Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

कैलाशमा बैंकिङ घुम्ती मार्फत ५०० बढीलाई भत्ता वितरण

IMG_20250128_153942-1762564736.jpg

२२ कार्तिक, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले बैंकिङ घुम्ती शिविर मार्फत ५ सय ३४ व्यक्तिलाई प्रथम त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

गाउँपालिकाको माथिल्लो भेग वडा १,२, ५ र ६ सहित वडा ९ र १० वडामा बैंकिङ घुम्ती शिविर गरिएको थियो । जेष्ठ नागरिकहरुलाई आवतजावतमा समस्या रहेकाले शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । यातायातको समस्याका साथै अपाङ्गता र बयोबृद्ध आमाबुबाको हिडडुलमा समस्या रहने भएकाले वडा वडामा घुम्ती कार्यक्रम राख्ने गरेको उनले बताए । बैंक सम्म पुग्दा खर्चिलो बढी हुन्छ, र भौगोलिक दृष्टिले माथिल्लो क्षेत्रका लाभग्राहीलाई सहज पुग्न बैंकसँगको सहकार्यमा वडाबाटै भत्ता वितरण गरेका हौं, अध्यक्ष मुक्तानले भने । 
घुम्ती कार्यक्रम भएको ६ वटा वडामा ५ सय ३४ जनाले सेवा लिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाका प्रमुख अशोक स्याङ्तानले बताए । उनका अनुसार वडा १ मा  एक सय ५ जना, वडा २ मा एक सय १८ जना, वडा ५ मा एक सय ५६ जना, वडा ६ मा एक सय ८ जनालाई सेवा प्रदान गरिएको बाए । 
त्यस्तै, वडा ९ मा ३४ जना र वडा १० मा १३ जनाले सेवा लिएका छन्, । लाभग्राहीको संख्या बढी भएपनि घुम्ती कार्यक्रममा केही लाभग्राही उपस्थित नभएको शाखा प्रमुख स्याङ्तानले बताए । केही लाभग्राहीले पालिकाकै बैंकबाट त केहीले हेटौंडाबाट पनि सेवा लिने गरेको उनले बताए । 
गाउँपालिकाबाट प्रथम त्रैमासिकमा दुई हजार ८ जनाको सामाजिक सुरक्षा भत्ता निकासा भएको थियो । घुम्ती कार्यक्रममा पाँच सय ३४ जना, बैंकबाट एक हजार ३९ जनाले सेवा लिइसकेको स्याङ्तानले बताए । भक्ता लिन बाकीँ भने चार सय ३४ जना रहेको उनले बताएका छन्।घुम्ती कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, सामाजिक विकास समितिका संयोजक राजेन्द्र घिसिङ, शाखाका कर्मचारी, बैंकका कर्मचारी, वडा सचिव र वडा जनप्रतिनिधिको उपस्थिती रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार