१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको छ ।
पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट वक्तव्य मार्फत आव ०८१/८१ का लागि ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।
पालिकालाई संघीय सरकारबाट अनुदान मार्फत ३८ करोड २५ लाख १६ हजार ५११ रुपैयाँ र प्रदेशबाट ८ करोड ७२ लाख ५९ हजार १६९ रुपैयाँ प्राप्त भएको छ । त्यस्तै आन्तरिक राजस्व, घरजग्गा रजिष्ट्रेशन, दहत्तर बहत्तर कर र अल्याबाट गरि १ करोड ६२ लाख आय रहेको छ ।
सामाजिक क्षेत्रका लागि २ करोड १३ लाख १३ हजार ६ सय ७९ बजेट बिनियोजन गरिएको छ । सामाजिक विकास अन्तरगत शिक्षा एवं सस्कृति अन्तरगत प्रत्येक नागरिकहरूलाइ राज्यबाट आधारभुत तहसम्म अनिबार्य र निशुल्क तथा माध्यामिक तह सम्मको शिक्षा निशुल्क पाउने संबैधानिक हकको सुनिश्चित गर्न सामाजिक न्यायको आधारमा आवश्यक बजेट बिनियोजन गरेको उल्लेख छ । मौलिक कला, संस्कृति र ज्ञानको सम्मान, संरक्षण र सम्बर्द्धन गर्न नैतिक शिक्षालाइ बिधालय स्तरदेखि नै पाठ्यक्रममा समाबेश गरि कार्यान्वयन गर्ने व्यवस्था मिलाइने भएको छ । सामुदायिक बिधालयहरूका शिक्षकलाइ तालिम प्रदान गरि शिक्षाको गुणस्तर र शिक्षकको क्षमता अभिबृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरेको उल्लेख छ ।
शिक्षातर्फ ९७ लाख १३ हजार रुपैया बजेट बिनियोजन गरिएको छ ।
स्वास्थ्य तथा पोषणतर्फ कैलाश गाउँपालिकाका सबै नागरिकलाइ स्वस्थ्य बनाइ सबल मानव पुजी निर्माणका लागि संघीय एवं प्रदेश तहसँगको समन्वयमा निशुल्क आधारभुत स्वास्थ्य सेवालाइ सर्वसुलभ र गुणस्तरीय बनाउनका लागि सामाजिक बिकासतर्फ २३ लाख ५० हजार रुपैया बिनियोजन गरिएको छ ।
लैंगिक समानता तथा सामिजक समावेशीकरणतर्फ कैलाश गाउँपालिकाको सरोकार, महिलालाइ सामाजिक र आर्थिक अधिकार भन्ने नारालाइ सार्थकता दिन महिलाको सामाजिक र आर्थिक सशक्तिकरणका लागि लैङ्गिक समानता, समाबेशिकरण तथा सामाजिक न्यायको सुनिश्चतता गर्न बिशेष कार्यक्रम सन्चालन गर्ने व्यवस्था मिलाएको जनाइएको छ ।
बालमैत्री शासन, बालबिबाह र बालश्रम मुक्त गर्न कार्यक्रमहरू सन्चालन गरिने भएको छ । नेपालको संबिधानले लैङ्गिक बिभेदको अन्त्य गर्ने संकल्प सहित महिलालाइ लैङ्गिक भेदभाव बिना समान बंशिय हक, समानुपातिक समाबेशि सिद्धान्तका आधारमा बिकास प्रक्रियामा सहभागि हुने हक सुनिश्चित गरेको सन्दर्भमा महिला, बालबालिका, अपांग, दलित, पिछडिएका बर्ग, अल्पसंख्यक, सिमान्तकृत, लोपोन्मुख र अति बिपन्न वर्गहरूको क्षमता अभिबृद्धि, नेतृत्व बिकास र सशक्तिकरणका लागि २२ लाख यस शिर्षकमा विनियोजन गरिएको छ ।
युवा तथा खेलकुद बिकासतर्फ कैलाशका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका साथ खेलकुद पुर्बाधारको बिकास गर्न तथा खेल मैदान निर्माण गर्न सामाजिक बिकास तर्फ २५ लाख ५० हजार यस शिर्षकमा विनियोजन गरिएको छ ।
खानेपानी तथा सरसफाइतर्फ खानेपानी तथा सरसफाइ सेवाको पर्याप्त, सुरक्षित र सर्बसुलभ रूपमा उपलब्धताबाट जनस्वास्थ्यमा सुधार गर्दै एक घर एक धारा कार्यक्रम, सुख्खा क्षेत्र खानेपानी योजना सन्चालन गरिने र यसका लागि लागि सामाजिक बिकास क्षेत्र अन्तर्गतको बजेटको ३० लाख बिनियोजन गरिएको उल्लेख छ ।
भाषा तथा संस्कृति प्रबर्धनतर्फ गाउँपालिकाको मौलिक संस्कृति को पहिचान, संरक्षण, प्रबर्धन र विकास गरि परम्परागत ज्ञान र सम्पदा उत्थान गर्नु कैलाश गाउँपालिकाको नीति तथा कर्यक्रम अनुसार प्रथा, परम्परा, सांस्कृति सम्पदा, संग्रहालय आदिको बिकास र बिस्तारका लागि सामाजिक बिकास क्षेत्र अन्तर्गतको कुल बजेटको १५ लाख यस शिर्षकमा बिनियोजन गरेको जनाइएको छ ।
पूर्वाधार विकासका लागि कुल विकास बजेटको ८ करोड ३२ लाख ९२ हजार बिनियोजन गरिएको छ । पूर्वाधार विकास अन्तरगत सडक तथा झोलुंगे पुलतर्फ कैलाश गाउँपालिकाको यातायातको व्यवस्थित संजाल र प्रणालीको बिकासबाट मात्र आर्थिक सामाजिक एकिकरण र सन्तुलन कायम राख्न आवश्यक रहेको जनाउँदै सडक पूर्वाधारहरूको उचित संरक्षण, निर्माण, मर्मत संभार र सहज आवागमन सुनिश्चित गर्नु अपरिहार्य भएको सन्दर्भ र भौगोलिक धरातललाइ समेत मध्यनजर राख्दै यस क्षेत्रको बिकासका लागि पुर्बाधार बिकास तर्फको कुल बजेटबाट ६ करोड ७९ लाख २२ हजार यस शिर्षकमा बिनियोजन गरेको जनाइएको छ ।
भवन तथा शहरी बिकासतर्फ भवन निर्माणमा उपयुक्त आधुनिक प्रबिधि र स्थानीय बास्तुकलाको मिश्रणबाट नयाँ निर्माण सामग्रीको प्रयोग समेतलाइ प्रोत्साहन गरि सुरक्षित, टिकाउ, सुलभ र किफायती भवनहरूको निर्माण र बाताबरणमैत्रि तथा हरित बिकासमा आधारित गाउँ बिकास र गाउँ पालिकाको आफ्नै भवन लगायत पुर्बाधार बिकास तर्फको कुल बजेटको १ करोड १३ लाख ७० हजार बजेट बिनियोजन गरिएको छ ।
विद्युततर्फ गाउँपालिकालाई 'उज्यालो कैलाश समृद्ध कैलाश अभियान' को रूपमा बिकास गरि बिधुतको पुर्बाधार निर्माण गर्नु आवश्यक रहेको र यस क्षेत्रको बिकासका लागि पुर्बाधार बिकास तर्फको कुल बजेटबाट ३० लाख यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
बिज्ञान, सुचना तथा सन्चार प्रबिधितर्फ बिज्ञान, सुचना तथा सन्चार प्रबिधिको बिकासबाट कैलाश गाउँपालिकाको समृद्धि,बिकास र खुसी नागरिकको बिकास हुने हुनाले कैलाश गाउँपालिका बिधुतिय शासन मार्फत सेवा प्रवाह गरि सुशासन, जवाफदेहिता र जनउत्तरदायी सरकारको मुल्य र मान्यतालाइ संस्थागत गर्न आवश्यक रहेको सन्दर्भमा यस क्षेत्रको बिकासका लागि पुर्बाधार बिकास तर्फको कुल बजेटको १० लाख यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
आर्थिक क्षेत्रका लागि कुल बजेटको १ करोड १८ लाख ९६ हजार बजेट बिनियोजन गरिएको छ । आर्थिक बिकास क्षेत्रअन्तरगत कृषि क्षेत्रतर्फ माटो सुहाउदो खेती प्रणाली अनुसार कृषि क्षेत्रको बिबिधिकरण, व्यावसायिकरण र आधुनिकिकरण, कृषिमा युवा सहभागिता, बहुउदेश्यिय आधुनिक नर्सरी व्यवस्थापन, खाध सम्प्रभुता र सुरक्षा सुनिश्चित गर्न आर्थिक बिकास क्षेत्र तर्फको ३६ लाख ४ हजार यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
पशुपंक्षीतर्फ स्वच्छ र स्वस्थ पशुपंक्षि उत्पादन, बिक्रि, खरिद र बजारिकरण गरि पशुपंक्षि क्षेत्रको बिकास मार्फत मानविय स्वस्थता कायम गर्न आर्थिक बिकास क्षेत्र तर्फको कुल बजेटको ३० लाख ४१ हजार यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
घरेलु तथा लघु उद्योगतर्फ कैलाश गाउँपालिकामा सहकारी मार्फत घरेलु, कुटिर र लघु उधोग स्थापना, सन्चालन र बिकास गरि नागरिकको आयस्तर बढाउनु आवश्यक रहेको यसका लागि आर्थिक बिकास क्षेत्र तर्फको कुल बजेटको ६ लाख यस शिर्षकमा बजेट बिनियोजन गरिएको उल्लेख छ ।
पर्यटन बिकास तथा प्रबर्धनतर्फ आन्तरिक तथा बाह्य पर्यटन मार्फत साँस्कृतिक तथा पर्याबरणमैत्रि पर्यटन उधोग बिकास गरि कैलाश गाउँपालिकाको कुल गार्हस्थ उत्पादन बृद्धि गरि रोजगारी सृजना गर्न यस क्षेत्रको महत्वपुर्ण भुमिका रहेकोले यस क्षेत्रको बिकास र प्रबर्धनका लागि आर्थिक बिकास क्षेत्र तर्फको कुल बजेटको ३० लाख यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
सहकारीतर्फ गाउँपालिका भित्रका सहकारी क्षेत्रको विकास गरी सहकारी मार्फत सामुहिक कृषि पशुपालन तथा आयआर्जनका तथा आयआर्जनका कार्यक्रम संचालन गरि एक घर एक सहकारी सदस्यअभियानलाई सार्थक बनाउन सहकारी क्षेत्रमा खर्च हुने गरी २ लाख यस शिर्षकमा बजेट विनियोजन गरिएको छ ।
सिंचाइतर्फ सिंचाइ प्रणालीको मर्मत सम्भार एव दिगो व्यवस्थापनका लागि स्रोत सहित उपभोक्ता सहभागिता सुनिश्चित गर्नका लागि पुर्बाधार बिकास तर्फको कुल बजेटको १४ लाख ५० हजार यस शिर्षकमा बजेट बिनियोजन गरिएको छ ।
बाताबरण तथा बिपत ब्यवस्थापनतर्फ बातावरण तथा विपद् व्यवस्थापनमा ३५ लाख ५५ हजार, संस्थागत बिकास, सेवा प्रवाह र सुशासनतर्फ ४१ लाख ५० हजार रकम बिनियोजन गरिएको छ । बैठकमा गाउँ कार्यपालिकाका सदस्यहरूले बजेटमाथि धारणा राख्दै कैलाशलाई समृद्ध बनाउन बजेटको कार्यान्वयनमा जोड दिएका थिए ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















