कृषि, खानी, पर्यटन र सुचना तथा संचार क्षेत्रमा ठूलो लगानी गरे। हामै्र नेपाली लगानिकर्ता बिनोद चौधरीले समेत पाँचतारे होटलमा लगानि गरेका थिए। 
अर्कोतर्फ राष्ट्रपति र सम्बन्धित मन्त्रालय, बिभाग र स्थानिय सरकारका संस्थाबीच सम्बन्धित तहगत ‘इमोहिगो’ भनिने बार्षिक कार्यसम्पन्नता प्रभावकारीता सम्झौताको थालनी गरी लक्ष्यगत कार्यप्रगती सुनिश्चित गरियो। जसले सम्झौतामा उल्लेख भएको लक्ष्य पूरा गर्दैन उसलाई कारबाही गर्ने प्राबधानका कारण देशैभर सबैले जिम्मेवारीपूर्बक काम गरे।
कार्य सम्पादन सम्झौतालाई राज्यले अनुगमन, योजना तर्जुमा, योजनाको प्रभावकारी कार्यान्वयन, सम्बन्धित ब्यक्ति ९मन्त्री देखि स्थानिय प्रतिनिधि र कर्मचारीसम्म० को कार्य सम्पादन मूल्याङ्कनको माध्यम बनाएकाले रुवाण्डाको द्वन्द्वोत्तर आर्थिक, बिकास, राजनीतिक स्थिरता र सामाजिक सद्भावको आधार सुदृढ बन्यो भने भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा धेरै प्रभावकारिता भयो।
अमेरिका सरकारको सन् २०१७ को इन्भेष्टमेन्ट क्लाईमेट स्टेटमेन्ट र ट्रान्सपरेन्सी ईन्टरनेशनलको सन् २०१६ को प्रतिवेदन अनुसार रुवाण्डालाई अफ्रिकी महादेशको सबै भन्दा कम भ्रष्टाचार हुने मुलुक भनिएको थियो। राष्ट्रपति भ्रष्टाचार बिरुद्ध कडाईका साथ उभिएको र स्वयं निस्कलंक भएका कारण रुवाण्डामा भ्रष्टाचार कम भएको देखिन्छ।
ग्लोबल ल एन्ट अर्डर प्रतिबेदन २०१८ अनुसार अफ्रिकी महादेशमै शान्ति सुरक्षामा रुवाण्डा इजिप्ट पछि दोश्रो सुरक्षित देशमा पर्दछ। यसमा राज्यप्रति नागरिकको जिम्मेवारी र डर दुबैले काम गरेको रहेछ। बाटोमा बाक्लै देखिने सुरक्षाकर्मीबाट नागरिक गल्ती गर्न डराउँछन्। गल्ती गर्नासाथ प्रहरीले कारबाही गरिहाल्ने कारण कानूनको शासन प्रभावकारी भएको रहेछ।
वातावरण संरक्षणको सवालमा नीतिगत, कानूनी प्राबधान र कार्यान्वयनमा पनि रुवाण्डा निकै अगाडी देखियो। किगाली शहरको सफाई पश्चिम युरोपका आधुनिक शहरभन्दा कम देखिदैन। प्रत्येक महिनाको अन्तिम शुक्रबार बिहान ७ः३० देखि ११ः३० सम्म राष्ट्रपति, सरकारका मन्त्रीहरु लगायत नागरिक समेत भेला भई शहर सफा गर्ने वा कुनै सामुदायिक काम गर्ने अभ्यास संस्थागत भएको रहेछ।
लैंगिक समानतामा त रुवाण्डा संसारमै अगाडी देखिन्छ। रुवाण्डाले मिनिस्ट्री फर जेन्डर एण्ड फेमिली प्रोटेक्सन खडा गरी लैंगिक अनुगमन, लैंगिक उत्तरदायि बजेट जस्ता प्राबधान सहित काम गरेको छ। अहिले संसदमा महिलाको ६७।५ प्रतिशत उपस्थित छ जुन संसारमै नम्बर एक हो।
यसरी २५ बर्ष अगाडी मात्र देशको १० प्रतिशतभन्दा बढी जनता आम नरसंहारमा मारिएको देशमा कानून कडाईसाथ कार्यान्वयन, वातावरणीय संरक्षण, जवाफदेहिता र पारदर्शिताको अभ्यास, बाहिरी प्रत्यक्ष लगानीमा बृद्धि, प्रभावकारी सार्वजनिक ब्यवस्थापन, जनसहभागिताको सुनिश्चितता, पर्यटन, भौतिक पूर्वाधार र कृषि क्षेत्रको बिकास गरी ‘अफ्रिकाको सिंङ्गापुर’ भनिने पहिचान बनाएको पाइयो। यसको एक मात्र कारण हो राजनीतिक नेतृत्व। सशस्त्र द्वन्द्वबाट आएको र अल्पसंख्यक तुसी समुदायका रुवाण्डाका राष्ट्रपति पाउल कागामेले जातिय बिद्धोषमा शून्य सहनशिलता, द्वन्द्वोत्तर एकता र मेलमिलाप, आर्थिक, सामाजिक बिकास र सुशासनमा जोड दिएको कारण नै रुवाण्डा यो अवस्थामा आएको देखिन्छ।
रुवाण्डाबाट के सिक्ने ? 
क) नेतृत्वको दुर दृष्टि, प्रतिबद्धता, पारदर्शिता र अठोट भयो भने देशको कठिन परिस्थिति र गरिबी, समाजिक र जातिय बिभाजन र निजि स्वार्थ केन्द्रित जटिलतालाई चिर्दै देशको समग्र प्रगति गर्न सम्भव हुने रहेछ।
ख) नेतृत्व सहि र दृढ हुने हो भने बाहिरी शक्तिका स्वार्थगत शर्तहरु बिस्तारै कमजोर हुँदै जाने र उनीहरुले अन्त्यमा देशका नीति अनुरुप काम गर्ने रहेछन्। देशको आकार सानो र आर्थिक रुपमा कमजोर भए पनि नेतृत्व सबल हुँदा बाहिरी शक्तिले हेप्न नसक्ने र उच्च बिकास पनि सम्भब हुने रहेछ।
ग) द्वन्द्व श्रृजित जटिलता सम्बोधनका लागि गरिने एकता र मेलमिलाप आफ्नै मौलिक ढाँचाबाट पनि गर्न सकिने रहेछ र यहाँको समुदायमा खडा भएका अदालतले मेलमिलाप विवाद छिनोफानो गर्ने ढाँचा अन्य देशमा अभ्यास गरेका भन्दा छिटो र प्रभावकारी पनि छ। त्यसैले प्रतिबद्धता हुने हो भने बाहिरी शक्तिले भने अनुसार हैन जनचाहना अनुसार एकता र मेलमिलाप सुनिश्चित गर्न सकिने रहेछ।
घ) नेतृत्वले सहि काम गर्दै जांदा आलोचकहरु नै प्रशंसक पनि बन्दा रहेछन्। केहि बिकसित देशका शासक र खासगरी मानव अधिकारको क्षेत्रका केहिले रुवाण्डाका राष्ट्रपतिलाई सैनिक पृष्ठभूमिबाट आएको प्रजातन्त्र बिरोधी डिक्टेटर भन्छन भने आम जनता र उनका प्रशंसक उनीप्रति धेरै सकारात्मक रहेछन्। यस्ता सकारात्मक दृष्टीकोण राख्ने बेलायती पूर्ब प्रधानमन्त्री टोनी ब्लेयर पनि रहेछन्। उनले पाउल कागामेलाई ‘भिजिनरी लिडर’ भनेका रहेछन् भने अर्का प्रशंसक अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन रहेछन् जसले रुवाण्डाका राष्ट्रपतिलाई ‘वान अफ द ग्रेटेस्ट लिडरस् अफ आवर टाईम’  भनेर प्रशंसा गरेका रहेछन्।
समग्रमा, रुवाण्डाले गरेको आर्थिक बिकासको ढाँचा, रणनीति र कार्यान्वयनका तरिकाको सिकाई नेपालको आर्थिक बिकासका लागि पनि निकै उपयोगी हुन सक्छ। त्यसैले नेपाल सरकारले आफ्ना बिकाससँग सम्बन्धित कर्मचारीलाई विदेश भ्रमण पठाउँदा युरोप र अमेरिका होइन, रुवाण्डा पठाए त्यहाँबाट बढी सिक्न सकिन्छ। रुवाण्डाको बिकास मोडलबाट हामी पनि केही त सिकौं।
साभार : नागरिक न्यूज


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार