Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा नव नियुक्त प्रावि शिक्षकलाई पदस्थापना पत्र

Screenshot_20250326_07143-1742952721.jpg

पदस्थापन पत्र हस्तान्तरण गर्दै पालिका अध्यक्ष मोक्तान र उपाध्यक्ष ठकुरी

१३ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा नवनियुक्त भएका शिक्षकहरुलाई पदस्थापना पत्र हस्तान्तरण गरिएको छ ।

शिक्षा आयोगबाट प्राथमिक तहका स्थायीमा नाम निकालेका शिक्षकहरुलाई योग्यताक्रम र शिक्षकले छनौट गरेको विद्यालयको आधारमा पत्र हस्तान्तरण गरिएको हो । 
गाउँ शिक्षा समितिका संयोजक एंव गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले सिफारिस भएर कैलाश आएका शिक्षकहरूलाई पत्र हस्तान्तरण गरेका हुन्।
पत्र हस्तान्तरण गर्दै मोक्तानले किताबको सिकाई मात्रै नभई व्यवहारिक सिकाई तर्फ  ध्यान दिन आग्रह गरेका थिए। 
चुनौति सँगै अवसर समेत रहेको छ, विद्यालयमा भर्ना भएका विद्यार्थीलाई अन्तिम परीक्षा सम्म कसरी टिकाउने भन्ने कुरा यहाँहरुको शिक्षणमा आधार रहन्छ, अध्यक्ष मुक्तानले भने ।
बेसलेभलमा दिने शिक्षा यहाँहरुको हातमा रहेको छ । विकटता रहेको स्थानीय तह रहेकाले संकुचित भएर नबस्न गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए ।  कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले नवनियुक्त शिक्षकहरुलाई स्वागत गर्दै उच्च मनोबलका साथ सेवा प्रवाह गर्न आग्रह गरेका थिए । 
गाउँपालिकाले माग गरे अनुरुप ३७ जना शिक्षकलाई पदस्थापना गरिएको शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख समीर जोशीले बताएका छन् । शैक्षिक सत्र २०८१ मा गाउँपालिकामा छात्र दुई हजार पाँच सय २८ र छात्रा दुई हजार सात सय ५५ जना विद्यार्थी रहेको जोशीले बताए । गाउँपालिकामा ४७ वटा प्रारम्भिक बालविकास केन्द्र, कक्षा १ देखी ३ सम्मको १२ वटा, कक्षा एक देखी ५ सम्मको २३ वटा, कक्षा १ देखी ८ सम्मको ४ वटा, कक्षा १ देखी १० सम्मको ५ वटा र कक्षा १ देखी १२ सम्मको एक वटा विद्यालय सञ्चालनमा रहेको प्रमुख जोशीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

थप समाचार