नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष मोक्तान
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आव २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिकामा भएको १४ औं गाउँसभामा पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
उनले गाउँपालिकाको योजना तर्जुमा गर्दा क्षेत्रगत नीतिहरू अवलम्वन गरिएको जनाएको छन् ।पालिकाले विगतमा गर्दै आएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिई थप कार्यक्रमहरु गर्दै लैजाने नीति समेत लिएको छ ।
**'क्षेत्रगत नीतिहरू***
१. किसान सूचीकरण कार्यक्रम, मकै बाली प्रवर्द्धन, एकल महिला लक्षित कृषि प्रवर्द्धन, माटो परीक्षण आकस्मिक रोग किरा नियन्त्रण, च्याउ खेती तालिम तथा प्रवर्द्धन गरी कृषि तर्फ ९० लाख ५१ हजार बजेट विनियोजन गरिएको।
२. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम, नमुना युवा कार्यक्रम, ५० प्रतिशत अनुदानमा रिटर्निग उद्यमशीलता कार्यक्रम सहित उद्योग विकासतर्फ ३१ लाख विनियोजन गरिएको छ।
३. गाउँपालिकामा आन्तरिक तथा बाह्य पर्यटका लागि जिपलाइन पूर्वाधारको निर्माण, प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन लगायत पर्यटन तर्फ ५४ लाख बजेट विनियोजन गरेको छ।
४. सिचाई सुविधा प्रदान गरी खोतीयोग्य क्षेत्रको बढोत्तरी गर्न सिचाई तर्फ विभित्र योजनाहरू गरी ५७ लाख ३५ हजार बजेट विनियोजन गरेको छ।
५.पशु विमा, पशु पन्छी विकास तर्फ २२ लाख ७२ हजार विनियोजन
६. संघीय सशर्त बजेट अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रममा लागि ७१ लाख ७१ हजार सहित सम्रग आर्थिक विकास तर्फ ३ करोड २७ लाख २९ हजार रकम विनियोजन गरेको छ।
७.मनहरी खोलामा पक्की पुल देखि नामटार कालिकाटार सडकको सल्याव ढलानका लागि संघको ६५ लाख र गाउँपालिकाको ७० लाख गरी कुल १ करोड ३५ लाख र कीर्तीमान डाँडा हुदै बनझाक्री खोलासम्म सडक स्तरोन्नति र सलबास हुदै सानोडाँडाखर्क सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट १/१ करोड र गाउँपालिकाको १/१ करोड गरी ४ करोड विनियोजन
८.भवन आवास तथा सहरी विकास तर्फ १ करोड ६० लाख रकम विनियोजन र वडा नम्बर ९ को प्रशासनिक भवन निर्माणका लागि २० लाख बजेट विनियोजन गरेको छ। सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र तर्फ ७६ लाख ५ हजार ७१८ रुपैयाँ रकम विनियोजन गरिएको छ।
९. कैलाश रेडियो कार्यक्रम संचालन गरिने
१० अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई निरन्तरता दिइएको जसका लागि क्रमशः ८ लाख र ५ लाख रकम विनियोजन गरिएको छ।
११.युवा तथा खेलकुद तर्फ ४० लाख ५० हजार बजेट विनियोजन
१२.चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिएको
१३. शिक्षा तर्फ संघ, प्रदेश र गाउँपालिकाको समेत गरी १५ करोड ३२ लाख ८१ हजार बजेट विनियोजन गरिएको
१४. मातृ तथा नवजात कार्यक्रम अन्तर्गत आमा सुरक्षा गर्भवती उत्प्रेरण सेवा नवजात शिशुको निःशुल्क उपचारका लागि गरी सम्रग स्वास्थ्य तर्फ गाउँपालिका, प्रदेश र संघीय सरकारको रकम सहित ३ करोड ४० लाख ५० हजार रकम विनियोजन गरिएको छ।
१५. अध्यक्षसंग विपन्न नागरिक कार्यक्रमलाई निरन्तरता दिदै ६ लाख बजेट विनियोजन गरिएको छ।
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...










-nepal-1792111426.jpg)







