Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा ६ चेपाङले आवास निर्माणका लागि गरे सम्झौता

Screenshot_20250224_17560-1740399133.jpg

१२ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिने कैलाश  गाउँपालिकाका ६ जना चेपाङले आवास भवन निर्माणको लागि पालिकासंग सम्झौता गरेका छन् ।

सोमबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठले लाभग्राही रहेका ६ जना चेपाङलेआवास भवन निर्माणका लागि सम्झौता गरेका हुन् । 
बागमती प्रदेश सरकारबाट चेपाङ, वनकरिया, बोटे, माझीको एकीकृत बस्ती तथा आवास कार्यक्रम अन्तरगत उक्त सम्झौता गरिएको हो ।  लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले कार्यालयको मापदण्ड अनुरुप घर बनाउनु भन्दै गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
सम्झौता गर्ने काम नगर्ने गर्न कसैलाई छुट नभएकाले आफ्नो बस्ने आवास बनाउन छिट्टै सुरुवात गर्नुहुन अनुरोध गरे । राज्यले घर बनाउनको लागि लगानी गरी सहयोग गरेको हो । काम गर्दा प्राविधिक पक्षलाई पनि ख्याल गर्दै काम गरिनुपर्ने बताए । नापजाँच गर्दा सानो बनेको अवस्था सिर्जना भयो भने प्राप्त हुने रकम कट्टि हुने भएकाले सोच विचार गरेर जेठ सम्ममा घर निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्। 
 सिफारिस माग भए बमोजिम यस आवमा कैलाश वडा नम्बर ३ का तीन जना र कैलाश वडा नम्बर ४का तीन जना गरी ६ जनाको नाम सिफारिस गरेको हो। यता पालिका अध्यक्ष मुक्तानले गत आर्थिक वर्षमा २५ जनाले सम्झौता गरेको र यस वर्ष पनि विगत देखी स्थायी रुपमा बसोबास गरेका चेपाङ परिवार भवन निर्माणको लागि छनौट गरी सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताएका छन्। 
लाभग्राहीले दुई कोठे १२ /१२ फिटको घर निर्माण गर्नुपर्ने मापदण्ड रहेको कार्यालयको कैलाशका फोकल पर्सन सुर्दशन दवाडीले बताएका छन् ।
दुई कोठे भवन सँगै सम्झौता अनुरुप शौचालय समेत निर्माण गरिनुपर्ने बताए । चार लाखमा कट्टि गरी हामीले सम्झौता अनुरुप तीन लाख ८४ हजार लाभग्राहीलाई प्रदान गर्छौ । तीन किस्तामा उनीहरुले रकम पाउनेछन् । पहिलो किस्तामा भवनको जग खनेपश्चात २० प्रतिशत रकम, दोस्रो किस्ता सिल लेवल (झ्याल सम्म) निर्माण पश्चात ४० प्रतिशत रकम र भवन निर्माण पश्चात ४० प्रतिशत रकम प्राप्त गर्ने दवाडीले बताएका छन् ।
लाभग्राहीले खाता नम्बर र प्यान नम्बर कार्यालयमा बुझाउनुपर्ने छ । सम्झौता गर्नेमा कैलाश ३ का ज्ञानमाया प्रजा, रामचन्द्र प्रजा, खुसीलाल चेपाङ र कैलाश ४ का प्रविण  प्रजा, हरिमाया प्रजा चेपाङ र गंगालाल प्रजा रहेको दवाडीले बताए । सम्झौता कार्यक्रममा सहरी विकास तथा भवन कार्यालय हेटौंडाका लेखा अधिकृत खिमानन्द पौडेल, अधिकृत सुरेन्द्र राई, सामाजिक परिचालक खेम प्रजा, लगायतको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार