८ माघ, कैलाश । तामाङ समुदायको नयाँ वर्ष अर्थात सोनाम ल्होछारको अवसरमा कैलाश गाउँपालिका वडा नम्बर २ मा रहेको डाँफेमुनाल पार्क बैकुण्ठमा पर्यटन प्रबर्धन गर्ने उद्देश्यले आइतबार ल्होछार साँस्कृतिक मेला आयोजना गरिएको छ ।
मेलाको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले उद्घाटन गरेका थिए । मेला उद्घाटन गर्दै अध्यक्ष मोक्तानले ग्रामिण पर्यटनको विकास, स्थानीय तामाङ समुदायको सँस्कृतिको जगेर्ना, भाषा, भेषभुसा र कलाको संरक्षणमा मद्दत पुर्याउने विश्वास व्यक्त गरे । यस्तै डाँफेमुनाल पार्कलाई अझ आकर्षक पर्यटकिय केन्द्रको रूपमा विकास गरिने बताए ।
मेला उद्घाटन समारोहमा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले कैलाशको पर्यटन विकासका लागि मनहरी गाउँपालिकाले सहकार्य गर्ने बताए । यस्तै धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले कैलाशको पर्यटकिय क्षेत्रलाई मद्दत पुग्नेगरि आफ्नो पालिकामा पर्यटकिय क्षेत्र बनाउनका लागि एक करोड रूपैंया विनियोजन गर्ने बताए ।
वडा नम्वर २ का अध्यक्ष राजेन्द्र घिसिङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा कैलाश गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडाध्यक्षहरु तेजबहादुर ब्लोन, उदासकुमार भ्लोन, सुर्यबहादुर ब्लोन, भुवनसिं घलान, देवलाल बल लगायतको उपस्थिति रहेको थियो । मेलाकै अवसरमा भाईरल पिङको उद्घाटन समेत गरिएको थियो । कैलाश गाउँपालिकाको आर्थिक सहयोगमा डाँफेमुनाल पार्कमा १५ लाख रूपैंयाको लागतमा पिङ निर्माण गरिएको थियो ।
साँस्कृतिक मेलामा गायिकाहरू रजनी लामा, प्रतिमा अर्याल, सुमन थापा मगर, लोक गायक रामकुमार नेपाली, श्याम राना, सेलो गायक योगेश लामाले प्रस्तुति दिएका थिए । यसैगरि कलाकार राजुमान रूम्बाले क्यारिकेचर प्रस्तुत गरेका थिए । मेलामा स्थानीय तामाङ समुदायको संस्कार र सँस्कृतिसँग सम्बन्धित लामा, बोम्बो, लब्तावा लगायतका झाँकिहरुको प्रस्तुती समेत गरिएको थियो ।
तामाङ समुदायको सबैभन्दा ठुलो सांस्कृतिक पर्व २८५९औँ सोनाम ल्होछार २०७९ ह्योई ल्हो (बिरालो वर्ग)को अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको बैकुण्ठमा पहिलो पटक मेला भएको हो । यस वर्ष बाघ वर्षलाई बिदाइ गर्दै बिरालो वर्षलाई स्वागत गर्दै ल्होछार मनाइएको छ ।
८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...
८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...
८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ३०...
८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...
८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...
८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत बाँकी...
८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...
७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...
७ चैत्र, हेटौडा । हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...
२ चैत, हेटौंडा । मकवानपुरको मनहरीमा हेटौंडा जाँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा १३ जना घाइते भएको जिल्ला...
२६ फागुन, हेटौडा । हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई...
१ चैत,हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा टिपर पल्टिदा चालकको ज्यान गएको छ। बकैया गाउँपालिका वडा...
२८ फागुन,हेटौंडा । किताब अध्ययनका पारखिहरुले अब अध्ययनको मज्जा लिन अन्त जान नपर्ने भएको छ। पारखिहरुले...
१ चैत, हेटौंडा । कान्तिलोकपथ स्थित हेटौंडा उप महानगरपालिका वडा नम्बर ५ र ७ को सिमाना नागदह नजिकै बुधबार विहान...
२४ फागुन,हेटौंडा। बुधबार बिहान हेटौडा-१७ कठायत चोकमा भएको मोटरसाइकल र स्कुटर दुर्घटनामा गम्भीर घाइते स्कुटर...
१ चैत, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-११ थानाभर्याङमा जीपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।...
७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...
७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...