Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

पूर्णखोप सुनिश्चिताको घोषणाको तयारीमा जुट्यो कैलाश

Screenshot_20250425_08211-1745548716.jpg

१२ बैशाख,हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाका वडा तहमा रहेका स्वास्थ्य संस्थाहरुले पूर्ण खोप सुनिश्चिताको घोषणाको तयारी थालेका छन् । विहीबार भएको पालिका स्तरीय खोप समीक्षा कार्यक्रममा बैशाख ३० गते भित्र १० वटै स्वास्थ्य संस्थाले वडालाई पूर्णखोप सुनिश्चिता घोषणाको तयारी  गरेका छन् ।  
गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको अध्यक्षमा भएको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै  अध्यक्ष मुक्ताले विगतको वर्ष भन्दा गतवर्षबाट गाउँपालिकाका स्वास्थ्यका सूचकहरु पूरा हुँदै आइरहेको बताए ।  वडा तहमा रहने स्वास्थ्यकर्मी, महिला स्वंयसेविकाहरुको अथक मेहनतले स्वास्थ्य क्षेत्रमा फड्को मार्दै आइरहेको बताए । 
हामीमा होम डेलिभरीको संख्या बढ्दो, उनीहरुलाई सुरक्षित स्वास्थ्य संस्थामा नै डेलिभरीको वातावरण सिर्जना गर्न निर्देश गर्दै जन्मेको दिन देखी पाँचवर्ष पुरा रहुन्जेल लगाईने खोपको मात्रा पुरा भएकै कारण खोप सुनिश्चिता घोषणाको तयारी गरिन लागिएको अध्यक्ष मुक्तानले बताए । विकट अवस्थामा रहेको स्थानीय तहमा पनि भौतिक विकास जस्तै स्वास्थ्य क्षेत्रमा भएको परिवर्तन, सूचकहरु पुरा हुनुपनि एक किसिमको विकास रहेको अध्यक्ष मुक्तानले बताए । 
पूर्ण खोप घरधुरी सर्वेक्षण पश्चात पालिका स्तरीय समीक्षा बैठक राखिएको स्वास्थ्य शाखा प्रमुख कृष्णकुमार यादवले बताए ।  खोप क्लिनिक र गाउँघर क्लिनिक सञ्चालन समेत गर्दै आइरहेका छौं, घरघरमा खोप कार्ड हेर्नुका साथै सबै किसिमका खोप लगाएको या नलगाएको सर्वेक्षण गरेका छौं, प्रमुख यादवले भने । बैशाख २५ गते देखी ३० गते भित्रमा आवश्यक मापदण्ड पुरा गरि पूण खोप सुनिश्चिता घोषणाको तयारी गर्न प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले निर्देशन गरेका छन् । पाँच दिन भित्र १० वटै स्वास्थ्य संस्थाले घोषणा गरे पश्चात आवश्यक पक्रिया पुरा भएपछि गाउँपालिका घोषणा गरिने श्रेष्ठले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार