- विजय पौडेल
विश्वभर संक्रमणको रुपमा रहेको कोरोना भाईरसका कारण हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । चीनको बुहान प्रान्तबाट शुरु भएको कोरोना भाईरसको संक्रमणले विश्वका २ सय १० वटा मुलुकहरुमा आफ्नो कब्जा जमाईसकेको छ । १ लाख १६ हजार भन्दा बढी मानिसहरुको मृत्यू भईरहँदा १८ लाख ७२ हजार मासिनहरु यसको जोखिममा रहेका छन् । शक्ति सम्पन्न राष्ट्रहरुलाई समेत प्रभावित पारेको यस महामारिले उग्र रुप धारण गर्ने पक्का छ । शक्ति सम्पन्न राष्ट्रहरु अमेरिका, चीन, इटाली, स्पेनलगायतका देशहरुमा भएका स्वास्थ्य क्षेत्रका पूर्वाधारहरुले समेत यस संक्रमणको लागि पर्याप्त काम गर्न सकेनन् । जसको फलस्वरुप विश्वनै यस रोगबाट आईपर्ने विपत्तिको सामना गर्न बाध्य भएका छन् ।
विकसित राष्ट्रहरुले सामना गर्न नसकेको यस प्रकोपको नेपालसहित अन्य विकासोन्मुख राष्ट्रहरुका लागि यो संक्रमण अभिषाप बन्दैछ । विकासको गतिमा बामे सर्दै गरेको हाम्रो देशको विकासको गतिलाई यस संक्रमणले ५ वर्ष पछाडि सार्ने पक्का छ । २०७२ सालमा गएको विनाशकारी महाभूकम्प र त्यसपछि छिमेकी राष्ट्र भारतले लगाएको नाकाबन्दीका कारण थलिएका नेपाली नागरिकहरुलाई कोरोना भाईरसका कारण ठुलै धक्का परेको छ । यसबाट अति सम्पन्न वर्ग देखी विपन्न वर्गसम्मलाई असर परेको छ । नेपाल सरकारले पनि आफ्नो देशका नागरिकहरुलाई यस रोगबाट बचाउनको लागि प्रयास भने गरेको छ । तर, नेपाल सरकारले गरेको प्रयास पर्याप्त भने छैन । २०१९ को अन्तिमबाट शुरु भएको यस रोगको संक्रमणले विश्वलाई नै आक्रान्त पार्दा नेपाल सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने निर्णय ग¥यो । सरकारले गरेको निर्णयलाई आम जनताले कतिसम्म सहयोग गरेका छन् भन्ने विषय पनि हामी सबैलाई सर्वविधितै छ ।
नेपालीहरुको संस्कार र संस्कृतिका कारण पनि लकडाउनको प्रभावले नेपालीहरुलाई खासै छोएन । सरकारले चैत १० गते लगडाउन गर्ने निर्णय गरेर ११ गतेदेखी निर्णय कार्यान्वयन गराउँदा यसबाट आम नागरिकमा जनतालाई परेको असरको सरकारले मुल्याङ्कन समेत गर्न सकेन । काम विशेषले एक ठाउँबाट अर्को ठाउँसम्म पुगेका मानिसहरुलाई आफ्नो गन्तव्य सम्म पुग्न की ११ गते रातभरी हिड्नुप¥यो कि जहाँ पुगेको छ त्यही बस्नुप¥यो । त्यो भन्दा अर्को विकल्प अर्को नभएपछी कतिपय मानिसहरु रातारात गरेर घर फर्किए भने कतिपय मानिसहरु आजसम्म पनि घर सम्म आईपुग्न सकेका छैनन् । ठूलाठूला औद्योगिक घरानाका उद्योगपतिहरुलाई भन्दा कोरोना संक्रमणले दैनिक ज्यालादारी गरेर आफ्नो परिवार पालिरहेका श्रमिकहरुलाई यसले असर पारेको छ । घर परिवार छाडेर दैनिक ज्यालादारीमा निस्केका श्रमिकहरु आफ्नो गन्तव्यसम्म पुग्नका लागि अन्य उपाय नभएपछि हिडेर घरसम्म पुग्न बाध्य भएका छन् । सरकारले दैनिक ज्यालादारी गर्न नपाएपछी हिडेरै गन्तव्यमा पुग्न खोज्ने श्रमिकहरुको पीडा भने बुझ्न सकेन । काम नभएपछि खानेकुराको समेत अभाव भएपछि घर हिडेका श्रमिकहरुलाई सरकारले घरसम्म पु¥याउने बातावरण मिलाउन सकेन । उल्टै प्रहरी प्रशासनको प्रयोग गरेर सडकमा हिडेर घर पुग्न खोज्ने श्रमिकहरुलाई पनि कुटपिट गर्ने काम समेत भईरहेको छ । पैदल नै गन्तव्यसम्म पुग्न चाहनेहरुका लागि सरकारले आजको दिनसम्म पनि कुनै कदम भने चालेको छैेन । तेश्रो चरणको लकडाउन गर्ने तयारीमा रहेको सरकार यसरी श्रमिक वर्गहरुको बेवास्ता गर्दा पैदल हिडेर गन्तव्यमा पुग्ने मजदुरहरु आफ्नो र अरुको स्वास्थ्यमा खतरा समेत बनेका छन् ।
सडकमा हिडेका नागरिकहरु पनि संघीयदेखि स्थानीय सरकारले आफ्नै नागरिकहरु हुन् भन्ने कहिले बुझ्ने ? देशका विभिन्न स्थानबाट हिडेर श्रमिकहरु कहिले आफ्नो गन्तव्यसम्म पुग्न हिडेकाहरु लखतरान परेर दुर्घटना हुने अवस्था एकातर्फ छ भने कोरोनाको जोखिममा छन् । उनीहरुबाट श्रमिकहरुलाई कसरी जोगाउने ? यस विषयमा सरकार गम्भिर नबन्ने हो भने भोलीको दिनमा देश विकासमा खटिने यी श्रमिक वर्गहरु के आधारले आफ्नो श्रम बेच्छन । विकास निर्माणको काममा सक्रिय रुपमा सहभागिता जनाउने श्रमिकहरुको सुरक्षाका लागि सबै तहको सरकार उदासिन छन् । सडकमा हिड्ने श्रमिकहरुलाई एक जिल्लाबाट अर्को जिल्ला हुँदै घरसम्म पु¥याउने व्यवस्था सरकारले गर्नुपर्छ नभए कुनै निस्चित स्थानमा क्वारेन्टाईनको व्यवस्था गर्दै दुई छाक टार्ने व्यवस्था गर्नुपर्छ ।
देशको अवस्था सदैव एकनास हुँदैन । कोरोनाको संक्रमणबाट मुक्त भएपछि विकासको गतिलाई तीव्र बनाउनुपर्छ । विकासको गतिलाई बढाउन सरकारलाई श्रमिकको साथ सदैव आवश्यक छ । यसरी अलपत्र परेका नागरिकलाई कि सुरक्षित साथ गन्तव्यमा पुग्ने व्यवस्था गर्नुपर्छ कि सम्बन्धित तहमा राम्रो बसोबासको व्यवस्था गर्नु जरुरी देखिएको छ । अन्यथा अव्यवस्थित ढंगले लावालस्कर हिड्ने यस्ता मदुजुर आफ्नै र अरुणको ज्यानका लागि खतरा बन्न सक्छन् । ध्यान जानु जरुरी छ ।
७ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुनको मूल्य तोलाको एक लाख ८९ हजार...
७ बैशाख, हेटौंडा । राप्रपा अध्यक्ष लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै...
७ बैशाख, हेटौंडा । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताबीच शनिबार छलफल भएको छ । विद्यमान राजनीतिक व्यवस्था र संघीय...
७ बैशाख, हेटौंडा । गृह मन्त्रालयले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोडे कानुनबमोजिम कारबाही हुने राष्ट्रिय...
७ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून...
६ बैशाख, हेटौंडा । आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा अफगानिस्तान तालिकाको शीर्ष स्थानमा रहँदै यु-१९ विश्वकपमा...
६ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटारमा चार दिने भाषण तथा उद्घोषण तालिमको आयोजना...
६ बैशाख, बुटवल । बुटवलमा एक महिलामाथि गोली प्रहार भएको छ। शनिबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर ११...
६ बैशाख, हेटौंडा । हाल देशमा मुख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती,...
२४ चैत, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा वडा नम्बर २ गंगेभिरमा गुडिरहेको अटो...
२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
२५ चैत, हेटौंडा। मकवानपुरको मनहरीमा ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत ...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...