९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको संचालन भएको छ । मंगलबार एक कार्यक्रमका बीच तालिमको सुरु गरिएको हो ।
मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तान तथा वडा नम्बर ९ का वडाध्यक्ष भूवनसिं घलानले संयुक्त रुपमा तालिमको उद्घाटन गरेका छन् । तालिम उदघाटन कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले कैलाशमा पहिलो पटक यो तालिमको सञ्चालन गरिएको बताए । धेरै कार्यक्रम मध्ये महिलाका लागि यस तालिम लाभदायी रहनेछ, आयआर्जन सँग जोडेर सीप सिक्दा व्यक्तिगत र व्यवसायिक पाटोमा समेत सहजता रहन्छ, अध्यक्ष मुक्तानले भने ।
उद्यमशील बन्छु भनेर तालिममा आउनु भएको छ भने सिकेको सीपलाई कायान्वर्यन गर्न सहभागीहरुलाई आग्रह गरे । मेकअप तालिम व्यक्तिगत र व्यवसायिक रुपमा आवश्यक तालिम रहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताएका छन् ।
यता वडाध्यक्ष घलानले सीप सिकाई पछि पार्लर खोलेर सेवा प्रदान गर्न सबैलाई आग्रह गरेका छन् ।
यस अघि पनि डल, कुसन, झोला, जुत्ता बनाउने तालिम सञ्चालन गरि महिलाहरुको आर्थिक पक्षलाई बलियो बनाउने कार्य भएको उनले बताए ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाश गाउँपालिकाको साझेदारीमा आयोजित गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तरगत ३३ दिने व्यूटिसियन तथा मेकअप तालिम कार्यक्रममा हिमगंगा ग्रामीण विकास केन्द्र काठमाडौंका अध्यक्ष इन्दिरा न्यौपाने, वडा ९ का सचिव पुजा बल्लभ, गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटा, मेकअप तालिका प्रशिक्षक माला श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।
तालिममा १८ जना गृहिणी तथा किशोरीहरुको सहभागिता रहेको छ । तालिम अवधिमा दुलही श्रृङ्गार, सामान्य देखी एडभान्स सम्मको मेकअपको तालिम प्रदान गरिने जनाइएको छ ।
सोही कार्यक्रम अन्तरगत सीपमूल उद्यमशिलता तथा १५ दिने ह्याण्डीक्राफ्ट बनाउने तालिमको मंगलबार समापन भएको छ । गत चैत्र २५ गते देखी सुरु भएको तालिम कैलाश १० कुमलटारमा सञ्चालन भएको थियो । २० जनाको सहभागिता रहेको तालिमलाई जनजागरण नेपालले आयोजना गरेको हो । संस्थाका अध्यक्ष लक्ष्मी गोलेको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । कार्यक्रममा सिकेको सीपलाई कार्यान्वयन गर्न अध्यक्ष मुक्तानले सहभागिहरुलाई आग्रह गरेका छन् । सीप सिकेपछि आफु स्वंम व्यक्तिमा पनि परिवर्तन हुनुका साथै आर्थिक पक्षमा पनि सहजता हुने उनले बताए । समूह दर्ताको प्रक्रिया बढाउनु भएको रहेछ, अब आगामी दिनमा समूहमा रहेर उद्यम गर्न आवश्यक साथ सहयोग गाउँपालिकाले गर्नेछ, अध्यक्ष मुक्तानले भने ।
समापन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकुमार मल्ल, वडा नम्बर १० का वडाध्यक्ष सुर्यबहादुर ब्लोन, तालिमका प्रशिक्षक सुशीला राई र नानीमाया विष्ट, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख रमिला सापकोटालगायतको आतिथ्यता रहेको थियो ।
कुरुष छुन र देख्न समेत पाएका थिएनौं, अहिले सीप सिक्ने क्रममा कुरुषबाटै विभिन्न वस्तु तयार पार्न सक्ने भएका छौं, एक सहभागिले भनिन् । तालिमलाई अझै एडभान्स रुपमा लिन पाए उद्यम गरेर व्यवसायिक बन्न सक्ने सहभागि तीर्थकुमारी मुक्तानले बताईन् । तालिम अवधिभर गलबन्दी, रोज, झोला, किरिङ, टोपी, लेबन्टु लगायतका वस्तुहरु बनाउने सीप प्रदान गरिएको जनजागरण नेपालका अध्यक्ष गोलेले बताईन् । सोही अवधि हामीले उद्यमशीलता सम्बन्धी पनि तालिम प्रदान गरिएको उनले बताईन् ।
*फोटो अन्यथा परेकोले सच्चाएका छौ।
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...
३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...









-nepal-1792111426.jpg)








