मधुमेह रोग धेरै फैलिँदै छ यसको कारण के होला?
मधुमेह अचेल सर्वाधिक प्रचलित रोगहरूमध्ये एउटा हो। धेरै मान्छे यसलाई आधुनिक सभ्यताको अभिशाप भन्दछन्। अमेरिकामा यसलाई मृत्युको आठौँ र अन्धोपनको तेस्रो सबैभन्दा ठूलो कारण मान्दछन्। यतिमात्र होइन यसको संख्या भयावह ढङ्गले बढदै छ र यो बढने सबैभन्दा प्रमुख कारण रहन-सहनको हाम्रो बानीमा भएको फरक हो। आजभोलि अघिको भन्दा धेरै संख्यामा युवक र यहाँसम्म कि नानीहरू पनि मधुमेहले ग्रस्त भएको पाइन्छ। निश्चित रूपले यसको एउटा ठूलो कारण हो बितेका 4-5 दशकहरूमा श्वेत शर्करा, मैदा तथा ओजहीन खाद्य उत्पादहरूलाई हामीले गरेको व्यापक प्रयोग मान्न सकिन्छ। जानुवरी, 2004 मा अखिल भारतीय आयुर्विज्ञान संस्थान, नयाँ दिल्लीमा “डाइबिटीजर रिह्युमेटोलोजी” मा आधारित सेमिनारमा डाइबिटीजमाथि संस्थानद्वारा गरिएको शोधको परिणाम देखाउदै भनिएको छ कि 14 देखि 25 साल उमेर भएका नानीहरूमा यो बिमारी द्रुत गतिमा बढिरहेको छ। कारण हो मोटोपन र आरामको जीवन जिउने तरिकाको विकास। स्कूलहरूमा पिज्जा, चिप्स, कोल्ड ड्रिङ्क्सको धेरै प्रयोगका साथै साधारण खान-पानमा रिफाइन्ड खाना, पालिश गरिएको खाद्य पदार्थ र खानामा फाइबरको कमी डाइबिटीजको बढदो संख्याको मुख्य कारण हो।
मधुमेहको वैज्ञानिक परिचय केहो?
मधुमेहको बैज्ञानिक शब्दावलीमा डाइबिटीज मेलाइट्सको नामले जानिन्छ यो युनानी भाषाको शब्द ‘डाइबिटीज’ को अर्थ लेटिन भाषाको शब्द ‘मेलाइट्स’ सँग मिलाएर बनिएको हो। ‘डाइबिटीज’को अर्थ हो–भएर निस्कनु वा प्रवाहित हुनु तथा ‘मेलाइट्स’ को अर्थ हो मह। यसरी हेर्दा डाइबिटीज मेलाइट्सको अर्थ भयो मह प्रवाहित हुनु।
यो रोग शरीरका कार्य व्यवहारमा भएका गड़बड़ीहरूको परिणाम स्वरूप उत्पन्न हुन्छ यसलाई शरीरको पाचनसम्बन्धी एउटा रोगका रूपमा जानिन्छ जुनचाहिँ अग्नाशयमा स्थित विशेष लेङ्गरहेन्स कोशिकाद्वारा एउटा विशिष्ट हरमोन इन्सुलिनको पर्याप्त मात्रामा निर्माण गर्न नसक्नुका कारणले हुने गर्दछ। यस हर्मोनले शरीरमा भएको शर्करालाई सामान्य प्रयोगका लागि समर्थ बनाउछ। यसमा कमी आउनाले रगतमा शर्कराको मात्रा बढेर जान्छ जब यो एउटा निर्धारित स्तरसम्म पुग्दछ र मिर्गौँलाले अतिरिक्त मात्रामा मूत्र विसर्जन गर्न थाल्दछ। त्यसैले रक्त शर्कराको मात्रा जाँच गर्नका लागि चिकित्सकहरूद्वारा मूत्र परिक्षण गर्ने परामर्श दिइन्छ। एकै शब्दमा भन्नु हो भने डाइबिटीजको अर्थ हो रगतमा चीनीको मात्रा बढनु, जब इन्सुलिनको निर्माणमा गड़बड़ी हुन्छ। इन्सुलिनको काम हो रगतमा चीनीको स्तरलाई नियन्त्रण गर्नु।
नानीहरू, युवा तथा वयस्क पुरूष / महिलाहरूमध्ये मधुमेहले कसलाई धेरै प्रभावित पार्दछ?
साधारणतः मधुमेहले नानीहरूलाई त्यति प्रभावित गर्दैन जति वयस्कहरूलाई गर्दछ। तापनि यसले नानीहरूलाई पनि प्रभावित पार्न सक्छ। यस्तो देखिएको छ कि मधुमेहले पीड़ित वयस्क प्राय: 45 वर्ष देखि 55 वर्षसम्मका उमेर मध्यका हुन्छन्। मधुमेहले ग्रस्त भएका युवाहरूमा प्राय: वंशानुगत कमजोरी देखा परेको छ तथा धेरैचोटि यो कमजोरी अत्याधिक गम्भीर हुन्छ। मधुमेहले ग्रस्त तीनजना मान्छेमध्ये दुईजना महिला हुन्छन्। आविवाहित स्त्रीहरूको भन्दा विवाहित स्त्रीहरूमा मधुमेहको प्रतिशत एकदम धेर पाइऩ्छ यसको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन तर यस्तो मानिन्छ कि यसको सम्बन्ध गर्भधारण गरेका बेला हुने ग्रन्थिमय परिवर्तनहरूसँग हुन सक्छ। यो परिवर्तनले शरीरद्वारा स्टर्च र शर्कराको प्रयोग गरिने तरिकालाई प्रभावित गर्न सक्छ।
मधुमेह कस्ता मान्छेमा धेरै पाइन्छ?
मधुमेह यस्ता मान्छेमा प्राय: धेरै पाइन्छ जो कार्यालयमा बसिरहने काम गर्दछ र त्यसबाट उत्पन्न मानसिक तनाउले थाक्छ वा जो आफ्ना कामको आधिकताका कारण प्राय: तनाउग्रस्त रहन्छ तथा जसको व्यायाम गर्ने समयको अभाव हुन्छ। मधुमेह लुते-ल्याङरेलाई भन्दा मोटोमान्छेलाई धेरै प्रभावित पार्दछ। आधुनिक वैज्ञानिक खोजहरूले यस तथ्यतिर सङ्केत गर्दछ कि मधुमेहको प्रादुर्भावमा मानसिक कारणहरूको धेरै ठूलो योगदान रहेको हुन्छ। अत्याधिक तनाउ, कुनै अति प्रियजनको वियोग तथा जागिर र व्यवसायबाट बारम्बार हुने कष्टले धेरैपल्ट स्वास्थ्यलाई प्रभावित पारेर प्रत्यक्ष रूपले मासी पर्ने रोगसम्बन्धी गम्भीर गडबढीहरू उत्पन्न गर्दछ जसको परिणाम मधुमेहका रूपमा हाम्रा औधि देखा पर्दछ। यतिमात्र होइन धेरैपल्ट कतिपय औषधीहरूले पनि मान्छेलाई अस्थायी मधुमेहको सिकार बनाउछ। यस्तो पनि देखिएको छ कि ती मान्छेमा मधुमेहको पूर्व इतिहास हुने सम्भावना धेरै हुन्छ जसको परिवारमा मधुमेहको पूर्व इतिहास छ वा जो मोटोपनले ग्रस्त छ। “विश्व स्वास्थय सङ्गठन” ले पनि मोटोपनलाई मधुमेहको एउटा ठूलो कारण मानेको छ। यसका साथै यस्ता व्यक्ति जसका रगतमा शर्कराको स्तर तनाउको स्थितिमा सामान्य भन्दा धेर हुन्छ तथा पटक-पटक गर्भपात गराउदा र जन्मजात विकृतिहरूले ग्रस्त भएका नानीहरू जन्माउने महिलाहरूमा पनि मधुमेहको सम्भावना धेरै हुन्छ।
मधुमेहको प्रमुख लक्षण के हो?
मधुमेहको सर्वप्रमुख लक्षण हो पटक-पटक पेसाब लाग्नु। अरू लक्षणहरूमा धेरै तिर्खा लाग्नु (रोगीको मुख सुक्ने गर्दछ तथा उसले पानी कम भएको भन्दछ) भोक, वजन कम हुनु, छिटै थाक्नु, चोट र घाउ बिस्तारो बिस्तारो निको हुनु, नेत्रज्योतिमा परिर्वतन, शरीरका केही ठाउँमा धेरै चिलाउनु, हातका औँला र खुट्टाको औँला दुख्ने तथा दुर्बलता र अनिद्रापन आदि मुख्य हुन्।
मधुमेहसँग प्राय: खुट्टाको रक्त प्रवाहमा बाधा उत्पन्न हुने प्रवृति हुन्छ। यसका साथै दुखेको स्थतिहरूमा जस्तै पिलो आदि धेरै निस्कन्छ। कहिलेकाहिँ खुट्टामा लागेको एउटा चोट मधुमेहमा बदल्न सक्दछ र जबसम्म रगतमा शर्कराको मात्रा धेरै हुन्छ यो चोट ठीक हुन सारो हुन्छ परिणाम स्वरूप मधुमेहले ग्रस्त भएको व्यक्तिका लागि यो आवश्यक हुन्छ जबकि उसले आफ्ना खुट्टा र छाला राम्रोसँग हेरचाह गर्नु पर्छ तथा त्यसलाई चोट-पटक लाग्नबाट बचाउनु पर्छ। मधुमेहले ग्रस्त व्यक्तिले आफ्नो बाह्य परिधिय रक्त परिसंचरणको देखरेखका लागि हरसम्भव प्रयास गर्नु पर्छ। उसले धुम्रपान तुरून्त छोडनु पर्छ किनकि धुम्रपानले रक्त परिसंचरणतन्त्रको पातलो रक्तवाहिकाहरू र कोशिकाहरूमा सङ्कुचन उत्पन्न गर्दछ। त्यसैले मधुमेहले ग्रस्त रोगीहरूले आफ्ना खुट्टा र अङगहरूलाई तातो पार्ने व्यवस्था गर्नु पर्छ।
यसका अतिरिक्त मधुमेहका अरू पनि धेरै लक्षण हुन्छन् जस्तै-
खुट्टा भारी लाग्नु
निधाउने र सुन्निएका खुट्टा
धेरै तिर्खा लाग्नु
कमर कक्रिनु
नपुङ्सकता
बीच बीचमा अपच हुने
उत्तेजक पदार्थहरू खाने इच्छा लाग्नु
मुख सुक्ने
मिर्गौँला दुखेको अनुभव गर्नु
क्षय रोगकोजरो
उदासिनता
निराशापूर्ण मानसिक स्थिति
मौन विषाद
दुर्बलता
मोटोपन र ग्लानि आदो।
मधुमेहको निदान कसरी हुन्छ?
मधुमेह भएका प्रौढ रोगीहरूमा प्रारम्भिक अवस्थामा सामान्यत: मधुमेहको कुनै लक्षण देखिँदैन। यस्ता रोगीहरूमा मधुमेहको निदान अचानक नै हुन सक्छ जस्तै :
दुर्घटना भयो भने
अपरेसन गराउनु भन्दा पूर्व
कुनै अरू रोगको निदानका लागि परिक्षण गराउदा
प्राय: मधुमेहको लक्षण यति बिस्तारै प्रकट हुन्छ कि साधारणत: रोगीको ध्यान त्यतातिर जाँदैन। पेसाब र रगतमा शर्कराको जाँच गराउँदा मात्रै अचानक यस रोगको थाहा लाग्दछ। त्यसैले मधुमेहको पारिवारिक इतिहास बोकेका व्यक्तिहरू तथा प्रौढावस्थामा पुग्दा मात्रै यो रोग देखिन्छ र सबै व्यक्तिहरूलाई मधुमेहका धेरै लक्षण नदेखिए पनि मूत्र र रगतको जाँच सालमा एक–दुईपल्ट गराउने सल्लाह चिकित्सकद्वारा दिइन्छ।
मधुमेहको निदानका लागि कस्ता-कस्ता परिक्षण गरिन्छ?
मधुमेहको निदानका लागि धेरै परिक्षण गरिन्छ। जसमध्ये प्रमुख उपायहरू निम्नलिखित छन्–
बेनेडिक्ट टेस्ट
ग्लुकोजअक्सिडेज टेस्ट
खाली पेट रक्तशर्कराको जाँच
खाना खाने वा 75 देखि 100 ग्राम ग्लुकोजखाए पछि रक्त शर्कराको जाँच
ग्लुकोज टोलरेन्स टेस्ट
के घरमा पनि रक्त शर्कराको जाँच गर्न सकिन्छ?
हो। ग्लुकोमीटर उपकरणका सहायतामा रगतका स्तरको जाँच घरमा पनि गर्न सकिन्छ। कुन स्तरको जाँच घरमा पनि गर्न सकिन्छ। मधुमेहका रोगीहरू यस उपकरणद्वारा यो जान्न पाइन्छ कि उसको रक्त शर्कराको स्तर के छ तथा उसको रोग नियन्त्रणमा छ अथवा छैन। यस्ता रोगीहरूका लागि जसको रक्त शर्कराको स्तर बारम्बार घटतै-बढदै गर्ने गर्दछ, यो विधि अत्यन्त उपयोगी हुन्छ। यस्ता रोगीहरूलाई के चाहिन्छ भने प्रत्येकपल्ट जाँच गरे पछि रगतमा शर्कराको स्तरको डायरीमा नोट गर्नु।
मधुमेह हुने अरू कारण पनि हुन सक्छन्। जसमध्ये प्रमुख कारणहरू निम्न छन्–मधुमेह हुने केही अरू पनि कारण छन्?
आनुवांशिक कारण
अग्नाशय शोथ
औषधीहरूको सेवनले उत्पन्न हुने कारण
मानसिक तनाउ र चिन्ता
शारीरक श्रमको अभाव वा श्रमरहित दिनचर्या
गलत रहन-सहन
मधुमेहका लागि उत्तरदायी अरू कारणहरूमा व्यायामको अभाव, खान-पानमा बदलाउका कारण द्रुत गतिमा बढदो मोटोपन, त्वरित गतिले हुँदो शहरीकरण, बढदो सुविधाहरूका कारण व्यायामको कमी, परिष्कृत, गरिष्ट एवं तामसिक आहार, फ़ास्ट फ़ुडको धेरै प्रयोग तथा तनाउपूर्ण जीवनचर्या आदि प्रमुख हुन्। कुनै व्यक्तिमा लगातार भइरहने भावनात्मक तनाउ, रक्त प्रवाहमा हर्मोन्सको क्रमशः वृद्धि हुनु जुनचाहिँ अन्तत: रक्त शर्कराको स्तर बढाएर मधुमेहको कारण बन्दछ।
के मधुमेह धेरै खालका हुन्छन्?
मधुमेहलाई दुईटा प्रमुख वर्गमा वर्गीकृत गरिएको छ। ती हुन्–
टाइप वान –इन्सुलिनमाथि निर्भर मधुमेह
टाइप टु– इन्सुलिनमाथि अनिर्भर मधुमेह
पहिलो वर्गमा कुनै कारणवश अग्नाशयले पर्याप्त मात्रामा इन्सुलिनको निर्माण गर्न सकेन भने। फलस्वरूप यस्ता रोगीहरूलाई इन्सुलिन दिएर शर्करा पचाउने योग्य बनाइन्छ। त्यसैले पहिलो वर्गका रोगीहरूलाई टाइप वन मधुमेही वा इन्सुलिनमाथि निर्भरशील मधुमेही भनिन्छ। यो प्राय: केटाकेटीहरू तथा युवाहरूमा पाइन्छ। यसलाई जुवेनाइल डाइबिटीजपनि भनिन्छ। धेरै आयु वर्गका मान्छे पनि यसबाट पीडित हुन सक्छन्। यस वर्गमा अग्नाशयबाट पर्याप्त इन्सुलिन निस्कन्थ्यो भनेत्यो ठीकसँगले प्रयोग हुन सक्तैन।
यस्ता रोगीहरूले खाने औषधीहरूल शर्करालाई पचाउने योग्य बनाइन्छ। त्यसैले यस वर्गका रोगीहरूलाई टाइप टू मधुमेही वा इन्सुलिनमाथि अनिर्भर मधुमेही भनिन्छ। यो धेरैजसो प्रौढावस्थामा लाग्ने गर्दछ। तर जीवनशैलीमा हुने नकारात्मक परिवर्तनहरूका फलस्वरूप अब यो किशोरहरू र केटाकेटीहरूमा पनि भेटिन थालेको छ। यस वर्गका रोगीहरू अधिकांशत: मोटोपनले ग्रस्त हुन्छन्। रोगीहरूमा रोगको लक्षण बिस्तारै प्रकट हुन्छ तथा कतिपल्ट तयस प्रक्रियामा वर्षों लाग्दछ।
जयपुर मेडिकल एसोसिएशनका तर्फबाट जानुवारी 1997 मा “मधुमेहका उपचारमा नवीनतम विकास” विषयमा आयोजित एउटा गोष्टीमा अमेरिकाको मेयो क्लिनिक एन्ड मेडिकल स्कूलका बारेमा भनिएको छ कि यदि फास्टिङ्ग ग्लुकोजको स्तर 200 मिलीग्राम भन्दा थोर भयो भने त औषधीको स्थानमा व्यायाम, भोजनमा नियन्त्रण र आहारमा परिवर्तन ल्याएर रोगको उपचार गर्नु पर्छ। उनले भने- भारतमा अमेरिकाभन्दा धेरै वृद्ध अवस्था भएका मधुमेह रोगी छन्। उनको भनाई थियो कि रोगबाट बच्नका लागि उच्च रक्तचाप, धुम्रपान, मोटोपन र रगतमा कलेस्ट्रोलको मात्रामा नियन्त्रण गर्नु पर्छ।
यसका अतिरिक्त तनाउ र अरू कारणले पनि मधुमेह धेरै बढदो छ। कतिपय चिकित्सकहरू यसलाई एउटा भिन्नै वर्गका रूपमा मान्यता दिन्छन् ।
प्री- डाइबिटीज के हो?
प्री- डाइबिटीजती मान्छेलाई भनिन्छ जसका रगतमा चीनीको मात्रा धेरै हुन्छ। खुट्टार सासबाट आएको दुर्गन्धबाट यस्ता मान्छेलाई चिन्न सकिन्छ। मधुमेह रोकथामका लागि यस्ता मान्छेको पहिचान गर्न आजभोलि डाक्टरहरूद्वारा धेरै प्रयास गरिरहिएको छ।
मधुमेहका जटिलताहरू के-के हुन्?
मधुमेह एउटा यस्तो रोग हो जसका जटिलताहरू अत्यन्त धेरै छन्। यी जटिलताहरू रहिरह्यो भने रोगीलाई धेरै हानि गर्दछ यी जटिलताहरूमध्ये प्रमुख हुन्–
रोगीलाई बारम्बार सङ्क्रमण हुनु
घाउ हुँदा सजिलै निको नहुनु
दृष्टि पटल विकृति हुनु
तन्त्रिका विकृति हुनु
मधुमेह कीटन अम्ल्यता
मुटुको बाह्यिक विकृति
पेसाब मार्गको सङ्क्रमण
मधुमेहले ग्रस्त व्यक्तिका शरीरमा के प्रक्रिया हुने गर्दछ?
जब हामीले शर्करालाई सम्पूर्ण रूपले प्रयोग गर्नु सकिनौँ भने हामीलाई धेरै भोक अनुभव हुन्छ किनकि शरीरलाई ऊर्जा प्रदान गर्ने भोजनको आवश्यकता पर्दछ। रक्त शर्करामा कार्बहाइड्रेट युक्त खाद्यपदार्थ शर्करा तथा स्टर्च उत्पन्न हुन्छ। भोजन हजम हुँदै जाँदा स्टर्च शर्करामा परिवर्तन हुन्छ। एकजना साधारण व्यक्तिमा शर्कराको तत्कालिक आवश्यकताभन्दा माथि अतिरिक्त मात्रामा सङ्ग्रहित हुन्छ जबकि मधुमेहले ग्रस्त भएका व्यक्तिमा यो क्रिया सफलतापूर्वक सम्पन्न हुँदैन त्यसैले मिर्गौँलाले शर्कराको अतिरिक्त मात्रा मूत्र उत्सर्जन तन्त्रद्वारा शरीरबाट बाहिर निकलनु पर्दछ। मधुमेहका सन्दर्भमा धेरैपल्ट इन्सुलिनको उल्लेख आउँछ।
यो इन्सुलिन केहो?
इन्सुलिन एउटा हर्मोन हो जुनचाहिँ अग्नाशयका कोशिकाहरूमा उत्पन्न हुन्छ। रक्त परिसञ्चारणमा स्रावित भए पछि यसले पाचनमा शर्कराको उपयोगितालाई अवसर दिन्छ। यसको खोज 1921 मा भएको थियो। त्योभन्दा पहिल मधुमेहबाट ग्रस्त व्यक्तिहरूका लागि इलाज गर्नेधेरै सम्भावना थिएन। इन्सुलिनको आविष्कार हुनाले मधुमेहले पीड़ित मान्छेका लागियो जीवनदायी औषधि मानियो। यस्तो ठानिन्छ कि इन्सुलिन, मधुमेहले पीड़ित व्यक्तिहरूलाई पनि अरू व्यक्तिहरूको जस्तै सामान्य जीवन बाँच्ने असवर प्रदान गर्दछ तर यसका लागि यो आवश्यकता पर्दछ कि मधुमेहले ग्रस्त व्यक्तिले खानपानका बारेमा केही पूर्व निश्चित नियमहरूको पालन गर्नु पर्छ र इन्सुलिनको निर्धरित मात्रा आफ्नो शरीरमा पुऱ्याउदै गर्नु पर्छ। भोजन नियन्त्रणमा यस्ता व्यक्तिलाई मादक द्रव्यहरू र मिठाइहरू आदिबाट स्थायी रूपले पर रहनका लागि भनिन्छ। यसका साथै मधुमेहले ग्रस्त व्यक्तिलाई ती तरिकाहरू अपनाउने र ती पदार्थहरू खाने बानीलाई परिवर्तन गर्नका लागि भनिन्छ जसले मधुमेह उत्पन्न गर्न सक्छ।
इन्सुलिन प्रतिक्रिया कसलाई भनिन्छ?
इन्सुलिनको धेरै मात्रा शरीरमा पुग्यो भने रगतमा शर्कराको मात्रा घटेर जन्छ। यस स्थितिलाई होपोग्लेसिमिया भनिन्छ तथा यस प्रतिक्रियालाई इन्सुलिन प्रतिक्रिया भनिन्छ। यस प्रतिक्रियामा शिरमा हलुको पन, कम्पन, अशक्तता, पसिना आउनु र भोक लाग्ने आदि लक्षण उत्पन्न हुन सक्छन्। गम्भीर प्रतिक्रिया भएको स्थितिमा मधुमेहले ग्रस्त रोगीले आफ्नो होस् हराउन सक्छन्।
अर्कोतिर इन्सुलिनको मात्रामा कमी, अधिक मात्रामा बोसो अम्लहरूको जमा हुनु। यसले पूरै तन्त्रलाई विषाक्त बनाउछ जसलाई रक्ताम्लता भनिन्छ। अन्ततोगत्वा यो स्थितिमा मधुमेहको रोगी मूर्छा पर्छ र यदि तत्काल यसको चिकित्सा गर्न सकिएन भने रोगीका जीवनलाई खतरा हुन सक्छ। साधारणत: आजभोलि मधुमेहका रोगी मूर्छा पर्ने स्थिति आउदैन तर आफ्नो आहार प्रति हेलचेकऱ्याई गर्दा र इन्सुलिन लिइरहेका रोगीहरूद्वारा त्यसको समुचित मात्रा नलिने गर्दा जहिले पनि यो स्थिति आउन सक्छ।
मधुमेह बढने स्थिति कुन चीजहरूमा निर्भर गर्दछ?
मधुमेह बढने स्थिति धेरै कारकहरूमा निर्भर गर्दछ। उमेर एउटा कारक हुन सक्छ। अनुवंशिक परिस्थतिहरू पनि एउटा कारक हुन सक्छ। यसका साथै रहन-सहनका हाम्रा गलत बानीहरूले पनि हाम्रो शरीरलाई प्रभावित पार्दछ।
अनियन्त्रित मधुमेहको लक्षण के हो?
प्रारम्भिक अवस्थामा यसका प्राय: कुनै विशेष लक्षण देखिँदैनन् तर जब रगतमा शर्कराको स्तर बढन थाल्दछ तब निम्नलिखितमध्ये कुनै एउटा वा धेरै लक्षण देखिन सक्छन्–
आँखाका लेंसको आकार फेरिनु जसले गर्दा नेत्रज्योति धमिलो हुन थाल्दछ।
रगतमा शर्कराको स्तर बढनाले बाहिरी संक्रमणको प्रति शरीरको रक्षा तन्त्र कमजोर हुन्छ परिणामस्वरूप छाला, पेसाबर फोक्सोमा सङ्क्रमण हुन्छ।
पेसाबको प्रवाह बढेर पटक-पटक पेसाब फेर्न जानु पर्छ।
पटक-पटक पेसाब फेर्नाले शरीरमा सञ्चित द्रव खर्च हुन थाल्दछ। त्यसैले तिर्खा लाग्दछ किनकि खर्च भएको द्रवको पूर्ति गर्न सकियोस्।
पटक-पटक पेसाब गर्नाले शरीरका लागि आवश्यक पर्ने धेरै रसायनिक पदार्थ शरीरबाट बाहिर निस्कन्छ फलतः शरीरमा थकाइ, कमजोरी रखुट्टामा ऐठन हुन थाल्छ तथा वजन पनि घट्न थाल्दछ।
शरीरबाट अत्याधिक मात्रामा द्रव निस्कँदा निर्जली करणको स्थिति आइ पर्छ। सास फेर्दा रोकिन थाल्दछ तथा कुनैबेला रोगी मुर्छा पर्छ।
एकजना स्वस्थ व्यक्तिको रगतमा शर्कराको सामान्य स्तर कति हुनु पर्छ?
यस्ता मान्छेमा जसलाई मधुमेह रोग छैन बिहान खाली पेटमा रक्त शर्कराको स्तर (रातभरि उपवास रहे पश्चात्) 90 मि. ग्रा./डीएल. तथा खाना खाए पछि 145 मि. ग्रा./डीएल. हुनु पर्छ। मधुमेह अनियन्त्रित भएको स्थितिमा 500 मि. ग्रा./डीएल. वा योभन्दा पनि धेर हुन सक्छ।
के मधुमेहका प्रत्येक रोगीले कुनै न कुनै दिन यसका जटिलताहरूको सिकार हुनुपर्छ?
यो आवश्यक होइन। यदि मधुमेह राम्रोसँगले नियन्त्रित गरिएको छ भने, पर्याप्त सावधानता अवलम्बन गर्दा मोटोपन आदि रोगबाट बाँचियो भने धेरैजसो जटिलताहरूलाई सीमित गर्न सकिन्छ। तापनि पूर्ण रूपले नियन्त्रित मधुमेहका रोगी पनि कुनै एक वा अन्य जटिलताहरूबाट पीडित हुन सक्छन्।
मधुमेह अनियन्त्रित हुने कारण के के हुन्?
रोगीको दिनचर्यासँग सम्बन्धित धेरै चीजहरूले उसका रगतमा शर्कराको स्तरलाई प्रभावित पार्न सक्छ। यिनमा प्रमुख हुन्–
शारीरिक श्रमको अभाव
आहार नियन्त्रणको अभाव
कतिपय औषिधीहरू
तनाउ, र
सङ्क्रमण
माथिका कारणहरूले रगतमा शर्कराको स्तर बढेर मधुमेहलाई अनियन्त्रित पार्न सक्छ।
साभार : विकासपेडिया
२२ फागुन, हेटौंडा । रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य विजयी भएका छन् । उनी १० हजार ६ सय ४५ मत प्राप्त गरेर...
२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर-८ मा राष्ट्रिय स्वतन्त्र पार्टी...
२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरगत रुकुम (पूर्व) मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक...
२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचन अन्तरगत मनाङमा नेपाली कांग्रेस विजयी भएको छ ।मनाङमा कांग्रेसका...
२२ फागन, हेटौंडा । मोरङमा मत गणनास्थलमा प्रतिनिधि बसेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको मृत्यु...
२२ फागुन, हेटौंडा । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङ नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका योगेश गौचनले...
२२ फागन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विजयी शुरूवात गरेको छ । रास्वपाका उम्मेदवार रञ्जु...
२२ फागुन,हेटौंडा । मकवानपुरमा बिहीबार सम्पन्न मतदानको गणना शुक्रबार १०:३० बजेबाट सुरु हुने भएको छ । शुक्रबार...
२२ फागन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा...
१३ फागुन,हेटौंडा । हेटौंडामा बुधबार बिहान भएको हिट एण्ड रनको घटनामा २ जनाको मुत्यु भएको छ । पुर्व पश्चिम...
१८ फागुन,हेटौंडा । हेटौंडामा हात्तीगाडीको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । सोमबार दिउसो हेटौडा १०...
१२ फागुन,हेटौँडा । हेटौंडा ११ स्थित यातायात व्यवस्था कार्यालयका अधिकृत, एकजना लेखपढी व्यवसायी गरी २ जनालाई...
१८ फागन, हेटौंडा । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको मतगणनास्थल तय भएको छ । मकवानपुरमा अघिल्लो...
१० फागन, हेटौंडा । फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि यति बेला मतदान अधिकृत तथा सहायक मतदान अधिकृत...
१० फागन, हेटौंडा । फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ...
१४ फागुन, हेटौंडा । मकवानपुरको जिल्ला सुरक्षा समितिले फागुन २१ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनका...
१२ फागुन,हेटौंडा । मकवानपुरको बागमती गाउॅंपालिमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । सोमबार...
११ फागुन, हेटौंडा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा दुई वटा अस्थायी मतदानस्थल स्थापना...


















