Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा मनाइयो मगर दिवस

Screenshot_20250227_20111-1740666465.jpg

१५ फागुन, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकालामा मगर दिवस मनाइएको छ। नेपाल मगर सङ्घकाे ४३औं  स्थापना दिवसकाे अवसरमा सांस्कृतिक कार्यक्रम सहित कैलाशमा मगर स्थापना दिवस मनाइएको हो।  नेपाल मगर संघ कैलाश गाउँ कार्य समिति तथा नेपाल मगर मजुवा गुठीकाे  व्यवस्थापनमा कैलाश ६ मजुवामा साँस्कृतिक कार्यक्रम आयाेजना गरेर मगर दिवस मनाइएको हो। 
 मगर संघ कैलाश गाउँ समितिका अध्यक्ष  तुलराज दर्लामी मगरकाे सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तानकाे प्रमुख आतिथ्यतामा कार्यक्रम मनाइएको हो। उक्त अवसरमा गाउँपालिकाले  वाद्यबाधक सामाग्री, भेषभुषा लगायत अन्य सामाग्री खरिदका लागि पालिकाबाट यसवर्ष तीनलाख बजेट स्वीकृत गरिएकाे अध्यक्ष मोक्तानले बताएका छन् । 

कार्यक्रममा बाेल्दै गाउँपालिका अध्यक्ष मुक्तानले पालिका भित्र रहेका कला संस्कृति र परम्परालाई जाेगाउनु स्थानीय सरकारकाे दायित्व रहेकाे बताएका छन्। पञ्चेबाजा तालिममा युवा पुस्ताकाे सहभागीताले पुस्ता हस्तान्तरणकाे अभ्यास रहेकाे प्रति सङ्घलाई धन्यवाद दिँदै तीन पुस्ताले एकैपटक बाजा बजाउँदा आफुलाई गर्व लागेकाे अध्यक्ष मुक्तानले बताए  ।  कार्यक्रम पालिका उपाध्यक्ष बालकुमार मल्लले मगरबाजा बजाउन बाहिरबाट ल्याउनुपर्ने बाध्यतालाई राेक्न पञ्चेबाजाका सामाग्रीहरु प्रदान गरेर गाउँमै बाजा बजाउने व्यवस्थापन गरिएको बताए ।  
कार्यक्रम वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र घिसिङले  आफू तामाङ समुदायको भए पनि मगर समुदायको कला संस्कृति, रहन सहन  मनपर्छ । मगरकाे उद्गम स्थल पश्चिमका पहाडी जिल्ला हुन तर अहिले देशका विभिन्न भागमा मगर समुदायको विस्तार भएको छ । मिश्रित रुपमा बसाेबास हुँदै  अहिले सबै सङ्ग मिलेर बसाेबास गरिरहेकाे अवस्था रहेकाे वडाध्यक्ष घिसिङले बताए । मगर समुदायको मुख्य पर्व माघे सङ्क्रान्ति हाे भने हामीले मान्ने भनेकाे फागुन १५ काे दिवसलाइ भव्य मनाउने गरेकाे सङ्घका अध्यक्ष तुलराज दर्लामीले बताए ।  भाषा र लिपी ओझेलमा परेकाे अवस्था रहेछ, भाषा संरक्षणमा सबै क्षेत्र लाग्नुपर्ने बताए । हामी हिन्दु भन्दा पनि बाैद्घ धर्मावलम्बी रहेकाे ईतिहास समेत रहेकाे उनले बताए।कार्यक्रममा कैलाश वडा २ का वडाध्यक्ष तथा सामाजिक विकास सिमितका संयाेजक  राजेन्द्र घिसिङ, मगर सङ्घ जिल्ला सदस्य  खड्गबहादुर रुचालमगर, आादिबासी जनजाति महासङ्घ मकवानपुरका सहसचिव तीलकबहादुर आलेमगर, वडा नम्बर ६का वडा सदस्य शम्भु अर्याल र जीतबहादुर थिङ, मगर सङ्घका गाउँसमितिका सल्लाहकार प्रेमबहादुर रानामगर, नेपाली काङ्ग्रेसका वडा ६ सभापति कृष्णबहादुर माेक्तान, नेकपा माओवादी केन्द्रका पालिका सचिव सुरेश घिमिरे, मगर सङ्घ गाउँ समितिका सचिव केशव थापामगर बाजा प्रशिक्षक महेन्द्र नेपाली लगायतकाे आतिथ्यता रहेकाे थियो । 
कार्यक्रममा ओम नमाे बुद्ध मगर नाैमति बाजा समूहकाे प्रस्तुति रहनुका साथै स्थानीय कलाकारहरु मगर नृत्य प्रदर्शनी गरिएको थियो । साेहि अवसरमा गाउँपालिकाकाे आर्थिक सहयोगमा ॐ नवाेबुद्ध नाैमति बाजा समूहलाई हार्माेनियम १ थान, किवाेर्ड १ थान, टाेपी २० थान, गितार १ थान, टेम्पाे १ थान, ढाेलक १ थान, बाँसुरी २ थान, मजिरा १ थान, मादल २ थान, सानाे मगर ड्रेस १ थान, घलेक २० थान, नरसिंहा ४ थान, सनई २ थान, नाैमति ड्रेस २३ थान, क्याप २३ थान, खैजेडी २ थान लगायतकाे सामाग्री प्रदान गरिएको थियाे । गाउँपालिकाकाे आयाेजनामा  मगर समुदायका युवा पुस्तालाई समेट्दै १ महिने पञ्चेबाजा तालिम  प्रदान गरिएको थियाे । तालिममा सहभागीहरुलाई कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियाे ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार