नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मोक्तान
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिकामा भएको १४ औं गाउँसभामा पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनले गाउँपालिकाको योजना तर्जुमा गर्दा क्षेत्रगत नीतिहरू अवलम्वन गरिएको जनाएको छन् ।पालिकाले विगतमा गर्दै आएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिई थप कार्यक्रमहरु गर्दै लैजाने नीति समेत लिएको छ ।
**'क्षेत्रगत नीतिहरू***
१. किसान सूचीकरण कार्यक्रम, मकै बाली प्रवर्द्धन, एकल महिला लक्षित कृषि प्रवर्द्धन, माटो परीक्षण आकस्मिक रोग किरा नियन्त्रण, च्याउ खेती तालिम तथा प्रवर्द्धन गरी कृषि तर्फ ९० लाख ५१ हजार बजेट विनियोजन गरिएको।
२. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, नमुना युवा कार्यक्रम, ५० प्रतिशत अनुदानमा रिटर्निग उद्यमशीलता कार्यक्रम सहित उद्योग विकासतर्फ ३१ लाख विनियोजन गरिएको छ।
३. गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटका लागि जिपलाइन पूर्वाधारको निर्माण, प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन लगायत पर्यटन तर्फ ५४ लाख बजेट विनियोजन गरेको छ।
४. सिचाई सुविधा प्रदान गरी खोतीयोग्य क्षेत्रको बढोत्तरी गर्न सिचाई तर्फ विभित्र योजनाहरू गरी ५७ लाख ३५ हजार बजेट विनियोजन गरेको छ।
५.पशु विमा, पशु पन्छी विकास तर्फ २२ लाख ७२ हजार विनियोजन
६. संघीय सशर्त बजेट अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि ७१ लाख ७१ हजार सहित सम्रग आर्थिक विकास तर्फ ३ करोड २७ लाख २९ हजार रकम विनियोजन गरेको छ।
७.मनहरी खोलामा पक्की पुल देखि नामटार कालिकाटार सडकको सल्याव ढलानका लागि संघको ६५ लाख र गाउँपालिकाको ७० लाख गरी कुल १ करोड ३५ लाख र कीर्तीमान डाँडा हुदै बनझाक्री खोलासम्म सडक स्तरोन्नति र सलबास हुदै सानोडाँडाखर्क सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट १/१ करोड र गाउँपालिकाको १/१ करोड गरी ४ करोड विनियोजन
८.भवन आवास तथा सहरी विकास तर्फ १ करोड ६० लाख रकम विनियोजन र वडा नम्बर ९ को प्रशासनिक भवन निर्माणका लागि २० लाख बजेट विनियोजन गरेको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ७६ लाख ५ हजार ७१८ रुपैयाँ रकम विनियोजन गरिएको छ।
९. कैलाश रेडियो कार्यक्रम संचालन गरिने
१० अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई निरन्तरता दिइएको जसका लागि क्रमशः ८ लाख र ५ लाख रकम विनियोजन गरिएको छ।
११.युवा तथा खेलकुद तर्फ ४० लाख ५० हजार बजेट विनियोजन
१२.चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको
१३. शिक्षा तर्फ संघ, प्रदेश र गाउँपालिकाको समेत गरी १५ करोड ३२ लाख ८१ हजार बजेट विनियोजन गरिएको
१४. मातृ तथा नवजात कार्यक्रम अन्तर्गत आमा सुरक्षा गर्भवती उत्प्रेरण सेवा नवजात शिशुको निःशुल्क उपचारका लागि गरी सम्रग स्वास्थ्य तर्फ गाउँपालिका, प्रदेश र संघीय सरकारको रकम सहित ३ करोड ४० लाख ५० हजार रकम विनियोजन गरिएको छ।
१५. अध्यक्षसंग विपन्न नागरिक कार्यक्रमलाई निरन्तरता दिदै ६ लाख बजेट विनियोजन गरिएको छ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







