Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशको एसईई परीक्षा केन्द्रमा पालिकाको अनुगमन

Screenshot_20250319_21211-1742398889.jpg

६ चैत, हेटौंडा। चैत ७ गते बिहीबारबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) को पहिलो पटक परीक्षा केन्द्र निर्धारण गरिएको कैलाश गाउँपालिका वडा नम्बर ९ नामटार स्थित कालिका मा वि परीक्षा केन्द्रको बुधबार  गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान, उपाध्यक्ष बालकुमार मल्ल,वडा ९ का अध्यक्ष भुवन सिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, श्राेत शिक्षक ध्रुवराज बिष्ट , प्राविधिक सहायक दीपेन्द्र अधिकारी लगायतको टोलीले अनुगमन गरेका छन् ।
केन्द्रमा परीक्षा मर्यादित बनाउन र तयारी बारे बुझ्न अध्यक्ष सहित पालिकाको टोलीले अनुगमन गरेको हो।
कैलाशका पाँचवटा विद्यालयबाट नियमिततर्फ एसईई परीक्षामा एक सय ४९ जना विद्यार्थी र  ग्रेडवृद्धिका लागि परीक्षामा ६७ जना विद्यार्थीले उक्त केन्द्रबाट परीक्षा दिँदै छन् । कालिका माविका विद्यार्थी बाहेक कैलाशबाट दुई सय १६ जना विद्यार्थीले एसईई परीक्षा दिन लागेका छन् ।  
पालिकाभित्र अध्ययनरत विद्यार्थीहरु मनहरी, थाहा र हेटौंडा पुगेर परीक्षा दिने बाध्यतालाई अन्त्य गर्दै पालिकामै केन्द्र कायम गरिएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका गाउँपालिका अध्यक्ष मुक्तानले बताएका छन् । भौगोलिक विकटता भएकाले परीक्षा र पठनपाठनमा असहज परिस्थिती विद्यार्थीमा रहेको थियो, सोहीलाई सहजता बनाउन केन्द्र कायम गरिएको अध्यक्ष मुक्तानले बताएका छन् । 
भौगोलिक विकटताले केन्द्र आउन जान असज हुनाले हामीले परीक्षा अवधिभर विद्यार्थीको लागि खाना र आवासको समेत व्यवस्था गरिएको बताउँदै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेतको व्यवस्था गरिएका छौं, अध्यक्ष मुक्तानले भने । विद्यार्थीको खाना र आवासका लागि आवश्यक खर्च सबै गाउँपालिकाले व्यहोर्ने छ ।
आवास क्षेत्रमा गाउँपालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाबाट एक÷एक जना कर्मचारी खटाइनुका साथै परीक्षा पश्चात पठनपाठनको वातावरण सिर्जना गर्न सोही अनुरुप व्यवस्था समेत गरिएको अध्यक्ष मुक्तानले बताए । परीक्षाभर विद्यार्थी र अभिभावकको गुनासो नआउने गरी कार्य गर्न सम्बन्धित शाखालाई निर्देशन समेत दिएका छन् ।  
परीक्षामा कैलाशको कमलादेवी माविबाट नियमिततर्फ २८ जना, ग्रेडवृद्धितर्फ ११ जना, भवानी माविबाट नियमिततर्फ ४६ जना, ग्रेडवृद्धितर्फ २५ जना, व्यास माविबाट नियमिततर्फ ४८ जना, ग्रेडवृद्धितर्फ १८ जना रहेका छन् । यस्तै धुवाङ माविबाट नियमितर्फ ९ जना, ग्रेडवृद्धितर्फ २ जना र रत्नज्योति माविबाट नियमिततर्फ १८ जना र ग्रेडवृद्धितर्फ ११ जना विद्यार्थीले परीक्षा दिने शिक्षा शाखा प्रमुख समीर जोशीले बताए । कालिका माविका नियमिततर्फ ४५ र ग्रेडवृद्धितर्फ १० जना विद्यार्थी भने हेटौंडा ४ स्थित भुटनदेवी माविबाट परीक्षा दिने जोशीले बताएका छन्। 
मकवानपुरबाट एसईईमा सहभागी हुन नियमिततर्फ ५ हजार ८ सय ६५ जना विद्यार्थीले परीक्षा दिनेछन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय ९१ जना गरी ७ हजार ४ सय ५६ जना विद्यार्थीले परीक्षा दिनेछन् । पालिका अध्यक्ष सहितको टोलीले छात्रावासमा बसेर स्वअध्यन गरिरहेका विद्यार्थीहरूको बारेमा जानकारी लिएको थियो। पालिकाको समन्वयमा एसईई परीक्षार्थीलाई निशुल्क खाना सहित छात्रावासमा रहेर अध्ययनको व्यवस्था गरेकाे छ। 

Screenshot_20250319_21212-1742398890.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार