Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाश गाउँपालिमा हेटौंडा जेसीजको बृहत स्वास्थ्य शिविर

377514560_204294698271665-1694778376.jpg

२९ भदौ,हेटौँडा । मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिमा हेटौंडा जेसीजको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । कैलाश वडा नम्वर– ३ कटुन्जेमा हेटौंडा जेसीजको आयोजना तथा कैलाश गाउँपालिका,नेपाल परिवार नियोजन संघ मकवानपुर,हेटौँडा सामुायीक आखाँ अस्पताल, निको अस्पताल र पुजा डेन्टलको सहकार्यमा बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको हो । 
कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख अतिथ्यता र हेटौंडा जेसीजका अध्यक्ष श्रवण कुमार बर्तौलाको अध्यक्षतामा भएको बृहत स्वास्थ्य शिविरमा १७६ जना स्थानीयको आँखा परीक्षण गरिएको थियो भने १६ जनामा मोतिविन्दुको समस्या देखिएकोले थियो । शिविरमा ७६ जना पाठेघरको भिआइए इस्क्रिनको सेवा लिएका मध्ये ६५ जनालाई पाठेघरको मुखमा यौनजन्य समस्या देखिएको र २ जनालाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको ,त्यसैगरी एक जनाको पिसाब थैली झरेको फेला परको थियो भने ५९ जनाले दन्त परीक्षण गराएको जसमा ७ जनाको दाँत निकालिएको हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत वर्तौलाले बताए । शिविर कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी अध्यक्ष मुक्तानले यस्ता खाले शिविर दूरदराजमा रहेका जनताको स्वास्थ्य सेवामा ठूलो टेवा पुग्ने बताए । शिविरमा कैलाश गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल जेसीजका अरुण कुमार दाहाल, कविन सांगामी कृष्णबहादुर कार्की, बसन्त कप्रौला, एसिस रिजाल, विवेक आनन्द न्यौपाने, मकवानपुर क्याम्पस स्ववियु सभापति छाइसाङ लामा, सिनियर अनमी आशा कुमारी गुरुङ स्वास्थ्य शाखा प्रमुख कृष्ण यादवलगायतको आतिथ्यता रहेको थियो ।

377291700_249865541362614-1694778377.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार