Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

खैराङमा पहिलो पटक मोटर पुगेपछि खुशीयाली

sadak-1550933501.jpg

११ फागुन, हेटौँडा । मकवानपुरको खैराङमा पहिलो पटक मोटर पुगेपछि स्थानीयले खुशीयाली मनाएका छन् ।
राक्सिराङ गाउँपालिका ९ स्थित डन्टार–काङ्सिराङ–लोजा–झिरुवास सडक खण्डको काङ्सिराङसम्म सडक निर्माण भएपछि पहिलो पटक मोटर गाउँ पुगेको हो । गाउँपालिकाको वडा नम्बर ९ स्थित डन्टारबाट काङ्सिराङसम्म मोटर बाटो पु¥याइएको छ ।
सडकको उद्घाटन गर्दै प्रदेश सभा सदस्य सन्तबहादुर प्रजाले सडकले स्थानीय बासिन्दाको जीवन परिवर्तनमा सहयोग पुग्ने बताए । राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मोटरबाटो खुलेसँगै स्थानीय बालबालिकालाई पढ्न जान–आउन र स्थानीय कृषि तथा पशुजन्य उत्पादन बजार पु¥याउन सहज हुने बताए । अध्यक्ष मल्लले आगामी आर्थिक वर्षमा काङ्सिराङबाट लोजा हुँदै धादिङ जिल्लाको सिमाना पर्ने झिरुवास गाउँसँग जोड्ने गाउँपालिकाको योजना रहेको जानकारी दिए ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष निर्मला हिम्डुङ्ग, ७ नम्बर वडाका अध्यक्ष रामकुमार थिङ, ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण प्रजाले गाउँमा मोटर बाटो पुगेसँगै कृषि तथा पशुजन्य उत्पादनमा जोड दिए ।
सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, नेपाल चेपाङ संघ मकवानपुरका अध्यक्ष खेम चेपाङलगायतको उपस्थिति रहेको थियो । 
राक्सिराङ गाउँपालिका र स्थानीय उपभोक्ताको जनश्रमदान गरी ६० लाख रुपियाँको लागतमा सडक निर्माण गरिएको हो । आगामी आर्थिक वर्ष काङ्सिराङबाट लोजा हुँदै धादिङ जिल्लाको सिमाना पर्ने भिरुवास गाउँसँग जोड्ने गाउँपालिकाको योजना रहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार