१२ माघ,हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागुपदार्थ सेवनमा युवावर्गको संख्या बढ्दो रुपमा रहेको बताएका छन् । सोमबार कैलाश ९ मा रहेको कालिका माविमा आयोजित लागुऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रयोगकर्तामा युवावर्गको संख्या बढिरहेको बताए । गाँजाभन्दा पनि अफिमबाट उत्पादित ब्राउन सुगर प्रयोगमा युवाको संख्या वृद्धि भइरहेको उनले बताए । लागुपदार्थ प्रयोग न्यूनिकरणमा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ, कच्चापदार्थ उत्पादित क्षेत्रको रुपमा गाउँपालिका चिनिरहेको अवस्थामा सयौं नागरिक भरियाको रुपमा समातिरहेका छन्, त्यसलाई पनि न्यूनिकरण गर्न बालबालिका, विद्यार्थीहरु लक्षित कार्यक्रम गरि अभिभावकलाई सचेत गराउन लागिएका हौैैँ, अध्यक्ष मुक्तानले भने ।
लागुऔषधले स्वास्थ्यमा असर पर्नुका साथै कानुनी उपचारले जीवनशैलीमा समेत असर पर्नेछ, चुरोटखैनीबाट सुरु भएको कुलत गाजाँहुँदै ब्राउनसुगर सम्म पुग्ने उनले बताए । पछिल्लो समय किशोरमात्र नभई किशोरीहरु पनि प्रयोगकर्ताको रुपमा बढ्दै गइरहेको अवस्था रहेको छ । गाँजा र अफिमको विकल्पमा तरकारी तथा अन्य बाली लगाउनुपर्नेमा उनले जोड दिए । सकरात्मक सोच गरौँ कुलतमा नफसौ भन्ने सन्देश दिनका लागि गाउँपालिकाले यस कार्यक्रम आयोजना गरेको उनले बताए ।
गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर रिकभरिङ समूहको आयोजनामा सचेतनामूलक कार्यक्रम भएको हो । समूहका प्रवन्धक निर्देशक संदीप शाक्यको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयका प्रअ रामप्रसाद कालाखेती, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । समूहले कैलाशका ६ वटा माध्यामिक विद्यालयमा उक्त सचेतना कार्यक्रम गर्नेछन् । सोमबार नै कैलाश १० मा रहेको रत्न ज्योति माध्यामिक विद्यालयमा समेत कार्यक्रम सञ्चालन गरिएको थियो ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















