Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको डाँफेमुनाल पार्कमा मनाइयो ल्होछार सांस्कृतिक मेला

1-1674392587.jpg

८ माघ, कैलाश । तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका वडा नम्बर २ मा रहेको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले आइतबार ल्होछार साँस्कृतिक मेला आयोजना गरिएको छ ।
मेलाको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गरेका थिए । मेला उद्घाटन गर्दै अध्यक्ष मोक्तानले ग्रामिण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । यस्तै डाँफेमुनाल पार्कलाई अझ आकर्षक पर्यटकिय केन्द्रको रूपमा विकास गरिने बताए ।
मेला उद्घाटन समारोहमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले कैलाशको पर्यटन विकासका लागि मनहरी गाउँपालिकाले सहकार्य गर्ने बताए । यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले कैलाशको पर्यटकिय क्षेत्रलाई मद्दत पुग्नेगरि आफ्नो पालिकामा पर्यटकिय क्षेत्र बनाउनका लागि एक करोड रूपैंया विनियोजन गर्ने बताए ।
वडा नम्वर २ का अध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडाध्यक्षहरु तेजबहादुर ब्लोन, उदासकुमार भ्लोन, सुर्यबहादुर ब्लोन, भुवनसिं घलान, देवलाल बल लगायतको उपस्थिति रहेको थियो । मेलाकै अवसरमा भाईरल पिङको उद्घाटन समेत गरिएको थियो । कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा डाँफेमुनाल पार्कमा १५ लाख रूपैंयाको लागतमा पिङ निर्माण गरिएको थियो ।
साँस्कृतिक मेलामा गायिकाहरू रजनी लामा, प्रतिमा अर्याल, सुमन थापा मगर, लोक गायक रामकुमार नेपाली, श्याम राना, सेलो गायक योगेश लामाले प्रस्तुति दिएका थिए । यसैगरि कलाकार राजुमान रूम्बाले क्यारिकेचर प्रस्तुत गरेका थिए । मेलामा स्थानीय तामाङ समुदायको संस्कार र सँस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावा लगायतका झाँकिहरुको प्रस्तुती समेत गरिएको थियो ।
तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८५९औँ सोनाम ल्होछार २०७९ ह्योई ल्हो (बिरालो वर्ग)को अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको बैकुण्ठमा पहिलो पटक मेला भएको हो । यस वर्ष बाघ वर्षलाई बिदाइ गर्दै बिरालो वर्षलाई स्वागत गर्दै ल्होछार मनाइएको छ ।
 

22-1674392589.jpg
11-1674392633.jpg
2-1674392633.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार