Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम

Kailash-Photo1-1709099353.jpg

१६ फागुन, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले ‘वडा वडामा न्यायिक समिति’ कार्यक्रम संचालन गरिरहेको छ । गाउँपालिकाले वडा तहसम्म न्यायमा पहुँच अभिबृद्धिका लागि वडा वडामा न्यायिक समिति कार्यक्रम संचालन गरिरहेको हो ।
पालिकाले बार्षिक कार्यक्रम अन्तरगत फागुन ११ गतेदेखि २१ गतेसम्म पालिकाका सबै वडामा पुगेर कार्यक्रम गर्ने भएको छ । वडाबासीलाई सहज र सरल रूपमा न्यायमा पहुँच पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गरिएको न्यायिक समिति संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले जानकारी दिए । कार्यक्रममार्फत संविधानको धारा २१७ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४६ र ४७ ले दिएको न्यायिक समितिको क्षेत्राधिकार र प्रक्रियाको बिषयमा जानकारी गराउनुका साथै क्षेत्राधिकार बाहिरका मुद्धामा कसरी न्याय प्राप्त गर्ने भन्ने बारेमा अवगत गराईएको उनको भनाई छ ।
कार्यक्रममा सहभागी वडाका नागरिकले न्यायिक समितिको काम, प्रक्रिया लगायतका बारेमा वडामै आएर जानकारी गराउँदा आफुहरुलाई सहज भएको बताएका छन् । उनीहरुले बार्षिक रुपमा यस्तो कार्यक्रमलाई निरन्तरता दिंदै अझ टोल तहसम्म पुर्याउन सुझाव दिएका छन् । कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, न्यायिक सहजकर्ता लगायतको सहभागिता रहने गरेको छ ।

Kailash-Photo2-1709099353.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार