१२ फागुन, हेटौंडा। मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाका ६ जना चेपाङले आवास भवन निर्माणको लागि पालिकासंग सम्झौता गरेका छन् ।
सोमबार गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षतामा बसेको बैठले लाभग्राही रहेका ६ जना चेपाङलेआवास भवन निर्माणका लागि सम्झौता गरेका हुन् ।
बागमती प्रदेश सरकारबाट चेपाङ, वनकरिया, बोटे, माझीको एकीकृत बस्ती तथा आवास कार्यक्रम अन्तरगत उक्त सम्झौता गरिएको हो । लाभग्राहीलाई लक्षित गर्दै गाउँपालिका अध्यक्ष मुक्तानले कार्यालयको मापदण्ड अनुरुप घर बनाउनु भन्दै गर्दै समयमै निर्माण सम्पन्न गर्न आग्रह गरेका छन् ।
सम्झौता गर्ने काम नगर्ने गर्न कसैलाई छुट नभएकाले आफ्नो बस्ने आवास बनाउन छिट्टै सुरुवात गर्नुहुन अनुरोध गरे । राज्यले घर बनाउनको लागि लगानी गरी सहयोग गरेको हो । काम गर्दा प्राविधिक पक्षलाई पनि ख्याल गर्दै काम गरिनुपर्ने बताए । नापजाँच गर्दा सानो बनेको अवस्था सिर्जना भयो भने प्राप्त हुने रकम कट्टि हुने भएकाले सोच विचार गरेर जेठ सम्ममा घर निर्माण सम्पन्न गर्न आग्रह गरेका छन्।
सिफारिस माग भए बमोजिम यस आवमा कैलाश वडा नम्बर ३ का तीन जना र कैलाश वडा नम्बर ४का तीन जना गरी ६ जनाको नाम सिफारिस गरेको हो। यता पालिका अध्यक्ष मुक्तानले गत आर्थिक वर्षमा २५ जनाले सम्झौता गरेको र यस वर्ष पनि विगत देखी स्थायी रुपमा बसोबास गरेका चेपाङ परिवार भवन निर्माणको लागि छनौट गरी सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताएका छन्।
लाभग्राहीले दुई कोठे १२ /१२ फिटको घर निर्माण गर्नुपर्ने मापदण्ड रहेको कार्यालयको कैलाशका फोकल पर्सन सुर्दशन दवाडीले बताएका छन् ।
दुई कोठे भवन सँगै सम्झौता अनुरुप शौचालय समेत निर्माण गरिनुपर्ने बताए । चार लाखमा कट्टि गरी हामीले सम्झौता अनुरुप तीन लाख ८४ हजार लाभग्राहीलाई प्रदान गर्छौ । तीन किस्तामा उनीहरुले रकम पाउनेछन् । पहिलो किस्तामा भवनको जग खनेपश्चात २० प्रतिशत रकम, दोस्रो किस्ता सिल लेवल (झ्याल सम्म) निर्माण पश्चात ४० प्रतिशत रकम र भवन निर्माण पश्चात ४० प्रतिशत रकम प्राप्त गर्ने दवाडीले बताएका छन् ।
लाभग्राहीले खाता नम्बर र प्यान नम्बर कार्यालयमा बुझाउनुपर्ने छ । सम्झौता गर्नेमा कैलाश ३ का ज्ञानमाया प्रजा, रामचन्द्र प्रजा, खुसीलाल चेपाङ र कैलाश ४ का प्रविण प्रजा, हरिमाया प्रजा चेपाङ र गंगालाल प्रजा रहेको दवाडीले बताए । सम्झौता कार्यक्रममा सहरी विकास तथा भवन कार्यालय हेटौंडाका लेखा अधिकृत खिमानन्द पौडेल, अधिकृत सुरेन्द्र राई, सामाजिक परिचालक खेम प्रजा, लगायतको उपस्थिती रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)