७ असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।
बिहीबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा 'कृषि उत्पादनमा अभिबृद्धि, कैलाश गाउपालिकाको समृद्धि' भन्ने नारासहित कृषिलाई प्राथमिकता दिई नीति तथा कार्यक्रम ल्याइएको जनाइएको हो । पालिकाले बाँझो जग्गाविहिन गाउँपालिका बनाउने उद्धेश्यले जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरूत्साहित गर्ने भएको छ । कृषकलाई आधुनिक औजार र कृषि एवं पशु प्राविधिक जनशक्ति बढाउने, फलफुलको विरूवामा ७५% अनुदान, कृषि विमाका लागि विमांकको २०% रकम कृषकलाई अनुदान दिने जस्ता नीति लिएको पालिकाले जनाएको छ ।
पालिकाले 'कृषकको ग्राहक, स्थानीय सरकार' कार्यक्रममार्फत कृषि उत्पादन स्थानीय सरकारले नै खरिद गरिदिने नीतिलाई दृढताका साथ अवलम्बन गरिने, कृषक सूचिकरण गरि कृषक कार्ड र मल कार्ड वितरण जस्ता नीति तथा कार्यक्रम अघि बढाउने भएको छ । उद्यम प्रवर्द्धनका लागि उद्योगमैत्री कार्यक्रम संचालन, उद्योग स्थापना गर्दा स्थानीय तहमा लाग्ने शुल्कमा केही प्रतिशत छुट दिने, घरेलु मदिरालाई ब्राण्डिङ र गाँजा बैधानिकता दिने संघीय सरकारले नीतिलाई स्वागत गर्दै व्यवसायिकरणका लागि उचित प्रवन्ध गर्ने जनाइएको छ । पर्यटन क्षेत्रलाई कैलाश गाउँपालिकाको रोजगारी एवं विकासको आधार बनाईने, ऐतिहासिक पौराणिकस्थल, चौतारा पाटी पैवाको संरक्षण गर्ने गरी पार्क, बाल उद्यान र प्रौढ पार्कमा परिणत गरिने, बैकुण्ठ पर्यटकीय क्षेत्र, कालिकाटार क्षेत्र, लिक्चे क्षेत्र, देखारी क्षेत्रको प्रवर्द्धन गरिने भएको छ ।
यस्तो छ आर्थिक विकाससम्बन्धी नीतिहरू
१७ बैशाख, हेटौंडा । नेपाली कांग्रेसको युवा दस्ता नेपाल तरुण दलको केन्द्रीय कार्यसमिति भवन निर्माणका लागि तरुण...
१७ बैशाख, काठमाडौं । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको...
१७ बैशाख, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध...
१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...
१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...
१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...
१७ बैशाख, चैनपुर। बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...
१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...
१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । सम्मेलनमा आज...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...