१८ चैत, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले वडा-वडामा न्यायिक समिति कार्यक्रम गरिनुका साथै वडा तहमै कानूनी साक्षरता कार्यक्रम गरेको छ ।
वार्षिक कार्यक्रम अन्तरगत गाउँपालिकाको कानून शाखाले पालिकाका सबै वडाहरुमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको न्यायिक सहजकर्ता अस्मिता थापाले बताईन् । न्यायिक समितिका संयोजक एंव गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लको प्रमुख आतिथ्यतामा वडा वडामा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा उपाध्यक्ष मल्लले न्यायिक समितिको क्षेत्राधिकार भित्र रहेर कार्य गर्दै आइरहेको बताए । न्यायको सिद्धान्तलाई प्रयोग गर्दै आफ्नो अधिकार प्रयोग गरिएको उनले बताए । सबैले कानूनको पालना गरिनुपर्छ । टोल समाजमा हुने महिला तथा बालबालिका माथिका घटना, गाली बेज्जती, घरेलु हिंसा, कुटपिट जस्ता विषयको कानूनी प्रावधानबारे जानकारी दिने उद्देश्यले वडा तहमै कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष मल्लले बताए ।
कार्यक्रमलाई अधिवक्ता जगन्नाथ सुवेदीले सहजीकरण गरेका थिए । उनले बालविवाह, बहुविवाह, लागुऔषध, जवरजस्ती करणीका कानूनका दण्ड सजाय, बालबालिका सम्बन्धी ऐन, कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुरबारे जानकारी दिएका थिए ।
वडाका जनप्रतिनिधि, न्यायिक समितिका सदस्य, मेलमिलापकर्ता, विद्यालयका प्रअ, स्वास्थ्य स्वयंसेविका, स्थानीय समाजसेवीहरुको सहभागिता रहेको कार्यक्रममा फौजदारी न्यायका सिद्धान्तहरु, गर्भ संरक्षण विरुद्धका कसुरबारे, बोक्सी आरोप, घरेलु हिंसा, गाली बेज्जती सम्बन्धी कसुर लगायतका विषयमा समेत सहजीकरण गरिएको थियो । साक्षरता कार्यक्रममा करिब तीन सय भन्दा बढीको सहभागिता रहेको सहजकर्ता थापाले बताईन् ।
कार्यक्रममा न्यायिक समितिका सदस्य एवं वडा ९ का वडाध्यक्ष भूवन सिं घलान, वडा ३ का कार्यबहाक अध्यक्ष एवं समितिका सदस्य राममाया प्रजा, वडा ६ का वडाध्यक्ष रामबहादुर गोङ्वा लगायतको सहभागिता समेत रहेको थियो ।
गाउँपालिकामा हालसम्म अघिल्लो आवबाट सरिआएको दुई वटा मुद्दा मिलापत्र भइसकेको थापाले बताईन् । धेरैजसो विवादहरु वडा तहबाटै मेलमिलापकर्ता मार्फत मिलापत्र गराउने गरेको उनको भनाई छ । कानून शाखा अर्थात न्यायिक समितिमा ज्याला मजदुरीको एउटा मुद्दा छलफलको क्रममा रहेको छ भने घरभाडाको र गाली बेज्जतीको मुद्दा एक/एक वटा छलफलको क्रममा रहेको उनले बताइन् । श्रीमान् श्रीमतीको २ वटा झगडाको हामीले मिलापत्र गरेको र जग्गा मिचेको विवाद भने समितिमा नमिलेपछि जिल्ला अदालत पठाइएका थापाले बताइन् । एकवटा बैनापट्टा विवाद म्याद तामेलीमा रहेको छ ।
न्यायिक समितिको चार दिने भ्रमण
कैलाश गाउँपालिकाको न्यायिक समितिले आफ्नो अनुभव साटासाट गर्ने उद्देश्यले चार दिने भ्रमण गरेको छ । उपाध्यक्ष एंव न्यायिक समितिका संयोजक बालकुमार मल्लको नेतृत्वमा ३३ जनाको टोलीले चितवनको खैरहनी नगरपालिका र कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अध्ययन अवलोकन गरिएको छ । भ्रमणमा वडा ७ का वडाध्यक्ष उदास कुमार भोलन, वडा १० का सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य, न्यायिक सहजकर्ता अस्मिता थापा, वडा तहका रहेका मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो । सिकाई र अनुभव साटासाट गर्ने हेतुले नै अवलोकन गरिएको उपाध्यक्ष मल्लले बताए ।
टोलीलाई खैरहनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सापकोटा, न्यायिक समितिका सदस्य केदारनाथ पन्त र बुद्धीराज अर्याल, न्यायिक सहजकर्ता सञ्जय चौधरी र माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल, न्यायिक समिति सदस्य चीजबहादुर गुरुङ र जमुना पुनले सहजीकरण गरेका थिए । कैलाश गाउँपालिकाको तर्फबाट भने उपाध्यक्ष बालकुमार मल्ल, वडा अध्यक्ष भूवन सिं घलान र सहजकर्ता अस्मिता थापाले आफ्नो प्रस्तुति दिएका थिए ।
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

