Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कैलाश गाउँपालिका

कैलाश गाउँपालिकाद्वारा ६ जना चेलिलाई सम्मान

IMG_20230531_210135-1685546257.jpg

१७ जेठ, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ६ जना चेलिलाई सम्मान गरेको छ । पालिकाले चेलि प्रोत्साहन कार्यक्रम अन्तर्गत बुधबार ६ जना चेलिलाई सम्मान गरेको हो ।
पालिकाको बार्षिक नीति तथा कार्यक्रममा समाबेश भएका कार्यक्रम अन्र्तगत २० हजार रुपैंया नगद र सम्मानपत्र  सहित कैलाश ६ की संगिता ढुंगाना, प्रतिभा अर्याल र लक्ष्मी श्रेष्ठ, कैलाश १० का सरुया प्रजा र उर्मिला थिङ ,त्यसैगरी कैलाश २ कि लक्ष्मी मुक्तानलाई गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले नगद सहित सम्मान गरेका हुन् ।
गाउँपालिका अध्यक्ष मुक्तानले विवाह अघि कम्तिमा पनि १० जोड २ पास गर्नुपर्छ र २० बर्ष पूरा हुनुपर्छ भन्ने सन्देश दिनका लागि प्रोत्साहन कार्यक्रम राखिएको बताए । मुक्तानले देशभरका स्थानीय तहहरुमध्ये पृथक कार्यक्रमको  सुरुवात गरेको सुनाए  ।
“गाउँघरमा छोरीलाई  वालविवाह गर्ने, पढाइबाट बञ्चित गर्ने चलन अझै रहेको र यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने कुरामा विश्वास लिएका छौँ ” – मुक्तानले भने ।
कार्यक्रममा बोल्दै पालिकाका उपाध्यक्ष ठकुरीले कार्यक्रमलाई बृहत रुपमा विस्तार गर्दै लैजाने बताए । त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत अशोक बिष्टले वालविवाह अन्त्यका लागि पालिकाले विभिन्न कार्यक्रम गरिरहेको सुनाए । गाउँपालिका सामाजिक बिकास समिति संयोजक राजेन्द्र घिसिङले यो बर्ष ६ जनालाई सम्मान गरेजस्तै अर्काे बर्ष अझ धेरै चेली सम्मान गर्ने वातावरणका लागि आ–आफ्नो क्षेत्रबाट सबैले काम गर्नुपर्ने बताए । सम्मानित भएसँगै सरुया प्रजाले गाउँपालिकाले चेलि प्रोत्साहन कार्यक्रम मार्फत  सम्मान गरेकोमा आफुलाई उत्साह मिलेको र सामाजिक समस्याको रुपमा रहेको वालविवाह, विद्यालय नजाने जस्ता समस्या समाधनमा लाग्न उर्जा मिलेको बताइन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमतीको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1713834059.jpg

११ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडि भु-भागमा आंशिक...

‘खगेन्द्रप्रसाद’ र ‘रुद्रकली’ कतारी अमिरलाई उपहार
Capture-1713833417.JPG

११ बैशाख, हेटौंडा । आजबाट दुई दिने नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई नेपालले...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति
Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली...

लगानी सहजीकरण सम्बन्धी अध्यादेश ल्याउँने तयारी
Mantriparishad-Baithak-1713789651.jpg

१० बैशाख, हेटौंडा । सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश ल्याउने निर्णय...

तराई मधेशमा अझै पाँच दिन तातो हावा चल्ने
Capture-1713789483.JPG

१० बैशाख, हेटौंडा । तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले...

अर्थ मन्त्रालयमा मरासिनी, पुष्करको प्रधामन्त्री कार्यालयमा सरुवा
Meeting-1713776115.jpg

१० बैशाख, काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीको सरुवा गरेको छ । बैठकले...

पूर्वराष्ट्रपति भण्डारी गणतन्त्र गौरव सम्मानबाट सम्मानित
UML-1713774934.jpg

१० बैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मानबाट सम्मानित गरिएको छ । नेकपा...

सोमबार घट्यो सुनको मूल्य
Blog_Paytm_Gold-Rates-His-1713772698.jpg

१० बैशाख, हेटौंडा । साताको तोस्रो दिन सोमबार नेपाली बजारमा सुनको  मूल्य घटेको छ। आज छापावाला सुन तोलामा  १ लाख...

मंगलवार देशभर सार्वजनिक बिदा
1706827826993-1713771944.jpg

१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...

थप समाचार