Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा खानेपानी र सरसफाईका लागि वाइन टु वाटरसँग सम्झौता

Screenshot_20250424_20431-1745506800.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न सम्झौता गरेको छ।
गाउँपालिकाले खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा काम गर्न वाइन टु वाटर नेपाल(डब्लुडब्लुएन)सँग सम्झौता गरेको हो  ।

बिहीबार  गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र वाइन टु वाटर नेपालको राष्ट्रिय निर्देशक निजन श्रेष्ठबीच पालिकाको केन्द्र कालिकाटारमा समझदारी पत्रमा हस्ताक्षर गरिएको हो । 

साझेदार संस्था वाइन टु वाटर नेपालसँग गाउँपालिकाले खानेपानी र सरसफाई तथा स्वच्छता सेवा नपुगेका समूदाय, विद्यालय र स्वास्थ्य संस्थाहरुमा वास परियोजना कार्यान्वयन गरिने अध्यक्ष मुक्तानले बताएका छन्।

विपन्न, पहुँच नपुगेका, गरिक तथा उपेक्षित घरधुरीहरुलाई आधारभूत  तथा मानव अभिकारको रुपमा स्थापित स्वच्छ खानेपानी, सरसफाइ तथा स्वच्छताको पहुँचमा योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको अध्यक्ष मुक्तानले बताएका हुन् ।
तीन वर्षका लागि हामीले सम्झौता गरेका छौ, उहाँहरुले घरपरिवार, विद्यालय र स्वास्थ्य संस्थामा वास परियोजना लागू गर्नुहुनेछ, मुक्तानले भने ।

उक्त परियोजनाका लागि गाउँपालिकाले वास परियोजनाहरुको प्राथमिककता, छनौट र कार्यान्वयनको पक्षमा सहजिकरणको भूमिका खेल्नेछ।खानेपानी परियोजनाका लागि गाउँपालिकाले कूल बजेटको न्यूनतम २५ प्रतिशत साझेदारी गर्नेछ भने उक्त कार्य उपभोक्ता समिति मार्फत गराउने अध्यक्ष मुक्तानले बताए ।  
कूल बजेटमा १० प्रतिशत उपभोक्ताले साझेदारी गर्ने र ६५ प्रतिशत वाईन टु वाटरले गर्ने संस्थाका कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले बताए ।  हाम्रो तीन वर्षको सम्झौता हो, ०८५ असार मसान्तमा सम्झौता रद्द रहन्छ, उनले बताए । सम्झौता अघि खानेपानी तथा सरसफाइ योजनाको पूर्ण सम्भाव्यता अध्ययन प्रतिवेदन माथि छलफल गरिएको थियो । अध्ययनको क्रममा १२ वटा योजनाको सम्भाव्यता अध्ययन गरिएको संस्थाका राष्ट्रिय निर्देशक निजन श्रेष्ठले बताए । आगामी आवका लागि ७ वटा योजना कार्यान्वयन गरिने गरि काम अघि बढाउने उनले बताए । 
समझदारी पत्रमा अध्यक्ष मुक्तान सहित प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठ, संस्थाको तर्फबाट राष्ट्रिय निर्देशक श्रेष्ठ र कार्यक्रम प्रवन्धक यज्ञराज जोशीले हस्ताक्षर गरेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

थप समाचार