Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा वित्तीय समानीकरण अनुदान रकम ९ करोड ८३ लाख

Screenshot_20250129_08340-1742352055.jpg

६ चैत, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२\०८३ मा वित्तीय समानीकरण अनुदान रकमका लागि ९ करोड ८३ लाख रुपैयाँ आउने भएको छ । न्यूनतममा चार करोड २५ लाख, सुत्रमा ५ करोड २ लाख  र कार्य सम्पादनमा आधारितमा ५६ लाख गरी ९ करोड ८३ लाख रुपैयाँ प्राप्तिका लागि सिफारिस भएको छ । चालु आवमा ९ करोड ४ लाख सिफारिस प्राप्त गरेको गाउँपालिकाले ७९ लाख रुपैयाँ वृद्धि गर्दै आगामी आवका लागि ९ करोड ८३ लाखको लागि सिफारिस भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्षका लागि संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई गरेको सिफारिसमा उक्त बजेट पाउने उल्लेख गरिएको छ । 
गाउँपालिकामा प्राप्त उक्त रकम विकास योजना खर्च गरिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पालिकाभित्रका विभिन्न सडक सञ्जाल, अन्य भौतिक निर्माणमा योजना बनाई कार्य सम्पादन गरिने उनले बताए । चालु आव भन्दा आगामी आवको लागि थप रकम सिफारिस भएकोमा गाउँपालिकाका थप योजनाहरु वृद्धि गरी काम गरिने अध्यक्ष मुक्तानले बताए ।  
 राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले पठाएको रकममा पुजीँगत खर्च बढी र चालुगततर्फ कम खर्च गर्ने गरेको लेखा शाखा प्रमुख नवीन धितालले बताउनुभयो । आगामीको लागि ९ करोड ८३ लाख रकम सिफारिस भएको छ जुन चालुको भन्दा ७९ लाख बढी छ, धितालले भने । 
आयोगले २८ फागुनमा नेपाल सरकारलाई गरिएको सिफारिस अनुसार आगामी आर्थिक वर्ष २०८२/०८३ मा मकवानपुरको थाहा नगरपालिकाले १२ करोड ३९ लाख, हेटौंडा उपमहानगरले २९ करोड ७६ लाख पाउने छ । त्यस्तै, भीमफेदी गाउँपालिकाले १० करोड ५२ लाख,मकवानपुरगढीले १० करोड ७ लाख रुपैयाँ पाउने सिफरिस पत्रमा उल्लेख छ । बकैयाले १२ करोड ९५ लाख, बागमती गाउँपालिकाले ११ करोड ७० लाख, मनहरीले १२ करोड ५३ लाख रुपैयाँ समानीकरण अनुदान पाउने भएको छ ।
त्यस्तै, राक्सिराङ गाउँपालिकाले १० करोड २५ लाख, ईन्द्रसरोवरले ७ करोड ११ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने सिफारिसमा उल्लेख गरिएको छ । सिफारिस पत्रमा उल्लेख बमोजिम मकवानपुरका दश स्थानीय तहमा एक अर्ब २७ करोड ११ लाख रुपैयाँ आउने देखिन्छ । यो बजेट चालु आर्थिक वर्षको तुलनामा ४ करोड ७० लाख रुपैयाँ बढि रकम हो ।
त्यस्तै, कैलाश गाउँपालिकाले कार्यसम्पादन अनुदानमा ५६ लाख प्राप्त गर्ने भएको छ । वित्तीय समानीकरण अन्तर्गत पर्ने कार्यसम्पादनमा आधारित अनुदानमा कैलाशले उक्त रकम प्राप्त गर्न लागको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष लागि संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान सम्बन्धमा नेपाल सरकारलाई गरेको सिफारिसमा कैलाशले कार्यसम्पादन सूचक मार्फत ५६ लाख अनुदान पाउने भएको हो । चालु आवमा कैलाशले ४८ लाख प्राप्त गरेको छ ।  
त्यस्तै, थाहानगरले ६० लाख, मनहरी र मकवानपुरगढी गाउँपालिकाले ५७/५७ लाख रुपैयाँ पाउने भएका छन् । त्यसैगरी राक्सिराङले ५४ लाख, इन्द्रसरोवरले ४८ लाख, हेटौंडा उपमहानगरपालिकाले ५३ लाख, भीमफेदीले ४३ लाख, बकैयाले ३९ लाख र बागमती गाउँपालिकाले ५१ लाख रुपैयाँ कार्यसम्पादन सूचकमा अनुदान पाउने वित्त आयोगको सिफारिसमा उल्लेख छ । वित्तीय समानीकरण निःसर्त अनुदान हो । जसलाई तल्लो तहको सरकारले सम्बन्धित कार्यपालिकाले स्वीकृत गरेको बजेट तथा कार्यक्रममा खर्च गर्न सक्ने प्रावधान रहेको छ । सूत्रमा आधारित अनुदानतर्फ प्रदेश तथा स्थानीय सरकारमा रहेको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांकलाई आधार लिने गरिन्छ । अन्य प्रदेश वा स्थानीय सरकारहरूको सन्तुलित विकासको अवस्था, प्रदेश र स्थानीय सरकारमा रहेको आर्थिक, सामाजिक वा अन्य कुनै प्रकारको विभेदको अवस्था, पूर्वाधार विकासको अवस्था र आवश्यकता, जनतालाई पु¥याउनुपर्ने सेवा, राजस्व अवस्था र उठाउन सक्ने क्षमता र खर्चको आवश्यकतालाई आधार मानिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार