Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको नीति तथा कार्यक्रम: क्लिन स्कुल ग्रिन स्कुलदेखि कैलाश अस्पतालसम्म

Screenshot_20230622_13455-1687420936.jpg

७ असार, हेटौंडा । कैलाश गाउँपालिकाले आगामी २०८०।८१ को आर्थिक वर्षमा 'क्लिन स्कुल ग्रिन स्कुल' देखी एम बि बि एस डाक्टर सहितको कैलाश अस्पताल संचालन सम्मको निती सहितको कार्यक्रम सार्वजनिक गरेको छ । 

आज बिहीबार  गाँउपीलिका केन्द्र कालिकाटारमा बसेको १२ औ गाउँसभाको बैठकमा आगामी आर्थिक वर्षको अनुमानित बजेट सार्वजनिक गर्नुको साथै वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष लोक बहादुर मोक्तानले जानकारी दिएका छन्।

मोक्तानका अनुसार आगामी आर्थिक वर्षको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, सडक सञ्जाल, आर्थिक विकास, कृषि र स्वरोजगारलाई प्राथमिकता दिइने भएको हो ।गाउँपालिकाले गिठ्ठा भ्याकुर जस्ता कन्दमुलरुको उचित संरक्षण गरी यसको विकाश र बजारीकरणमा जोड दिइने निती तथा कार्यक्रममा उल्लेख गरिएको बताए । 

त्यसैगरी शिक्षा क्षेत्रको विकास र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्लिन स्कुल ग्रिन स्कुल कार्यक्रमको लागी वृक्षारोपण गरी विद्यालय शैक्षिक गन्तव्यको रुपमा विद्यालयलाई विकास गरिने र स्वास्थ्य क्षेत्रमा एम बि बि एस डाक्टर सहित भिडियो एक्स-रे सहित कैलाश अस्पताल यसै वर्षबाट संचालनमा ल्याइने  जनाइएको छ । 

त्यसैगरी स्वच्छ र सफ़ा पिउने पानी : स्वास्थ्य जिन्दगीनी भन्ने नारालाई सफल गराउन गाउपालिकाको सबै बस्ती र समुदायमा एक घर एक धारा नीति अनुरूप सफ़ा र स्वच्छ पीउनेपानीको व्यवस्था गरिने जनाइएको छ । 
पालिका भित्र रहेका ऐतिहासिक, धार्मिक, सम्पदा, मठ मन्दिर,गुम्बा र पर्यटकीय सम्पदाको पुनः निर्माण र संरक्षण गरिने उल्लेख गरिएको छ । खेलकूद तथा मनोरंजनाका लागि गाउपालिका स्थरिय अध्यक्ष कप फुटबल र भलिबल प्रतियोगितालाई निरन्तरता दिइने जनाइएको छ । चालु आवका कामहरु निरन्तर गरिने आगामी आवमा थप रचनात्मक र जनहितका कामहरु गरिने अध्यक्ष मोक्तानले जानकारी दिएका छन्।

Screenshot_20230622_14273-1687423492.jpg
Screenshot_20230622_14275-1687423492.jpg
Screenshot_20230622_14281-1687423494.jpg
Screenshot_20230622_14282-1687423494.jpg
Screenshot_20230622_14284-1687423528.jpg
Screenshot_20230622_14290-1687423528.jpg
Screenshot_20230622_14291-1687423529.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार