Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कैलाश गाउँपालिका

सीप सिकेर व्यवसाय गर्नुस् बीउपूँजीमा पालिकाले सहयोग गर्छः मुक्तान

Screenshot_20250506_21194-1746545701.jpg

२३ बैशाख, हेटौंडा । कैलाश गाउँपालिका-३ कालिकाटारमा सञ्चालित चाउमिन बनाउने तालिम मंगलबार समापन भएको छ । 
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले सीप सिकेर व्यवसाय गर्न आग्रह गरेका छन् । उनले सीप सिकेर व्यवसाय गर्नेलाई कैलाश गाउँपालिकाले बीउपूँजीमा सहयोग गर्ने बताए ।
पालिकाले वडागत रुपमा आवश्यकता अनुरूप तालिमको आयोजना गर्दै आइरहेको बताउँदै सीपलाई समुदायसम्म पुगी व्यवहारमा उतार्नुपर्ने उनले बताए । भौगोलिक विकटताले बजारिकरणमा समस्या भएता पनि यहाँ उत्पादन भएका चाउमिनलाई पालिकाभर मात्र नभई मनहरी क्षेत्रमा समेत विक्री गर्ने लक्ष्य लिएर काम गर्न सहभागीहरुलाई आग्रह गरेका थिए । 
गाउँपालिकाको विकासका कामहरु भइरहेको अवस्थामा हामीले नागरिक र लक्षितवर्ग क्षेत्रमा सीपमूलक तालिम पनि प्रदान गर्दै आइरहेको गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमुल श्रेष्ठले स्थानीय स्तरबाटै उत्पादन गरेर व्यवसाय गर्न सकिए आर्थिक पक्ष बलियो रहने बताए ।
महिला एकता सार्थक समाज नेपालका अध्यक्ष प्रमिला लामाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको हो ।   सामाजिक विकास मन्त्रालय र गाउँपालिकाको साझेदारीमा लैङ्गिक सशक्तिकरणका लागि उद्यमशीलता विकास तथा व्यवसायिक चाउमिन बनाउने तालिम भएको हो । १४ दिन सम्म सञ्चालित तालिममा १७ जना गृहिणी महिला तथा किशोरीहरुको सहभागिता रहेको थियो । 
तालिम अन्तरगत ७ दिन चाउमिन बनाउने र ७ दिन उद्यमशील, प्याकेजिङ, लेवलिङ, बजारिकरणका विषयमा तालिम प्रदान गरिएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार