२४ मंसिर, हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक पालिका स्तरीय शैक्षिक प्रदर्शनी कार्यक्रमको आयोजनागरिएको छ । बुधबार कैलाश गाउँपालिका ३ कालिकाटार स्थित भवानी माध्यामिक विद्यालयमा शैक्षिक प्रदर्शनी आयोजना गरिएको हो ।
गाउँपालिकाको आयोजनामा भएको प्रदर्शनीमा पालिकामा रहेका ८ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । वडा ३ का कार्यबहाक अध्यक्ष राममाया प्रजाको अध्यक्षता रहेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले विद्यार्थीहरुको सिकाई प्रदर्शनीले विद्यार्थीमा नयाँ सिकाई र ज्ञान बढ्ने बताए । विद्यार्थीले तयार पारेका सामाग्रीहरुमा पुराना परम्परागत सामान, हस्तकलाका सामान, मेशिन औजार, विज्ञानका विभिन्न जानकारी मूलक सामाग्रीले एक आपसमा सिकाइ र अनुभव साटासाट हुने बताए ।
प्रदर्शनीमा सरस्वती आधारभूत विद्यालय कैलाश २ प्रथम भएको छ भने कालिका मावि कैलाश ९ द्धितीय र कमलादेवी मावि कैलाश २ तृतीय भएको छ । पुरस्कृत भएका विद्यालयले नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
आधारभूत तह कक्षा १ देखी ८० र माध्यामिक तह सञ्चालित विद्यालयहरुका विद्यार्थीको अन्र्तनिहित क्षमता तथा प्रतिभा पहिचान तथा सिकाइ आदानप्रदान गर्ने उद्देश्यले प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख समीर जोशीले बताएका छन् । प्रदर्शनीमा विद्यार्थीले तयार गरेका सामाग्रीहरुको मुल्यांकनको आधारमा उत्कृष्ट छनौट गरि पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख समीर जोशी, सहायक विद्यालय निरीक्षक दीपेन्द्र अधिकारी, मुल्यांकनकर्ता सहायक कम्प्युटर अधिकृत लक्ष्मण खतिवडा, ईन्जिनियर अनिलप्रसाद जोशी, भवानी माविका प्रअ बालचन्द्र मल्ल ठकुरी, स्रोत शिक्षक ध्रुवराज विष्ट लगायतको आतिथ्यता रहेको थियो ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















