फाइल तस्विर
१६ माघ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीको सरुवासंगै हेटौँडा सडक विस्तारको काम रोकिने चर्चा चल्न थालेको छ ।
सडक विस्तार थालकै कारण सरुवा भएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रशासकको सरुवासँगै सडक विस्तारको काम रोकिने दावि गरिरहेका छन् । सामाजिक सञ्जालमा सक्रिय २५ मिटर क्षेत्रमा घर संरचना रहेका घरधनी र व्यवसायीले सरुवा भएसँगै खुशी व्यक्त गर्दै अब सडक विस्तार रोकिने पनि दावि गरिरहेका छन् । केहीले सडक विस्तारकै कारण सरुवा हुनु दुःखद भन्दै राजनीतिक हस्तक्षेपको विरोध गरेका छन् । उनीहरुले सडक विस्तारको काम जारी राख्नुपर्ने माग समेत गरिरहेका छन् ।
तर सडक विस्तारकै कारण केसीको सरुवा भएको हैन । प्रशासक केसीको यो नियमित सरुवा हो । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले केसीसहित ४ सचिव र १९ सहसचिवको सरुवा गरेको छ । मन्त्रीपरिषद बैठकले उनको बदलीमा शम्भु कोइरालालाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासक बनाएको छ । मन्त्रीपरिषदले केसीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरे झैं पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराललाई सूचना आयोगमा सरुवा गरेको छ ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कमल शाली घिमिरेलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कानून मन्त्रालय सचिव राजीव गौतमलाई मन्त्रीपरिषद कार्यालयमा सरुवा गरेको छ ।
यो सरुवाले सडक विस्तारमा कुनै असर नपर्ने डिभिजन सडक कार्यालय स्रोतको दावि छ । सडक ऐन संशोधन भएमात्रै विस्तारको काम पूर्ण रुपमा रोकिने स्रोतको भनाई छ । पछिल्लो समय सडक दिएको १५ दिनको थप समय र केही अदालती सुनुवाई सकिएसँगै यो काम अघि बढ्ने जनाईएको छ । मकवानपुरका राजनैतिक दल र उद्योग बाणिज्य संघको दौडधुपका कारण सडक विस्तारको काम केही समय केही ओझेलमा परेसंगै व्यवसायीमा पनि सडक विस्तार रोकिएको भन्ने चर्चा चल्न थालेको व्यवसायीहरु बताउँछन् । उनीहरु नियमित झैं व्यापार गरिरहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघ पनि अहिले मनहरी महोत्सवको माहौलमा रमाईरहेको व्यवसायीहरुको बुझाई छ ।
केन्द्रीय तहमा कुनै सहमति जुटेर लिखित पत्रचार भए केही समय रोकिन सक्ने भएपनि यो दिर्घकालिन समाधान नहुने सडक कार्यालयमा काम गरेका एक पूर्व कर्मचारीले बताए । ‘अन्य जिल्लामा सडक विस्तारको काम भईरहने, मकवानपुरमा चाही रोकिने हुन्छ होला र?’–उनले भने । प्रशासकको सरुवाले काम गर्ने गति र शैलीमा फरक आएपनि सडक विस्तारको विषय नटुंगिने रहेछ भन्ने कुरा त बर्षौदेखि चर्चा रहेपनि अहिले भत्किएपछि हेटौँडाबासीले बुझ्नुपर्ने ति कर्मचारीको भनाई छ ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




