Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाश गोपीराङमा शौचालय बनाउन सामाग्री हस्तान्तरण

598851002_839894398946257-1766500734.jpg

८ पुस,हेटौँडा ।  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० गोपीराङमा दश घरमा शौचालय निर्माण हुने भएको छ । तामाङ र सीमान्तकृत चेपाङ समूदायको बसोबास रहेको उक्त ठाउँमा शौचालय निर्माणका लागि आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ ।  
मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त आवश्यक सामाग्री हस्तान्तरण गरेका हुन् । लाभग्राहीलाई शौचालय प्यान हस्तान्तरण गर्दै अध्यक्ष मुक्तानले  समय सीमाभित्र निर्माण गर्न आग्रह गरेका छन् । खाल्डो खनी सक्नुभएको छ, अब तोकिएको सयम भित्र निर्माण सम्पन्न गर्नुस् उनले भने ।  राज्यले एक घर एक धाराको अवधारणा ल्याएसँगै उक्त अवधारणाको सूचकमा शौचालय र सरसफाई रहने अध्यक्ष मुक्तानले बताए । 
जथाभावी दिशा पिसाबले विभिन्न रोग, पानीजन्य रोगहरु लाग्ने भएकाले शौचालयमै दिशापिसाब गरिनुपर्ने सुझाए । संस्थाको आफ्नो नियम रहन्छ, समय सीमाभित्रै शौचालय निर्माण गर्नुस्, उनले भने । गाउँपालिकाले छिट्टै सुरक्षित खानेपानीको लागि काम गर्नेछ । घर सँगै चर्पी निर्माण गर्नुपर्ने दायित्व तपाईकै हो किन निर्माण गर्नु भएन । अब सधैं झाडी, खोल्सा खोला किनारको भर पर्नु हुन्न, उहाँहरुले लगानी गरेर दिनु भएको निर्माण सामाग्रीको सदुपयोग गरि हाम्रो लागि हो यो भनेर समयमै काम सक्न निर्देशन दिए ।  
कार्यक्रममा वडा १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोनले सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । शौचालय निर्माण पछि बालबालिका र वयोवृद्धलाई सहजता रहने उनले बताए । ३५÷३६ घरधुरी छ, पहिलो चरणमा १० घरलाई शौचालय निर्माण गरिने, समयमै निर्माण सके दोस्रो चरणमा १० घरलाई शौचालय निर्माण समाग्री वितरण गरिने वडाध्यक्ष ब्लोनले बताए । 
बाल विकास कार्यक्रम नेपालले पहिलो चरणमा १० घरधुरीलाई शौचालय निर्माणको लागि आवश्यक पर्ने सम्पूर्ण निर्माण सामाग्री सहयोग गरेको हो । यस अघि कैलाश ३ खिर्कीमा २० घरधुरीलाई आवश्यक सामाग्री हस्तान्तरण गरि निर्माण कार्य भइरहेको छ ।  संस्थाले गाउँपालिकाभित्र शिक्षा र स्वास्थ्यसँग विभिन्न काम गर्दै आइरहेको छ । हस्तान्तरण कार्यक्रममा बाल विकास कार्यक्रम नेपाल कार्यक्रम संयोजक कमल अर्याल, हरिबहादुर भण्डारी, सावित्री लामा, रामलाल स्याङ्बो लगायतको उपस्थिती रहेको थियो । संस्थाको निमय र लाभग्राहीसँगको सम्झौता अनुरुप सामाग्री हस्तान्तरण गरेको २५ दिन भित्र निर्माण सम्पन्न गर्नुपर्ने जनाइएको छ । शौचालय निर्माणका लागि सिमेन्ट, रड, प्यान, जस्तापाता, बालुवालगायत अन्य सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार