२० चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० कुमलटारमा घरेलु हिंसा सामाजिक विभेद तथा लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रमको आयोजना गरिएको छ।
बुधबार लालित्य सेवा प्रतिष्ठानको आयोजना तथा गाउँपालिकाको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो।प्रतिष्ठानका अध्यक्ष मुनाकुमारी पाठकको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष मुक्तानले घरपरिवार, समूदाय र समाजमा विभिन्न खाले हिंसाहरु हुने गर्दछ, तर हिंसा कस्तो खालको हो, ती सम्पूर्ण हिंसाबारे जानकारी दिने उद्देश्यले सचेतना कार्यक्रम गरिएको बताए । हिंसा पश्चात हुने त्यसको कानूनी उपचार केके छन् भन्ने बारे यस तालिमबाट प्रष्ट हुने बताए ।
वडा तहमा मेलमिलापकर्ता रहेका छन् भने गाउँपालिकामा न्यायिक समिति पनि रहेको अवस्था छ । समाजमा हुने हिंसाका कानूनी उपचारहरु ती ठाउँमा बसेर अघि बढ्न सकिने अध्यक्ष मुक्तानले बताए । कानूनी पक्षहरु बारे जानकारी लिएर गाउँठाउँमा हुने घटनाहरुमा यहाँहरुले पनि घटनाको प्रकृति हेरेर कानूनी उपचारको बाटो देखाउनुपर्ने बताए ।
कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख रमिला सापकोटा, कार्यक्रमका प्रशिक्षक अधिवक्ता पम्फा पुरी, शाान्तिश्रृजना आधारभूत प्राविका अध्यक्ष कमल अर्याल, विद्यालयका प्रअ मोहनलाल शिवाकोटी, देवी प्राविका अध्यक्ष जनक लोप्चन लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा किशोरी र महिलाहरुको सहभागिता रहेको थियो ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...

-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













