फाइल तस्विर
१६ माघ, हेटौँडा । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसीको सरुवासंगै हेटौँडा सडक विस्तारको काम रोकिने चर्चा चल्न थालेको छ ।
सडक विस्तार थालकै कारण सरुवा भएको भन्दै धेरैले सामाजिक सञ्जालमा प्रशासकको सरुवासँगै सडक विस्तारको काम रोकिने दावि गरिरहेका छन् । सामाजिक सञ्जालमा सक्रिय २५ मिटर क्षेत्रमा घर संरचना रहेका घरधनी र व्यवसायीले सरुवा भएसँगै खुशी व्यक्त गर्दै अब सडक विस्तार रोकिने पनि दावि गरिरहेका छन् । केहीले सडक विस्तारकै कारण सरुवा हुनु दुःखद भन्दै राजनीतिक हस्तक्षेपको विरोध गरेका छन् । उनीहरुले सडक विस्तारको काम जारी राख्नुपर्ने माग समेत गरिरहेका छन् ।
तर सडक विस्तारकै कारण केसीको सरुवा भएको हैन । प्रशासक केसीको यो नियमित सरुवा हो । शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले केसीसहित ४ सचिव र १९ सहसचिवको सरुवा गरेको छ । मन्त्रीपरिषद बैठकले उनको बदलीमा शम्भु कोइरालालाई सचिवमा बढुवा गरी मध्यमाञ्चल क्षेत्रीय प्रशासक बनाएको छ । मन्त्रीपरिषदले केसीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरे झैं पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराललाई सूचना आयोगमा सरुवा गरेको छ ।
त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव कमल शाली घिमिरेलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कानून मन्त्रालय सचिव राजीव गौतमलाई मन्त्रीपरिषद कार्यालयमा सरुवा गरेको छ ।
यो सरुवाले सडक विस्तारमा कुनै असर नपर्ने डिभिजन सडक कार्यालय स्रोतको दावि छ । सडक ऐन संशोधन भएमात्रै विस्तारको काम पूर्ण रुपमा रोकिने स्रोतको भनाई छ । पछिल्लो समय सडक दिएको १५ दिनको थप समय र केही अदालती सुनुवाई सकिएसँगै यो काम अघि बढ्ने जनाईएको छ । मकवानपुरका राजनैतिक दल र उद्योग बाणिज्य संघको दौडधुपका कारण सडक विस्तारको काम केही समय केही ओझेलमा परेसंगै व्यवसायीमा पनि सडक विस्तार रोकिएको भन्ने चर्चा चल्न थालेको व्यवसायीहरु बताउँछन् । उनीहरु नियमित झैं व्यापार गरिरहेका छन् । मकवानपुर उद्योग बाणिज्य संघ पनि अहिले मनहरी महोत्सवको माहौलमा रमाईरहेको व्यवसायीहरुको बुझाई छ ।
केन्द्रीय तहमा कुनै सहमति जुटेर लिखित पत्रचार भए केही समय रोकिन सक्ने भएपनि यो दिर्घकालिन समाधान नहुने सडक कार्यालयमा काम गरेका एक पूर्व कर्मचारीले बताए । ‘अन्य जिल्लामा सडक विस्तारको काम भईरहने, मकवानपुरमा चाही रोकिने हुन्छ होला र?’–उनले भने । प्रशासकको सरुवाले काम गर्ने गति र शैलीमा फरक आएपनि सडक विस्तारको विषय नटुंगिने रहेछ भन्ने कुरा त बर्षौदेखि चर्चा रहेपनि अहिले भत्किएपछि हेटौँडाबासीले बुझ्नुपर्ने ति कर्मचारीको भनाई छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















