Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा वित्तीय समानीकरण अनुदान रकम ९ करोड ८३ लाख

Screenshot_20250129_08340-1742352055.jpg

६ चैत, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ मा वित्तीय समानीकरण अनुदान रकमका लागि ९ करोड ८३ लाख रुपैयाँ आउने भएको छ । न्यूनतममा चार करोड २५ लाख, सुत्रमा ५ करोड २ लाख  र कार्य सम्पादनमा आधारितमा ५६ लाख गरी ९ करोड ८३ लाख रुपैयाँ प्राप्तिका लागि सिफारिस भएको छ । चालु आवमा ९ करोड ४ लाख सिफारिस प्राप्त गरेको गाउँपालिकाले ७९ लाख रुपैयाँ वृद्धि गर्दै आगामी आवका लागि ९ करोड ८३ लाखको लागि सिफारिस भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई गरेको सिफारिसमा उक्त बजेट पाउने उल्लेख गरिएको छ । 
गाउँपालिकामा प्राप्त उक्त रकम विकास योजना खर्च गरिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पालिकाभित्रका विभिन्न सडक सञ्जाल, अन्य भौतिक निर्माणमा योजना बनाई कार्य सम्पादन गरिने उनले बताए । चालु आव भन्दा आगामी आवको लागि थप रकम सिफारिस भएकोमा गाउँपालिकाका थप योजनाहरु वृद्धि गरी काम गरिने अध्यक्ष मुक्तानले बताए ।  
 राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पठाएको रकममा पुजीँगत खर्च बढी र चालुगततर्फ कम खर्च गर्ने गरेको लेखा शाखा प्रमुख नवीन धितालले बताउनुभयो । आगामीको लागि ९ करोड ८३ लाख रकम सिफारिस भएको छ जुन चालुको भन्दा ७९ लाख बढी छ, धितालले भने । 
आयोगले २८ फागुनमा नेपाल सरकारलाई गरिएको सिफारिस अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा मकवानपुरको थाहा नगरपालिकाले १२ करोड ३९ लाख, हेटौंडा उपमहानगरले २९ करोड ७६ लाख पाउने छ । त्यस्तै, भीमफेदी गाउँपालिकाले १० करोड ५२ लाख,मकवानपुरगढीले १० करोड ७ लाख रुपैयाँ पाउने सिफरिस पत्रमा उल्लेख छ । बकैयाले १२ करोड ९५ लाख, बागमती गाउँपालिकाले ११ करोड ७० लाख, मनहरीले १२ करोड ५३ लाख रुपैयाँ समानीकरण अनुदान पाउने भएको छ ।
त्यस्तै, राक्सिराङ गाउँपालिकाले १० करोड २५ लाख, ईन्द्रसरोवरले ७ करोड ११ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने सिफारिसमा उल्लेख गरिएको छ । सिफारिस पत्रमा उल्लेख बमोजिम मकवानपुरका दश स्थानीय तहमा एक अर्ब २७ करोड ११ लाख रुपैयाँ आउने देखिन्छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ४ करोड ७० लाख रुपैयाँ बढि रकम हो ।
त्यस्तै, कैलाश गाउँपालिकाले कार्यसम्पादन अनुदानमा ५६ लाख प्राप्त गर्ने भएको छ । वित्तीय समानीकरण अन्तर्गत पर्ने कार्यसम्पादनमा आधारित अनुदानमा कैलाशले उक्त रकम प्राप्त गर्न लागको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष लागि संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई गरेको सिफारिसमा कैलाशले कार्यसम्पादन सूचक मार्फत ५६ लाख अनुदान पाउने भएको हो । चालु आवमा कैलाशले ४८ लाख प्राप्त गरेको छ ।  
त्यस्तै, थाहानगरले ६० लाख, मनहरी र मकवानपुरगढी गाउँपालिकाले ५७/५७ लाख रुपैयाँ पाउने भएका छन् । त्यसैगरी राक्सिराङले ५४ लाख, इन्द्रसरोवरले ४८ लाख, हेटौंडा उपमहानगरपालिकाले ५३ लाख, भीमफेदीले ४३ लाख, बकैयाले ३९ लाख र बागमती गाउँपालिकाले ५१ लाख रुपैयाँ कार्यसम्पादन सूचकमा अनुदान पाउने वित्त आयोगको सिफारिसमा उल्लेख छ । वित्तीय समानीकरण निःसर्त अनुदान हो । जसलाई तल्लो तहको सरकारले सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको बजेट तथा कार्यक्रममा खर्च गर्न सक्ने प्रावधान रहेको छ । सूत्रमा आधारित अनुदानतर्फ प्रदेश तथा स्थानीय सरकारमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांकलाई आधार लिने गरिन्छ । अन्य प्रदेश वा स्थानीय सरकारहरूको सन्तुलित विकासको अवस्था, प्रदेश र स्थानीय सरकारमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था, पूर्वाधार विकासको अवस्था र आवश्यकता, जनतालाई पु¥याउनुपर्ने सेवा, राजस्व अवस्था र उठाउन सक्ने क्षमता र खर्चको आवश्यकतालाई आधार मानिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार