२३ पुस,हेटौँडा । कैलाश अपाङ्गताको क्षेत्रमा तीन वर्षदेखी कैलाश गाउँपालिकामा आफ्नो सेवा प्रदान गर्दै आइरहेको सुन्दरढोका साथी सेवाले सामाजिक परिक्षण तथा परियोजना हस्तान्तरण गरेको छ । मंगलबार एक कार्यक्रमका बीच संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानलाई दस्तावेज हस्तान्तरण गरेकी हुन् ।
दस्तावेज ग्रहण पश्चात अध्यक्ष मुक्तानले अपाङ्गता र जिविकोपार्जन क्षेत्रमा गरिएको कार्यप्रति धन्यवाद प्रकट गरे । प्रस्तुत गरिएको सामाजिक परिक्षणको प्रतिवेदनले प्रष्ट देखिनु काम राम्रो भएको छ । उनले काम पश्चातले सकरात्मक आउट पुट दिने हो, त्यसलाई सरकारले कार्यानवयन गर्ने बताए । स्थानीय सरकारले अपाङ्गताको सवालमा काम गरिने बताउँदै यहाँको भूगोलमा बसोबास गर्ने अपाङ्गता नागरिकप्रति हेर्ने मानिसको दृष्ट्रिकोण सकरात्मक बनाउनुभएको छ, मानिसमा सोच र विचार परिवर्तन गरेको अध्यक्ष मुक्तानले बताए ।
विभिन्न संघसंस्थाको साझेदारीमा विभिन्न क्षेत्रमा काम गर्दै आइरहेका छौं, अब अपाङ्गमैत्री छात्राबासको लागि ललितपुर महानगर, कैलाश गाउँपालिका र सुन्दरढोकाको साझेदारीमा निर्माण गरिने छ, उनले भने ।
कार्यक्रममा गाउापालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सुन्दरढोकाले गरेका कार्यको प्रंशसा गर्दै आगामी दिनहरुमा पनि सहकार्य गरिने बताए । पालिकाभित्र अपाङ्गता परिचय कार्ड प्रदान गरिरहेको उनले बताए । कार्डले धेरै क्षेत्रमा सहजता हुने बताउँदै यहाँका नागरिकमा अपाङ्गताको क्षेत्रमा चेतनास्तर बढाउनुपर्ने छ, उनले भने ।
संस्थाका कार्यकारी निर्देशक विजता अधिकारीले भौगोलिक विकटताको चुनौतिका बाबजुत पनि तीन चरणमा कार्यक्रम सञ्चालन गरिएको बताईन् । अपाङ्गता भएका नागरिकलाई घरमै उपचार सेवाका साथै अन्य सुविधा दिइनुपर्नेमा जोड दिइन् । हामीले अपाङ्गता भएका र परिवारका सदस्यलाई सीपमूलक तालिम प्रदान गरिनुका साथै जिविकोपार्जनको क्षेत्रमा काम गरिएको बताईन् । अपाङ्गताका विरामीलाई उपचार गरिनुका साथै कुखुरा, बाख्रापालन, साना पसल व्यवसाय, ट्याक्टर, बाँसबाट निर्माण सामाग्री उत्पादन तालिम, व्युटिपार्लर, सैलुन, टेलरिङ लगायतका क्षेत्रमा काम गरेको उनले बताईन् ।
कार्यक्रममा परियोजना संयोजक राम पार्कीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । वडा ७ का वडाध्यक्ष उदासकुमार भोलन, महिला तथा बालबािलका शाखा प्रमुख रमिला सापकोटा, अपाङ्ग सहयोग सञ्जाल कैलाशका अध्यक्ष सुदीप जिम्बा लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कंडेल, वडा १ का वडाध्यक्ष तेज बहादुर ब्लोन, वडा ९ का अध्यक्ष भूवनसिं घलान, संस्थाका प्रतिनिधि, शाखा प्रमुखहरुको आतिथ्यता रहेको थियो ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















