कास्कीको जीपलाईन अवलोकन गर्दै मुक्तान सहितको टोली
११ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकामा पनि जीपलाईन संचालनमा आउने भएको छ। कैलाश वडा नम्बर २ मा जीपलाईन निर्माण हुनेछ।
कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानले निर्माण कार्य पुरा गरेर छिटो भन्दा छिटो जीपलाईन सञ्चालन गरिने बताएका छन्। अघ्यक्ष मुक्तानले एक साताभित्र परीक्षण गर्ने तयारीमा रहेको सोही अनुसार काम अगाडी बढि रहेको बताएका छन् ।
धार्मिक तथा पर्यटकीय प्रवद्र्धनका लागि बुहवर्षिय योजना बनाई ठेक्का प्रणालीमा कार्य गरिएको अध्यक्ष मोक्तानले बताए । कैलाश र बैकुण्ठका दुई धार्मिक तथा पर्यटकीय स्थलका पहाडलाई जोड्ने गरी जीपलाईन निर्माण गरिएको जनाइएको छ।
उक्त जीपलाईन १२ सय मिटर लामो रहेको र जीपलाईन बाहेकका अन्य संरचना निर्माण गर्न समेत बाकीँ रहेको अध्यक्ष मुक्तानले जनाएका छन् ।
आर्थिक बर्ष २०८०। ०८१ म फोरजी कम्पनीले सम्भाव्यता अध्ययन पश्चात काम सुरु गरिएको हो। यता गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान सहित पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी, प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, लेखा प्रमुख नवीन धिताल, योजना शाखा प्रमुख नरेन्द्र दत्त भट्ट र पालिकाका प्राविधिकहरुको टोलीले शनिबार कास्की साराङकोटमा सञ्चालित जीपलाईनको आवश्यक अध्ययन अवलोकन गरेको थियो । यता जीपलाईको अप्रेसन तथा ब्रेकिङ्ग सिस्टम बारेमा अध्ययन गरिएको योजना शाखा प्रमुख नरेन्द्रदत्त भट्टले बताए। प्राविधिक टोलीहरु यही सातामा कैलाश आउने र प्रारम्भिक परीक्षण गरिने योजना रहेको प्रमुख भट्टले बताए।जीपलाईन सञ्चालनका लागि आवश्यक कर्मचारीलाई सीप तालिम सहित आवश्यक तयारी गाउँपालिकाले अझै गर्न बाकीँ रहेको जनाइएको छ। कैलाशमा जीपलाईन संचालनमा आएपछि कैलाशमा पर्यटकीय संभावना छ भन्ने कुरालाई पुष्टि गर्नेछ।
२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...


















