२९ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा वडा अध्यक्ष, वडा सदस्य, तथा वडास्तरका सरोकारवालाहरुको उपस्थितीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सुनिश्चिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।
जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कार्यालयका प्रमुख कृष्णबहादुर मिजारको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा कार्यालय प्रमुख मिजारले नेपालमा मातृत्व स्वास्थ्यको अवस्थाका साथै सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्यबारे मकवानपुर र कैलाश गाउँपालिकाको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तरक्रियामा मातृ स्वास्थ्यको अवस्था, मातृ स्वास्थ्य सम्बन्धी नीति नियमहरु, पूर्ण संस्थागत सुत्केरी आयोजना, आयोजना सञ्चालन हुने क्षेत्रहरु, क्रियाकलापहरुको विवरणका साथै मापदण्ड तथा प्रक्रियाहरुबारे प्रष्ट्याएका थिए । उनले जिल्लागत र कैलाश गाउँपालिकाको महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै कैलाश गाउँपालिकामा गर्भजाँच गतवर्ष १०८.५७ प्रतिशत रहेको र चालु आवको फागुन मसान्तसम्म ८१.२१ प्रतिशत रहेको प्रमुख मिजारले बताए । उनले १२ हप्तामा हुने गर्भजाँचमा पालिकामा चालु आवमा ६०.८६ प्रतिशत र गतवर्षमा ९९.२२ प्रतिशत रहेको समेत बताए ।
स्वास्थ्य संस्थामा सुत्केरी गराउने संख्या घट्दै रहेको बताउँदै प्रमुख मिजारले कैलाशमा फागुन सम्ममा ४२.७४ प्रतिशत र गतवर्ष ४९.९ प्रतिशत रहेको बताए । यहाँ होमडेलिभरीको संख्या बढ्दो छ । जिल्लामा होमडेलीभरीको संख्या १०४ जना रहेकोमा कैलाशमा मात्रै होमडेलिभरीको संख्या ४४ जना रहेको प्रमुख मिजारले भने । गाउँपालिकामा सुत्केरी पश्चातको जाँच ४७.८७ प्रतिशत रहेको छ यसलाई बढाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । उनले यहाँहरुको साथ र सहयोगले कार्यसम्पादन गर्न सहजता रहने भएकाले जनस्वास्थ्य कार्यालयले जुनसुकै बेलापनि सहयोग प्रदान गरिने उनले बताए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले सुत्केरी र पोषण लगायत कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं, हामीलाई भौगोलिक दृष्टिले र यहाँको शिक्षाको कमीले पनि होमडेलिभरीको संख्या जुन बढी छ त्यसलाई कम गर्न गाउँपालिकाले आवश्यक समन्वय गरी काम गर्नेछौं, अध्यक्ष मुक्तानले भने । वडा नम्बर ७ मा बढी सुत्केरी घरमै हुनाले कैलाशमा होमडेलिभरीको संख्या बढि भएको देखिन्छ, हामीले दीगो विकास लक्ष्य २०३० अनुरुप काम गर्नुपर्छ पनि त्यसमा पनि गाउँपालिकाले स्वास्थ्य र शिक्षाका सूचकहरु पुरा गर्दै आइरहेको समेत बताए ।
गाउँपालिकाले सरसफाइ र स्वास्थ्यसँग जोडेर शौचालय कार्डको सुरुवात गरेका छौं । आफु स्वस्थ रहन पत्रु खानाका साथै चिसो र चिसोजन्य पदार्थ प्रयोग नगर्न अध्यक्ष मुक्तानले आग्रह गरेका छन् । जुनबाट कालान्तरमा सुगर र किड्नीमा ठुलो असर पर्ने बताए । स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर सञ्चालन गरेका छौं केही वडामा वर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने देखिन्छ पनि त्यसको लागि आवश्यक तयारी रहेको अध्यक्ष मुक्तानले बताए ।
सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्ने उपाध्यक्ष बालकुमार मल्लले जोड दिए । घरमा सुत्केरी गराउने संख्या बढिरहेकाले त्यसतर्फ हाम्रो ध्यानाकर्षण समेत भएको छ । वडातहमा रहेका स्वास्थ्यकर्मीहरुले होमडेलिभरी गर्दा हुने बेफाइदा र त्यसको प्रभावबारे जनचेतना फैलाउनु पर्ने बताए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादव, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगर लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, वडातहमा रहेको स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

