एसईई तयारी गरिरहेका विद्यार्थी विद्यालयमा खाना खाँदै
८ फागुन, हेटौंडा । मकवानपुरको एक विद्यालयले एसईईको तयारी गरिरहेका कक्षा १० का विद्यार्थीलाई खानाको व्यवस्था गरी अध्यापन गरिरहेको छ । कैलाश गाउँपालिका-१० मर्याङकोटस्थित रत्न ज्योति माविले एसईईको तयारी गरिरहेका विद्यार्थीहरुलाई खानाको व्यवस्था गरी अध्यापन गरिरहेको हो ।
विद्यालयबाट २ घण्टासम्मको दुरीबाट विद्यार्थीहरु एसईई तयारी एवं नियमित कक्षा अध्ययनका लागि आउनु पर्ने भएकाले विद्यालयले विहानको खानाको व्यवस्था गरेको सहायक प्रधानाध्यापक निर्जन दुलालले जानकारी दिए । ‘विहान सबेरैबाट कोचिङ शुरु हुने र दिउँसो नियमित कक्षा पनि हुने भएकाले २ घण्टा दुरीसम्मका विद्यार्थीले घरमा खाना खान नभ्याउने भएकाले विद्यालयले आफ्नो आन्तरिक स्रोतबाट विहानी खानाको व्यवस्था गरेको छ ।’–उनले भने । विद्यालयले कक्षा १० मा अध्ययनरत २४ जना विद्यार्थीलाई विहान खानाको व्यवस्था गरेको छ भने दैनिक आउजाउ गर्न नभ्याउने ६ जना विद्यार्थीलाई आवासको व्यवस्था गरेको छ ।
माघ २१ गतेबाट विद्यालयले उनीहरुलाई खानाको सुविधा दिईरहेको र दैनिक करिब ३ हजार रुपैंया खर्च भईरहेको सहायक प्रधानाध्यापक दुलालको भनाई छ । विद्यालयसंग पर्याप्त स्रोत नहुँदा पनि जसोतसो विद्यार्थीहरुको एसईई तयारीमा असर नपरोस् भनेर यस्तो व्यवस्था गरेको विद्यालयले जनाएको छ । यसबर्षको एसईई कक्षा चैत १५ गतेबाट शुरु हुने भएकाले यो अवधीसम्म विद्यार्थीहरुलाई यस्तो सुविधा उपलव्ध गराउने विद्यालयको भनाई छ ।
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















