१० बैशाख, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ को तीनवटा टोललाई पूर्ण सरसफाई उन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको छ ।
बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले खैरेनी, घैराङटार र जोइटी टोललाई पूर्ण सरसफाई उन्मूख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरेका हुन् ।
घोषणा गर्दै अध्यक्ष मुक्तानले सरसफाई र खानेपानीका सूचकलाईलाई अहिले मात्र नभई आगामी दिनहरुमा पनि पालना गर्नुपर्ने बताए ।
सरसफाईमा महिला दिदीबहिनीको ठुलो हात रहन्छ, यस अभियानका सूचकहरुमा आगामी दिनमा यहाँहरुले नै ध्यान दिनुपर्ने जरुरी रहेको अध्यक्ष मुक्तानले भने ।
यता गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले रोगव्यादीबाट बच्नुका साथै स्वथ्य जीवन यापनका लागि सफा पानी र सरसफाई अनिवार्य रहेको बताए । एक घर एक धारा अभियानलाई सार्थकता दिन गाउँपालिकाले खानेपानी र सरसफाईका क्षेत्रमा साझेदारी गरी कार्यक्रमहरु गर्दै आइरहेको उनले बताए । घोषणा पश्चात आगामी दिनहरुमा पनि सूचकहरुलाई पूर्णरुपमा पालना गर्न सम्बन्धित समूह र टोलबासीहरुलाई आग्रह गरे । यस अभियानमा आरआरएन, सिडिपिएन, डब्लुडब्लुएच, प्रेम सेवा समाज लगायत विभिन्न संस्थाहरुसँग गाउँपालिकाले साझेदारीमा खानेपानी र सरसफाईका साथै शिक्षा क्षेत्रमा काम गरिरहेको छ । घोषणाका लागि पाँच वटा सूचक र २३ वटा उपसूचकमा रहेर काम गरिएको आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्यायले बताए । कार्यक्रममा तीनवटा टोललाई घोषणा पश्चात प्रमाणपत्र प्रदान गरिएको थियो ।
वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य गोरीमाया भुलुन, वडा सदस्य ज्ञानबहादुर घलान, आरआरएनका प्रशासन अधिकृत धर्मराज उपाध्याय, प्रेम सेवा समाजका कार्यक्रम संयोजक उद्धव चेपाङ, नामटार स्वास्थ्य चौकीका प्रमुख अमित श्रेष्ठ लगायत सहकारी, विद्यालय, सुरक्षा निकायका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...


















