Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा सुरक्षित मातृत्व सम्बन्धी अन्तरक्रिया

Screenshot_20250411_07270-1744335908.jpg

२९ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा वडा अध्यक्ष, वडा सदस्य, तथा वडास्तरका सरोकारवालाहरुको उपस्थितीमा सुरक्षित मातृत्व तथा नवशिशु स्वास्थ्य सुनिश्चिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरको आयोजनामा भएको कार्यक्रममा कार्यालयका प्रमुख कृष्णबहादुर मिजारको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 
कार्यक्रममा कार्यालय प्रमुख मिजारले नेपालमा मातृत्व स्वास्थ्यको अवस्थाका साथै सुरक्षित मातृत्व र नवशिशु स्वास्थ्यबारे मकवानपुर र कैलाश गाउँपालिकाको अवस्थाबारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । उनले अन्तरक्रियामा  मातृ स्वास्थ्यको अवस्था, मातृ स्वास्थ्य सम्बन्धी नीति नियमहरु, पूर्ण संस्थागत सुत्केरी आयोजना, आयोजना सञ्चालन हुने क्षेत्रहरु, क्रियाकलापहरुको विवरणका साथै मापदण्ड तथा प्रक्रियाहरुबारे प्रष्ट्याएका थिए । उनले जिल्लागत र कैलाश गाउँपालिकाको महिलाको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै कैलाश गाउँपालिकामा गर्भजाँच गतवर्ष १०८.५७ प्रतिशत रहेको र चालु आवको फागुन मसान्तसम्म ८१.२१ प्रतिशत रहेको प्रमुख मिजारले बताए । उनले १२ हप्तामा हुने गर्भजाँचमा पालिकामा चालु आवमा ६०.८६ प्रतिशत र गतवर्षमा ९९.२२ प्रतिशत रहेको समेत बताए । 
स्वास्थ्य संस्थामा सुत्केरी गराउने संख्या घट्दै रहेको बताउँदै प्रमुख मिजारले कैलाशमा फागुन सम्ममा ४२.७४ प्रतिशत र गतवर्ष ४९.९ प्रतिशत रहेको बताए । यहाँ होमडेलिभरीको संख्या बढ्दो छ । जिल्लामा होमडेलीभरीको संख्या १०४ जना रहेकोमा कैलाशमा मात्रै होमडेलिभरीको संख्या ४४ जना रहेको प्रमुख मिजारले भने । गाउँपालिकामा सुत्केरी पश्चातको जाँच ४७.८७ प्रतिशत रहेको छ यसलाई बढाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । उनले यहाँहरुको साथ र सहयोगले कार्यसम्पादन गर्न सहजता रहने भएकाले जनस्वास्थ्य कार्यालयले जुनसुकै बेलापनि सहयोग प्रदान गरिने उनले बताए ।  
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानले सुत्केरी र पोषण लगायत कार्यक्रमलाई निरन्तरता दिइरहेका छौं, हामीलाई भौगोलिक दृष्टिले र यहाँको शिक्षाको कमीले पनि होमडेलिभरीको संख्या जुन बढी छ त्यसलाई कम गर्न गाउँपालिकाले आवश्यक समन्वय गरी काम गर्नेछौं, अध्यक्ष मुक्तानले भने । वडा नम्बर ७ मा बढी सुत्केरी घरमै हुनाले कैलाशमा होमडेलिभरीको संख्या बढि भएको देखिन्छ, हामीले दीगो विकास लक्ष्य २०३० अनुरुप काम गर्नुपर्छ पनि त्यसमा पनि गाउँपालिकाले स्वास्थ्य र शिक्षाका सूचकहरु पुरा गर्दै आइरहेको समेत बताए । 
 गाउँपालिकाले सरसफाइ र स्वास्थ्यसँग जोडेर शौचालय कार्डको सुरुवात गरेका छौं । आफु स्वस्थ रहन पत्रु खानाका साथै चिसो र चिसोजन्य पदार्थ प्रयोग नगर्न अध्यक्ष मुक्तानले आग्रह गरेका छन् । जुनबाट कालान्तरमा सुगर र किड्नीमा ठुलो असर पर्ने बताए । स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर सञ्चालन गरेका छौं केही वडामा वर्थिङ सेन्टर सञ्चालन गर्नुपर्ने देखिन्छ पनि त्यसको लागि आवश्यक तयारी रहेको अध्यक्ष मुक्तानले बताए । 
सुत्केरी स्वास्थ्य संस्थामा नै गराउनुपर्ने उपाध्यक्ष बालकुमार मल्लले जोड दिए । घरमा सुत्केरी गराउने संख्या बढिरहेकाले त्यसतर्फ हाम्रो ध्यानाकर्षण समेत भएको छ । वडातहमा रहेका स्वास्थ्यकर्मीहरुले होमडेलिभरी गर्दा हुने बेफाइदा र त्यसको प्रभावबारे जनचेतना फैलाउनु पर्ने बताए । 
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादव, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत डिलेन्द्र बुढामगर लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, वडातहमा रहेको स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।  

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार