Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा जारी राष्ट्रपति रनिङ्ग शिल्ड भवानी माविको पोल्टामा

Screenshot_20250220_19502-1740060493.jpg

८फागुन,हेटौंडा।मकवानपुरको कैलाश गाउँपालिकामा जारी पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको शिल्ड कैलाश-३ मा रहेको भवानी माध्यामिक विद्यालयको पोल्टा पर्न सफल भएको छ। 

भवानी मा विले ९ स्वर्ण, एक रजत र २ कास्य पदक प्राप्त गर्दै कैलाश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड हात पार्न सफल भएको हो। कैलाश गाउँपालिकाको आयोजना तथा पहिलो पटक कैलाश खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा ६ वटा विद्यालय सहभागि रहेका थिए। भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भएको थियो । प्रतियोगितामा ४ स्वर्ण, एक  कास्य पदक सहित कैलाश २ मा अवस्थित कमलादेवी मावि द्वितीय भएको छ भने २ स्वर्ण, ५ रजत र ६ कास्य पदक सहित  कैलाश ९ मा अवस्थित कालिका माविले तृतीय स्थान हासिल गरेको छ । 

प्रतियोगितामा हाइजम्प खेलमा छात्रातर्फ समूना मल्ल, गोमा बर्तौला र रुथ जिम्बा क्रमशः प्रथम, द्धितीय र तृतीय भएका छन् भने छात्रतर्फ नमराज मुक्तान, उसप मुक्तान र विशाल मोक्तान क्रमशः प्रथम, द्धितीय र तृतीय भएका थिए ।  
त्यस्तै, सटपुट खेलको छात्रातर्फ सरिता सुनार प्रथम, भीममाया गुरुङ द्धितीय र लक्ष्मी थोकर तृतीय भएका छन् भने छात्रतर्फ अजित थिङ प्रथम, उदय मुक्तान द्धितीय र साजन कुमार वाईवा तृतीय भएको कैलाश खेलकुद विकास समितिका सदस्य सचिव तथा शिक्षा शाखा प्रमुख समीर जोशीले बताएका छन्। 
त्यसैगरी ज्यावलिङ थ्रो खेलमा छात्रातर्फ मुना गुरुङ प्रथम, प्रियन्ना थिङ द्धितीय र मनिषा मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ नवराज मुक्तान प्रथम, दिवाकर प्रजा द्धितीय र सोनाम घिसिङ तृतीय भएका छन् । 
त्यस्तै, लङ्गजम्पको छात्रातर्फ समूना मल्ल प्रथम, विनिता थिङ द्धितीय र गोमा बर्तौला तृतीय भएका छन् । ८ सय मिटर दौडको छात्रतर्फ अनक मुक्तान प्रथम, विकास थिङ द्धितीय र विप्लव घिसिङ तृतीय भएका छन् । 
प्रतियोगिताको ४ सय मिटर दौडको छात्रातर्फ सदीक्षा गुरुङ प्रथम, रेश्मा स्याङ्बो द्धितीय र सञ्जमाया मुक्तान तृतीय भएका छन् भने छात्रतर्फ  रमन थिङ प्रथम, सुरेश खड्का द्धितीय र सुनील प्रजा तृतीय भएका छन् ।
यसैगरी २ सय मिटर दौडको छात्रातर्फ सविना वाईवा प्रथम, मनिषा नेगी द्धितीय मनमाया बुलुन तृतीय भएका छन् र छात्रतर्फ आमोश चेपाङ प्रथम, सुदीप मुक्तान द्धितीय र दिवाकर प्रजा तृतीय भएका छन् ।  एक सय मिटर दौडको छात्रातर्फ प्रकृति सुवेदी प्रथम, गोमा बर्तौला द्धितीय र सविना वाईवा तृतीय भए भने छात्रतर्फ विकास थिङ प्रथम, विकास परियार द्धितीय र नीमा थिङ तृतीय भएको शिक्षा शाखा प्रमुख जोशीले बताए । 
भलिबलतर्फको खेलमा कमलादेवी माध्यामिक विद्यालय विजेता बनेको थियो भने उपविजेता भने धुवाङ माध्यामिक विद्यालय रहेको जनाइएको छ ।  
समितिका संयोजक मोहन वाईवाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्यतामा प्रतियोगिता आयोजना गरिएको थियो । विजयी भएका विद्यालयलाई पालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्लले शिल्ड, प्रमाणपत्र तथा मेडल प्रदान गरेका थिए । 
प्रतियोगितामा कमलादेवी मावि कैलाश-२, भवानी मावि कैलाश-३, व्यास मावि कैलाश-६, धुवाङ्ग मावि कैलाश-८, कालिका मावि कैलाश-९ र रत्नज्योति मावि कैलाश-१० का विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएको जोशीले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार