Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

कैलाश गाउँपालिका

कैलाशको नामटारमा सुरु भयो ३३ दिने व्युटिसियन तालिम

FB_IMG_1745336348575-1745336367.jpg

९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको  वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको संचालन भएको छ । मंगलबार एक कार्यक्रमका बीच तालिमको सुरु गरिएको हो । 

मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान तथा वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानले संयुक्त रुपमा  तालिमको उद्घाटन गरेका छन्  । तालिम उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले कैलाशमा पहिलो पटक यो तालिमको सञ्चालन गरिएको बताए । धेरै कार्यक्रम मध्ये महिलाका लागि यस तालिम लाभदायी रहनेछ, आयआर्जन सँग जोडेर सीप सिक्दा व्यक्तिगत  र व्यवसायिक पाटोमा समेत सहजता रहन्छ, अध्यक्ष मुक्तानले भने । 
उद्यमशील बन्छु भनेर तालिममा आउनु भएको छ भने सिकेको सीपलाई कायान्वर्यन गर्न सहभागीहरुलाई आग्रह गरे ।  मेकअप तालिम व्यक्तिगत र व्यवसायिक रुपमा आवश्यक तालिम रहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताएका छन् ।
यता वडाध्यक्ष घलानले सीप सिकाई पछि पार्लर खोलेर सेवा प्रदान गर्न सबैलाई  आग्रह गरेका छन् ।
यस अघि पनि डल, कुसन, झोला, जुत्ता बनाउने तालिम सञ्चालन गरि महिलाहरुको आर्थिक पक्षलाई बलियो बनाउने कार्य भएको उनले बताए । 
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाश गाउँपालिकाको साझेदारीमा आयोजित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत ३३ दिने व्यूटिसियन तथा मेकअप तालिम कार्यक्रममा हिमगंगा ग्रामीण विकास केन्द्र काठमाडौंका अध्यक्ष इन्दिरा न्यौपाने, वडा ९ का सचिव पुजा बल्लभ, गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, मेकअप तालिका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । 
तालिममा १८ जना गृहिणी तथा किशोरीहरुको सहभागिता रहेको छ । तालिम अवधिमा दुलही श्रृङ्गार, सामान्य देखी एडभान्स सम्मको मेकअपको तालिम प्रदान गरिने जनाइएको छ ।  
सोही कार्यक्रम अन्तरगत सीपमूल उद्यमशिलता तथा १५ दिने ह्याण्डीक्राफ्ट बनाउने तालिमको मंगलबार समापन भएको छ । गत चैत्र २५ गते देखी सुरु भएको तालिम कैलाश १० कुमलटारमा सञ्चालन भएको थियो । २० जनाको सहभागिता रहेको तालिमलाई जनजागरण नेपालले आयोजना गरेको हो । संस्थाका अध्यक्ष लक्ष्मी गोलेको अध्यक्षता तथा गाउँपालिका  अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । कार्यक्रममा  सिकेको सीपलाई कार्यान्वयन गर्न अध्यक्ष मुक्तानले सहभागिहरुलाई आग्रह गरेका छन् । सीप सिकेपछि आफु स्वंम व्यक्तिमा पनि परिवर्तन हुनुका साथै आर्थिक पक्षमा पनि सहजता हुने उनले बताए । समूह दर्ताको प्रक्रिया बढाउनु भएको रहेछ, अब आगामी दिनमा समूहमा रहेर उद्यम गर्न आवश्यक साथ सहयोग गाउँपालिकाले गर्नेछ, अध्यक्ष मुक्तानले भने । 
समापन कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, तालिमका प्रशिक्षक सुशीला राई र नानीमाया विष्ट, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो । 
कुरुष छुन र देख्न समेत पाएका थिएनौं, अहिले सीप सिक्ने क्रममा कुरुषबाटै  विभिन्न वस्तु तयार पार्न सक्ने भएका छौं, एक सहभागिले भनिन् । तालिमलाई अझै एडभान्स रुपमा लिन पाए उद्यम गरेर व्यवसायिक  बन्न सक्ने सहभागि तीर्थकुमारी मुक्तानले बताईन् । तालिम अवधिभर  गलबन्दी, रोज, झोला, किरिङ, टोपी, लेबन्टु लगायतका वस्तुहरु बनाउने सीप प्रदान गरिएको जनजागरण नेपालका अध्यक्ष गोलेले बताईन् । सोही अवधि हामीले उद्यमशीलता सम्बन्धी पनि तालिम प्रदान गरिएको उनले बताईन् ।

*फोटो अन्यथा परेकोले सच्चाएका छौ। 


समाचार मन परे लाईक गर्नुहोस्



साइबर-अपर-1746937925.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
शुद्धोदन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ
Screenshot_20250520_16291-1747737873.jpg

६ जेठ, हेटौंडा । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी...

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो
Nepal-Rastra-Bank-1747737550.jpg

६ जेठ, हेटौंडा । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार अपरान्ह बैठक बस्ने...

मकवानपुरको मार्खुमा पछिल्लो ६ घण्टामा भारी वर्षा
Screenshot_20250520_08301-1747709129.jpg

६ जेठ, हेटौंडा।  मकवानपुरको इन्द्रसरोवर गाउँपालिका १ मार्खुमा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञानले...

मेघगर्जनसहित वर्षाको सम्भावना
16655388081665538808-1747701016.jpg

६ जेठ, हेटौंडा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले मौसम बदली भएको छ । हालको वदलीमा बंगालको खाडी र...

प्रधानमन्त्रीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने
Banking-Samachar-Pm-Oli-7-1747700669.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक ११ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा...

भ्रष्ट सिस्टमलाई साथ दिन्नँ: बालेन
balen-shah_LEYWC6aCBR_202-1747700168.jpg

६ जेठ, हेटौंडा । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई...

मन्त्रीद्वारा नेपाली हजयात्रीहरूलाई बिदाई
haj_yatri_-1536x1152_edit-1747699896.jpg

६ जेठ, हेटौंडा । साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई त्रिभुवन...

कैलाश गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरीको अन्तरक्रिया
FB_IMG_1747661017528-1747668110.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको कैलाश  गाउँपालिकामा अध्यक्षसँग किशोरकिशोरी अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको...

मनहरीका सापकोटा मृत भेटिए
For-representation-only-1747662781.jpg

५ जेठ,हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-५ डिल्लीपुरबाट विगत केही दिनदेखि हराइरहेका एक युवक मृत अवस्थामा...

थप समाचार