३० पुस, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले चालु आर्थिक वर्षका लागि पूँजीगत तर्फ ३६ वटा नयाँ योजना र कार्यक्रम थप गरेको छ। आर्थिक वर्ष २०८२/८३ अन्तर्गत रकम थप गरी ३६ वटा नयाँ योजना थप गरेको हो ।
बुधबार सम्पन्न १७ हिउँदे अधिवेशन तथा गाउँसभाले सो योजना र कार्यक्रम बहुमतले पारित गरेको छ । गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले गाउँसभामा थप रकम सहितका ३६ नयाँ योजना र कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत गरेका योजना र कार्यक्रम पारित भएको हो।
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा सम्पन्न गाउँसभाले गाउँपालिकाको चालू आर्थिक वर्षको लागि २२ करोड ४० लाख रुपैयाँको बजेट विनियोजन गरेकोमा बुधबारको १७ औँ गाउँसभाले बजेट संशोधन गरेको हो। संशोधनसहित गाउँपालिकाले बजेट २४ करोड ९१ लाख ५३ हजार रुपैयाँ बनाएको छ ।
गाउँसभाको बैठकमा उपाध्यक्ष बालकुमार मल्लले बजेट संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि प्रस्ताव पेश गरेकोमा गाउँसभाबाट सर्वसम्मतिले पारित गरिएको हो। गाउॅंसभाले १७ वटा कार्यक्रमको रकम संसोधन गरेको छ । गाउँसभाबाट चालुतर्फ १४ वटा योजनाको रकमान्तरण गरिएको छ भने पुँजीगततर्फ १४ योजनाको रकमान्तरण गरिएको छ ।
गाउँपालिका अध्यक्ष लोक बहादुर मोक्तानको सभाध्यक्षतामा भएको १७ औ गाउँसभाले गाउपालिकाको आर्थिक कार्यविधि तथी वित्तिय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,बेरुजु फस्यौट कार्यविधि २०८२, पालिकाको लेखा समिति गठन तथा संचालन कार्यविधि २०८२ गाउॅंपालिकाको गाउॅं सभा सचिवालय स्थापना तथा कार्य संचालन कार्यविधि लगायतका ४ वटा प्रस्ताव पारित गरेको छ । सो प्रस्ताव विद्यायन समिति संयोजक भुवन सिंह घलानको प्रस्तुत गरेका थिए ।
गाउँसभामा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा पेश गरेको बजेट तथा योजना संशोधन, परिमार्जन, रकमान्तर तथा थप गर्नका लागि पेश भएको योजना तथा कार्यक्रमहरु गाउँसभाले सर्वसम्मत पारित गरेको थियो ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















