१४ माघ, हेटौंडा । कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले समय सीमा भित्रै गाउँपालिका भित्र सञ्चालित योजना सम्पन्न गर्नुपर्ने बताएका छन् । बुधबार गाउँपालिकाको अर्ध वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै जेठ मसान्तमा सबै योजनाहरु सम्पन्न गरिनुपर्ने निर्देशन दिएका हुन् ।
गाउँपालिकाले लिएको जुन लक्ष्य छ त्यस लक्ष्यमा पुग्नेगरि कार्यान्वयन गर्न कर्मचारी र वडागत जनप्रतिनिधिहरुलाई आवश्यक समन्वय गर्न आग्रह गरेका छन् । उनले शाखागत कार्यसम्पादन र मुल्याकंन राम्रो छ, वित्तीय सुशासन कायम राख्नु पर्ने भएकाले वडातह देखी गाउँपालिकासम्म ध्यान दिनुपर्ने बताए । वडामा रहेका योजनाहरुलाई समयसीमा नै कार्य गर्न वडाअध्यक्षलाई समेत आवश्यक समन्वय र सहकार्य गर्न आग्रह गरेका छन्।कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्लले योजना निर्माण कार्यलाई तीव्रता दिनुपर्ने बताउँदै राजस्व संकलनमा पनि ध्यान दिनुपर्ने बताए । योजनाहरु कार्यान्वयन गर्न समस्या भए आवश्यक समन्वय र सहकार्य गरिने छ, विगतको भन्दा यस वर्ष खर्च प्रगतिमा कमी आएकोले त्यसतर्फ पनि ध्यान दिनु जरुरी रहेको उनले बताए ।
कार्यक्रममा सम्बन्धित शाखा प्रमुख, वडा सचिवले चालु आवको पुस मसान्त सम्म भएका प्रगति प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । गाउँपालिकाले संघीय सरकारबाट प्राप्त अनुदान निकासा खर्च २८।७२ प्रतिशत गरेको छ भने प्रदेश सरकारबाट प्राप्त अनुदानमा ५।६६ प्रतिशत भएको छ । त्यस्तै, गाउँपालिका तथा वडागत कार्यक्रम र अर्धवार्षिक खर्च प्रगतिमा १०।७८ प्रतिशत भएको छ । क्षेत्रगत बजेट तथा खर्च प्रगति भने २५।४८ प्रतिशत रहेको छ । सबै अनुदानतर्फको खर्च प्रगतिमा चालुतर्फ ३६।७९ प्रतिशत र पुजीँगततर्फ ८।०२ प्रतिशत रहेका छ । समग्रमा भने २५।४८ प्रतिशत खर्च प्रगति रहेको देखिन्छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, १ नं।का वडा अध्यक्ष तेज बहादुर ब्लोन, २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, ७ का अध्यक्ष उदासकुमार भोलन, ८ का अध्यक्ष आषिश प्रजा, ९ का अध्यक्ष भूवन सिं घलान, १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य सुन्तली सुनार र गोरीमाया भुलुनको आतिथ्यता रहेको थियो ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















