५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। गाउँपालिकाको आर्थिक सहयोगमा रुद्राक्ष समाज नेपालको आयोजनामा कार्यक्रम सोमबारबाट सुरु भएको हो ।
सोमबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान तथा समाजका अध्यक्ष पुरुषोत्तम ठकुरीको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको हो।कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले गाउँपालिकाले बालबालिकाका साथै किशोरकिशोरी, युवा र जेष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको बताए । अझ हामीले १२ पास र २० वर्ष पुरा गरी विवाह गर्ने चेलीहरुलाई नगद सहित सम्मान समेत गर्दै आइरहेको मुक्तानले बताए । दीगोपनाका लागि यी यस्ता कार्यक्रमहरु गर्दै आइरहेको अवस्थामा छिट्टै नै बालबालिका केन्द्रीत खेलकुदको कार्यक्रम गरिन लागेका छौं, अध्यक्ष मुक्तानले भने ।
यस अन्तरक्रिया कार्यक्रमले बालबालिका, किशोरकिशोरी र युवाका कुरा संकलित हुने र आगामी नीति तथा कार्यक्रममा ती विषयवस्तु समेटेर अघि बढ्ने अध्यक्ष मुक्तानले प्रतिवद्धता जनाएका छन् । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्लले विद्यालय स्तरमा रहेका किशोर विद्यार्थीहरुको अन्तरक्रियाले स्थानीय सरकारलाई बालबालिका र युवा लक्षित कार्यक्रम निर्माण गर्न सहज रहने बताए । अन्तरक्रियाको क्रममा उठेका साझा विषयवस्तुलाई प्रतिवेदन स्वरुप गाउँपालिकामा पेश गरिने समाजका अध्यक्ष ठकुरीले बताए । अन्तरक्रियामा मनापरामर्श र नेतृत्व विकासका विषयमा पनि छलफल गरिने उनले बताए ।
गाउँपालिकामा रहेका ६ वटा माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीहरुको सहभागितामा अन्तरक्रिया सञ्चालन गरिने जनाइएको छ । तालिमलाई बालबालिका तथा युवा क्षेत्रमा सक्रिय रहेका बालिका चौधरीले सहजीकरण गरिने तय रहेको समाजका अध्यक्ष ठकुरीले बताए । सोमबारबाट सुरु भएको तालिम शुक्रबार समापन हुनेछ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रशिक्षक बालिका चौंधरी, भवानी माध्यामिक विद्यालयका प्रअ बालचन्द्र मल्ल, गाउँपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...
२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...








-1791939176.jpg)









